×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

पार्टीविरुद्ध गरेको विद्रोहले ‘जोगी सर’लाई बनायो ‘माननीय’

मंसिर ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनसँग सिट बाँडफाँटमा चित नबुझेपछि जनता समाजवादी (जसपा)ले नेकपा एमालेसँग तालमेल गर्‍यो । तालमेलमा सुनसरी क्षेत्र नम्बर १ र मोरङ क्षेत्र नम्बर ५ जसपाको भागमा पर्‍यो । माेरङ ५ जसपाको भागमा परेपछि नेकपा एमालेका प्रदेश कमिटी सदस्य योगेन्द्र मण्डल ‘जोगी सर’ले एमाले छाड्ने घोषणा गरे । उनले पार्टीले तालमेलका नाममा जसपालाई टिकट दिएपछि आँट गरेर स्वतन्त्र उम्मेदवारी दिए । उनले ‘चापाकल’ चुनाव चिह्न पाए ।

Muktinath Bank

चुनाव चिह्न पाएपछि उनी घरदैलो अभियानमा लागे । उपेन्द्र यादवले चुनाव जितेको उक्त क्षेत्र उनका लागि सहज भने थिएन । उनलाई एमालेका एकाथरी नेताहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिए भने एकातर्फका नेताले सघाउने घोषणा गरे । उनलाई एमालेकै नेता तथा कार्यकर्ताले सघाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जोगी सर’ उपनामले चिनिएका मण्डलका लागि चुनाव जित्ने आधार भने शिक्षण पेशा बन्यो । उनले गाउँ समाजका विपन्न बालबालिकालाई निःशुल्क ट्युसन पढाएका थिए । बिएस्सी सकेर घर फर्किएपछि उनले गरिब तथा विपन्न बालबालिकालाई सघाएका थिए । ट्युसन पढाउने विद्यार्थीहरूले उनलाई ‘जोगी सर’ भन्थे । 


Advertisment
Nabil box
Kumari

२०५१÷२०५२ साल तिर उनले ट्युसन पढाएका थिए ।  विद्यार्थीहरूले उनको नाम ‘जोगी सर’ भनेर राखेका थिए । त्यही बेलादेखि उनी ‘जोगी सर’ उपनामले चिनिएका थिए । उनका लागि त्यही काम सबैभन्दा ठूलो निर्वाचन जित्ने आधार बन्यो । त्यति बेला निःशुल्क ट्युसन पढाएका विद्यार्थीहरू गुण तिर्ने भन्दै आफ्नो प्रचारमा हिँडेका कारण चुनाव जित्न सहज बनेको जोगी सर बताउँछन् । 

Vianet communication
Laxmi Bank

जीवन विकास समाजले लघुवित्त, अस्पताल, डेरी, पिउने पानी, बाल विकास केन्द्र, कृषि आयोजनालगायतका प्रोजेक्ट चलाइरहेको छ । उनले जीवन विकास समाजको पनि नेतृत्व गरिरहेका छन् । उक्त जिम्मेवारीले पनि जोगी सरलाई निर्वाचन जित्न सहज भयो ।  

२५ वर्ष अघि जीवन विकास लघुवित्त वित्तीय संस्था खोलेर उनी जनता नजिक भएका थिए । जीवन विकासले २४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । लघुवित्तमा तीन लाख बढी सदस्य छन् ।

नागरिकको जीवनस्तर उकास्नका लागि सहयोग गर्न भन्दै उनले स्थापना गरेको जीवन विकासले लघुवित्तसँगै स्वास्थ्य शिक्षाको क्षेत्रमा पनि काम गरिरहेको छ । तीन सय बेडको सुलभ अस्पताल सञ्चालनका संरचना निर्माणसमेत गरिरहेको छ । उनले ५ वर्षदेखि नै चुनावमा उठ्ने तयारी गरेका थिए । 

२०७४ सालपछि मात्र एमालेको राजनीति शुरुका गरेका जोगी सरले टिकट नपाएपछि विद्रोह गरे । उनको विद्रोहले अन्त्यमा सांसदसम्मको बाटो देखायो । अब उनी ‘माननीय जोगी सर’ कहलिने छन् । 

जोगी सरले मत गणनामा शुरुदेखि नै लगातार अग्रता लिए । अन्ततः २१ हजार ८२० मत ल्याएर उनी विजयी भए । उनका निकटतम प्रतिद्धवन्द्धी माओवादी केन्द्रका शिवकुमार मण्डले १७ हजार ४ सय ८६ मत प्राप्त गरे । जनता समाजवादी (जसपा) का राजकुमार यादवले  १७ हजार ३९० मत पाए । यादवलाई उनको पार्टी एमालेले समेत समर्थन गरेको थियो । 

पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले ५ दलीय गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल र एमाले–जसपाका संयुक्त उम्मेदवार राजकुमार यादवलाई पराजित गर्न सफल भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x