माघ १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयअनुसार आगामी फागुन २५ बिहीवार राष्ट्रपति र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोक...
काठमाडाैं | मंसिर ९, २०७९
रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फोन गरेर बधाई दिएका छन् ।
प्रभु साहको समूहबाट उम्मेदवार बनेर चुनाव जितेका साहलाई पोखरेलले शुक्रवार बिहान फोन गरेर बधाई दिएको उनका सहयोगीले जानकारी दिए ।
'एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फोन गर्नुभएको थियो । उहाँले बधाई दिनुभयो । अरू के कुरा भयो म भन्न सक्दिनँ,' साहका सहयोगीले लोकान्तरसँग भने ।
अघिल्लोपटक कांग्रेसका आफ्ताब आलमसँग पराजित भएका साह यसपटक आफ्ताबका छोरा फिरदोश आलमलाई पराजित गर्दै विजयी भएका हुन् ।
साहले ३२ हजार ८४२ मत पाउँदा कांग्रेस उम्मेदवार आलमले २८ हजार २४८ मत मात्र पाए ।
शुरूमा माओवादी त्यसपछि संघीय समाजवादी फोरममा रहेका किरण पछिल्लो समय प्रभु साहसँगै एमालेमा थिए ।
प्रभुले एमालेबाट विद्रोह गरेर रौतहट– ३ मा स्वतन्त्र उम्मेदवारी दिएपछि किरणले पनि उनकै समूहबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
दुवैले चुनाव जित्न सफल भएका छन् । प्रभुलाई सत्ता गठबन्धनले पनि साथ दिएको थियो भने कांग्रेसकै उम्मेदवार रहेको रौतहट २ मा किरणले माओवादी र एकीकृत समाजवादी लगायतका दलको मत पाएका थिए ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयअनुसार आगामी फागुन २५ बिहीवार राष्ट्रपति र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोक...
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्ज...
राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले १ महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमवारदेखि दैनिक १ हजार ५०० का दरले १ म...
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी पदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । सोमवार स्थायी कमिटी बैठक बस्ने तय भएको भए पनि गृह मन्त्रालयको विषयमा निर्णय लिनुपर्ने भएपछि छलफल गर्न माओव...
परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाने भएकी छन् । सार्क मुलुक श्रीलङ्का स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । श्रीलंकाले ...
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गर...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...