माघ १६, २०७९
परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाने भएकी छन् । सार्क मुलुक श्रीलङ्का स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । श्रीलंकाले ...
काठमाडाैं | मंसिर ९, २०७९
सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना खेप्ने नेतामध्येमा पर्छन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा ।
राष्ट्रिय राजनीतिका प्रतिस्पर्धी राजनीतिक दलप्रति गर्ने तीखो टिप्पणी र झर्रो शब्दावलीका कारण उनका आलोचक धेरै छन् ।
‘नो नट अगेन’लगायत सामाजिक सञ्जाल प्रयोकर्ताहरूले शहरमा बसेर चुनाव हराउने टार्गेटमा राखेका नेता पनि हुन्, गोकुल ।
यति हुँदाहुँदै पनि गोकुल बास्कोटाले चुनाव जिते, त्यो पनि फराकिलो मत अन्तरले । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ७ हजार ८ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै बास्कोटा विजयी भए । बास्कोटाले ४५ हजार ३ सय ४५ मत पाउँदा हुमागाईंले ३९ हजार ४ सय ८२ मत पाए ।
स्थानीय तह निर्वाचनमा एमालेले धुलिखेल नगरपालिकाबाहेक सबै स्थानीय तह गुमाउँदा पनि संसदीय निर्वाचनमा बास्कोटाले शाख फर्काए । काभ्रे– २ का मतदाता ज्ञानबहादुर तामाङ विकासप्रेमी नेताको छविका कारण गोकुलले चुनाव जितेको बताउँछन् ।
‘गोकुल सांसद बनेको पाँच वर्षमा काभ्रेले विकासमा फड्को मारेको छ । गाउँ–गाउँमा बाटो पुगेको छ । विकास गर्नेलाई भोट दिनुपर्छ भनेर गोकुललाई भोट खन्याए,’ शुक्रवार धुलिखेलमा भेटिएका तामाङले लोकान्तरसँग भने ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि बास्कोटाले काभ्रेमा विकासको लहर ल्याएका थिए । काभ्रे– २ का मतदाता रमेश आचार्य पाँच वर्षमा गोकुलले गरेको कामप्रति जनताले न्याय गरेको बताउँछन् ।
‘सांसद र मन्त्री भएपछि काभ्रेको विकासका लागि उनले कुनै कसर बाँकी राखेनन् । शीर्ष नेताको पहुँचको कारणले पनि विकास सम्भव भयो,’ आचार्यले लोकान्तरसँग भने ।
ममाथि लागेका सबै आरोप काभ्रेली जनताको अदालतले खारेज गर्यो– बास्कोटा
शुक्रवार जीतको औपचारिक घोषणा भएपछि धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आफूमाथि लागेको आरोप जनताको अदालतले खारेज गरेको बताए ।
‘सबैभन्दा ठूला न्यायाधीश मानिएका जनताको बीचमा आएको थिएँ । जनताको अदालतले ममाथि लागेको आरोप खारेज गर्यो,’ बास्कोटाले भने । काभ्रेली जनताबाट फेरि एकपल्ट अपार माया पाएको उनले बताए ।
‘नेपाली जमिनमाथिको अतिक्रमणविरुद्ध हामी चट्टानजत्तिकै उभिने छौं । नेपाली भूमिमा चन्द्रसूर्य अंकित झण्डा फहराउने छौं । यो समर्थन देश भक्तिका लागि हो । समृद्ध काभ्रे निर्माणका लागि हो,’ बास्कोटाले भने ।
बास्कोटाले आफूलाई मतदान नगरेका मतदाताको भावनालाई पनि सम्बोधन गर्ने गरी काम गर्ने बताए ।
‘सूर्यचिह्नमा मतदान नगर्नेसँग कुनै दुस्मनी छैन । तपाईंहरूसँग हातेमालो गरेर समृद्ध काभ्रे निर्माणको प्रतिबद्धता जनाउन चाहन्छौं,’ बास्कोटाले भने ।
फरक थियो चुनाव प्रचारको शैली
बास्कोटाको चुनाव प्रचार शैली पनि अन्य दलका नेताकोभन्दा फरक थियो । चुनावी घरदैलो गर्दै हिँड्दा उनी गाडीमा हिँडे । विकास गरेर बाटो ल्याएकाले आफू गाडीमै हिँड्ने बताएका थिए ।
भोट माग्ने क्रममा उनले उनले झूटा आश्वासन पनि बाँडेनन् । यसअघि गरेको विकासको काम हेरेर भोट दिन आग्रह गरे ।
हेर्नुहोस्, भिडियो :
पढ्नुहोस् यो पनि :
हेर्नुहोस्, तस्वीरहरू :
परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाने भएकी छन् । सार्क मुलुक श्रीलङ्का स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । श्रीलंकाले ...
सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा स...
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयअनुसार आगामी फागुन २५ बिहीवार राष्ट्रपति र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोक...
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्ज...
राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले १ महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमवारदेखि दैनिक १ हजार ५०० का दरले १ म...
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय अहिले चर्चामा छ । नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले सरकारी पाठ्यपुस्तक छाप्नुपर्नेमा निजी क्षेत्रका...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...