२६ जेठ २०८३, मंगलबार

विश्वकपमा आज चार खेल हुँदै, अर्जेन्टिना जित्नैपर्ने दबावमा

मंसिर १०, २०७९
विश्वकपमा आज चार खेल हुँदै, अर्जेन्टिना जित्नैपर्ने दबावमा

कतार फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार चार खेल हुँदैछन् ।

आज शनिबार समूह सी'का दुई र समूह डी'का दुई गरी चार खेलहरू हुनेछन् । 

आजको पहिलो खेल दिउँसो पौने ४ बजे ट्युनिसिया र अस्ट्रेलिया, साँझ पौने ७ बजे पोल्यान्ड र साउदीबीच र राति पौने १० बजे फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । 

र आजको अन्तिम खेम मध्यराति हुनेछ । १२:४५ बजे सुरु हुने खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । पहिलो खेल पराजित भएको अर्जेन्टिना जित निकाल्ने योजनामा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्