पुस २१, २०७९
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
काठमाडाैं | मंसिर १२, २०७९
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ ।
महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गरेको हो ।
त्यसक्रममा बस्तीका सुकुम्वासीहरूले महानगर प्रहरीविरुद्ध इँटा र बास प्रहार गरी प्रतिकार गरेका थिए । बस्ती खाली गर्न महानगरपालिकाले पहिल्यै ३५ दिने सूचना जारी गरिसकेको थियो ।
विकल्प नै नदिई आफूहरूको बासस्थान उठाउन थालेकाले आफूहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिनुपरेको पीडितको भनाइ छ । स्थानीयले टायर बालेर समेत विरोध गरेका छन् ।
बस्तीका स्थानीय हुकुमबहादुर लामाले भने, ‘हाम्रो बस्ती नभत्काइयोस् भनेर प्रधानमन्त्रीलाई समेत जानकारी गराएका छौं । भुटानी शरणार्थीलाई त गाँस, बाँस, कपासको व्यवस्था गरेको छ भने हामी त यही देशको नागरिक हौं । हामीलाई चाहिँ उचित व्यवस्थापन गर्नु पर्दैन ?’
उनले अगाडि भने, ‘यदि विना विकल्प हाम्रो बाँस भत्काउन कोही आउँछ भने हामी प्रतिरक्षाको लागि घरेलु हतियार चलाउन बाध्य हुन्छौं ।’
शंखमूल सुकुम्वासी बस्तीबाट थापाथली बस्तीमा आन्दोलन गर्न आएकी गीता कार्कीले भनिन्, ‘यताको उताको जताको सुकुम्वासी भए पनि हामी एउटै हौं, हामीलाई गाह्रो–साह्रो पर्दा उहाँहरू आउनुहुन्छ, उहाँहरूलाई पर्दा हामीले साथ दिने हो । यसरी बाँसको विकल्प नै नदिई डोजर लिएर भत्काउन आउन पाइँदैन ।’
‘बालेनलाई हामीले भोट दिएर जितायौं, अहिले हामीमाथि नै खनिन आउँछ भने हामी पनि जाई लाग्ने हो, प्रतिकार गर्ने हो,’ उनले आक्रोश पोख्दै भनिन् ।
प्रसूतिगृह छेउमा मकै पोलेर जीविका चलाइरहेकी सुकुम्वासी बस्तीकी स्थानीय एक महिलाले भनिन्, ‘मेरो आमाबुवा यही बस्तीमा बित्नुभयो । म यही बस्तीमा हुर्कें । आज ४० वर्ष बितिसकेको छ । अनि मेरो सानो–सानो बच्चाहरू यही हुर्किंदैछन् । अनि हामीलाई त्यसै बेघर बनाउन पाइन्छ ? हामीले यस फोहोर स्थानमा बस्ती बसालेर सफा गरेर बसेका छौं । शहरका घरघरबाट निस्कने फोहोर यहाँ आएर मिसिन्छ तर यस्तो दुर्गन्धित ठाउँलाई सफा गरेर बसेका छौं । अनि विना विकल्प हामीलाई हटाउँदा हाम्रो बिचल्ली हुँदैन ? हामीलाई बाँच्ने अधिकार छैन ?’ उनले आक्रोशित मुद्रामा भनिन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ । अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा ...
ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् । शान्ति वन अभियान ‘द व...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...