×

NMB BANK
NIC ASIA

बैंक कारबाही

नियम नमान्ने बैंकलाई राष्ट्र बैंकको कारबाही, प्रभु र कुमारीले रोक्का राख्नुपर्ने खाता गरे आफूखुशी फुकुवा

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैैंकले तोकिएको नियम तथा निर्देशन नमानेको भन्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले विभिन्न समयमा जारी गरेको नियम, सर्कुलर तथा निर्देशन पालना नगरेकाले ती बैैंकहरू कारबाहीमा परेका हुन् ।

Muktinath Bank

कारबाहीमा पर्ने बैंकहरूमध्ये प्रभु र कुमारी बैंकले राष्ट्र बैंकले रोक्का राख्न निर्देशन गरेको खाताको रकम पनि आफूखुशी फुकुवा गरेर कारोबार गरेका छन् । यी बैैंकले फुकुवा गरेको खाता र त्यसको रकम भने केन्द्रीय बैंकले सार्वजनिक गरेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएको खातामा कारोबार गरेको भन्दै प्रभु र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेतसमेत गराइएको छ । सीईओकै निर्देशनमा उक्त कारोबार भएको भन्दै राष्ट्र बैंकले निर्देशन दिएको उल्लेख गरेको छ । यस्तो रकम फुकुवा गर्नेमा बैंक अफ काठमाडौं र प्राइम बैंकसमेत रहेको राष्ट्र बैंकले जनाएकाे छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकको चालू आवको पहिलो त्रैमासमा थप बैंकहरूलाई पनि कारबाही तथा सचेत गराएको छ ।  कृषि विकास बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकलाई पनि कारबाही गरिएको छ ।

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकले निर्धारण गरेको नियमअनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिबाना गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै सनराइज र मेगा बैंकका सीईओलाई सचेत गराइएको छ ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ ।

मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक–पटक नवीकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ ।

कुन बैंकलाई कस्तो कारबाही ? हेर्नुस् सूचीसहित 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x