×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय नाट्य महोत्सव : श्रीलंका र भारतको नाटक मञ्चन गरिने

मंसिर १४, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ ।

Muktinath Bank

इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधवार दुई शो मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ । नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासहरुको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ ।


Advertisment
Nabil box
Kumari

‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथाहरु सुनाउनछन् । जब  सबै पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ ।

Vianet communication
Laxmi Bank

त्यस्तै महोत्सवमा बुधवार मध्याह्न १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो । विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा ‘प्यानल डिसकसन’ हुनेछ । जसमा साहित्यकारहरू नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रंगकर्मीहरु विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार वसन्त बस्नेतले वार्ता गर्नेछन् ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरू हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुति दिनेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x