
नेपाली कांग्रेसका प्रदीप पौडेलले काठमाडौं– ५ मा अग्रता कायमै राखेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै उनले अग्रतालाई कायम राखेका हुन् ।
सोमबार अपराह्नसम्म १००० मत गणना हुँदा प्रदीप पौडेलले २७२ मत प्राप्त गरेका छन् । एमालेका पोखरेलले २३७ मत प्राप्त गरेका छन् ।
पोखरेल यस क्षेत्रका निवर्तमान सांसद हुन् ।