
प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको मतगणनामा सीके राउत नेतृत्वको जनमत पार्टीभन्दा नेकपा एकीकृत समाजवादी पार्टी पछाडि परेको छ ।
सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टी एक्लै चुनाव लडेको जनमत पार्टीभन्दा पछाडि परेको हो ।
हालसम्म ९४ लाख ९६ हजार ७१४ मतगणना हुँदा जनमत पार्टीले २ लाख ८८ हजार २१६ मत पाएको छ भने एकीकृत समाजवादीले २ लाख ६२ हजार ८८४ मत पाएको छ ।
नेकपा एमालेबाट विभाजित भई अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा स्थापना भएको एकीकृत समाजवादी पार्टी यतिबेला राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको छ । राष्ट्रिय पार्टी बन्न समानुपातिकमा कूल सदर मतको ३% मत पाउनुपर्छ तर हालसम्म यो अनुपातमा एकीकृत समाजवादीले मत पाएको छैन ।