माघ १६, २०७९
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्ज...
काठमाडाैं | मंसिर ९, २०७९
निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ को मतगणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धन, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले रूपन्देही– २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए ।
निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।
विवादको विषयमा जानकारी गराउँदै निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।
'मतपेटिकाभित्र भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारू गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ,' आयोगका उपसचिव ऋषिराम भुसालले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै पठाएको पत्रमा भनिएको छ ।
यस्तो छ, आयोगको निर्देशन :
गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानूनबमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।
मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगले आफैँ गणना गरी नतिजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ ।
मतगणना रोक्न माग गर्दै अन्य दलका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।
के हो मतगणना विवाद ?
बुटवल- ११ को 'ड' मा ६२९ मत खसेको थियो । सोमध्ये ३८८ महिला र २४१ पुरुष उल्लेख गरी मुचुल्का तयार भएको थियो ।
मतपेटिका गणनास्थल पुर्याएर कम्प्युटरमा इन्ट्री गर्दा कुल मत संख्या ६२९ नै इन्ट्री भएको थियो ।
मत पेटिकामा मत पनि ६२९ मत नै भेटिए पनि महिलाको मत ३ सय ८८ हुनुपर्नेमा इन्ट्री गर्दा भूलवश ३३८ इन्ट्री भएको पाइएपछि गठबन्धन, रास्वपा लगायतका दलका प्रतिनिधिले मतगणना अवरुद्ध बनाएका हुन् ।
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्ज...
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गर...
राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले १ महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमवारदेखि दैनिक १ हजार ५०० का दरले १ म...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । सोही क्रममा प्रधानम...
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो...
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय अहिले चर्चामा छ । नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले सरकारी पाठ्यपुस्तक छाप्नुपर्नेमा निजी क्षेत्रका...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...