
कास्कीको २ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ ।
सर्वदलीय सहमतिका आधारमा सोमवार बिहान २ बजेदेखि मतगणना शुरू गरिएको हो ।
प्रतिनिधि सभातर्फ २ नम्बर क्षेत्रमा गठबन्धनका तर्फबाट श्रीनाथ बराल, नेकपा एमालेका विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल लगायतको उम्मेदवारी छ ।
क्षेत्र नम्बर २(१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा एमालेका तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महत लगायत उम्मेदवारी छ भने प्रदेश सभा (२) मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरुङ लगायतको उम्मेदवारी छ ।