माघ २०, २०७९
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...
बुटवल | मंसिर ९, २०७९
रूपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले आधा घण्टाभित्रै मतगणना शुरू गर्ने तयारी गरेको छ ।
उक्त अवधिमा दलका प्रतिनिधि नआए आयोगको निर्देशनबमोजिम मतगणना शुरू गर्ने तयारी गरेको रूपन्देही– २ का निर्वाचन अधिकृत उदवीर नेपालीले बताए ।
'आधा घण्टाभित्र दलका प्रतिनिधि मतगणनामा नआए निर्वाचन आयोगको निर्देशनबमोजिम गणना शुरू गर्छौं,' निर्वाचन अधिकृत नेपालीले भने ।
आयोगले गएरातिदेखि रोकिएको मतगणना सुचारू गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ ।
मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धन, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले रूपन्देही– २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए ।
निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।
विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।
'मतपेटिकाभित्र भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारू गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ,' आयोगका उपसचिव ऋषिराम भुसालले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै पठाएको पत्रमा भनिएको छ ।
यस्तो छ, आयोगको निर्देशन :
गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानूनबमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।
मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगले आफैँ गणना गरी नतिजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ ।
मतगणना रोक्न माग गर्दै अन्य दलका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।
के हो मतगणना विवाद ?
बुटवल- ११ को 'ड' मा ६२९ मत खसेको थियो । सोमध्ये ३८८ महिला र २४१ पुरुष उल्लेख गरी मुचुल्का तयार भएको थियो ।
मतपेटिका गणनास्थल पुर्याएर कम्प्युटरमा इन्ट्री गर्दा कुल मत संख्या ६२९ नै इन्ट्री भएको थियो ।
मत पेटिकामा मत पनि ६२९ मत नै भेटिए पनि महिलाको मत ३ सय ८८ हुनुपर्नेमा इन्ट्री गर्दा भूलवश ३३८ इन्ट्री भएको पाइएपछि गठबन्धन, रास्वपा लगायतका दलका प्रतिनिधिले मतगणना अवरुद्ध बनाएका हुन् ।
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगाय...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...