×

NMB BANK
NIC ASIA

सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा ओलीको आपत्ति- खोला किनारामा बसेकालाई उठाएर कस्तो बहादुरी देखाउन खोजेको ?

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएकोमा आपत्ति जनाएका छन् । सुखसयलमा बसेको मान्छेले गरिब सुकुम्वासीका पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे । 

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलवार आयोजित एक कार्यक्रममा ओलीले सुकुम्वासीमाथि दमन गरेर समस्याको समाधान नहुने बताएका हुन् । ‘सुकुम्वासी बस्तीमा तमासा देखियो, तमासा गर्ने हाकिमको कुरा सुन्दा शत्रुदेशसँगको लडाइँ गरेजस्तो– सुरक्षाकर्मीले साथ दिएनन् रे ! उनीहरू कुनै शत्रु होइनन्, गरिब गुरुबा हुन्’, ओलीले भने, ‘खोलाको किनारामा बसेका जनतालाई उठाएर के बहादुरी ? कसलाई पराजित गरेर को विजयी हुने ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेयर बालेन शाहको निर्देशनपछि नगर प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती उठाउन सोमवार प्रयास गरेको थियो । सो प्रयासविरुद्ध सुकुम्वासीले प्रतिरोध गरेका थिए । ‘सुकुम्वासी र राज्यको बीचमा हार–जित जस्तो, सरकारका अंगले साथ नदिएका कारण पराजित हुनुप¥यो । के भनेको ?’, ओलीले भने, ‘सुखसयलमा बसेको मान्छेलाई गरिबको पीडा बुझ्न कठिन हुन्छ, उन्मादले समस्या फेरि बल्झिने छ ।’ 


Advertisment
Nabil box
Kumari

निर्धा सुकुम्वासीलाई उठाउन डोजरको प्रयोग गरिएकोमा पनि उनले आपत्ति जनाए । ‘सुकुम्वासी हाम्रा दाजु-भाइ दिदी-बहिनी हुन्’, ओलीले भने ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x