जेठ २६, २०८०
नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्त...
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतपरिणाम आउने क्रम जारी छ । लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका ३ जना उम्मेदवार विजयी भएका छन् ।
नवलपरासी पश्चिम–२ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका खडक बस्नेत प्रदेशसभामा निर्वाचित भएका छन् ।
बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का आशिष प्रधानलाई ७१ मतले पराजित गरी प्रदेश संसद यात्रा तय गरेका हुन् । बस्नेतले १२ हजार ४४९ मत ल्याउँदा राप्रपाका प्रधानले १२ हजार ३७८ मत ल्याए ।
नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा दाबी प्रस्तुत गरेका बस्नेतले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । विजय भएपछि बस्नेतले मतदाताले विश्वास गरेर दिएको अभिमतको सम्मान गर्ने बताए ।
रूकुम पूर्वबाट प्रदेशसभामा माओवादीका आधिकारिक उम्मेदवार तेजबहादुर वलीलाई ५३३ मतान्तरले पराजित गरी बागी उम्मेदवार सरुल पुन विजयी भए ।
वलीले ३ हजार ९३२ मत ल्याउँदा सरुलले ४ हजार ४६५ मत पाए । माओवादी केन्द्रले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सरुल १७ वर्षकै उमेरमा माओवादी लडाकु बनेका थिए ।
अहिले ४४ वर्षीया पुनले माओवादीले आफूलाई विश्वास नगरे पनि जनताले विश्वास गरेको बताए ।
स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीको हितविपरित गएको भन्दै कारबाही गरेको थियो । पार्टीबाट विद्रोह गरेका दावी गर्ने पुन भन्छन्, ‘हिजोसम्म पार्टीमा थिएँ, अहिले जनताको भएको छु ।’
त्यस्तै, रोल्पामा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनलाई पराजित गर्दै माओवादीबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन मगर विजयी भए ।
यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसलाई टिकट दिएपछि पुनले माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्रले १४ हजार ९३२ मत ल्याउँदा अम्मरसिंहले १० हजार ४०६ मत मात्र ल्याए । दीपेन्द्र र अम्मरसिंहको मतान्तर ४ हजार ५२१ छ ।
दीपेन्द्र निर्वतमान प्रदेशसभा सदस्य तथा संसदीय समितिका सभापति भएर पनि काम गरेका थिए । दीपेन्द्र जनयुद्धका घाइते तथा अपाङ्ग पनि हुन ।
नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्त...
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज आयोज...
प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिकरुपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरू...
सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसि...
जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल ग...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले फेरि सभापति हुन्छु नभनेको स्पष्ट पारेका छन् । नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले सबै मिलेर प्...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...