माघ ९, २०७९
अप्रत्याशित रूपमा १० पुसमा प्रधानमन्त्रीको कुर्सी मिलेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारो र दबाबमा जेलिएका छन् । सत्ता स्वार्थको खिचातानीमा ३२ सीट जितेर पनि प्रधानमन्त्री बनेदेखि नै उनी...
काठमाडाैं | मंसिर १४, २०७९
रुसले युक्रेनमाथि आक्रमण गरेको नौ महिनाभन्दा बढी समय बितिसक्दा पनि युद्ध टुंगिने कुनै लक्षण देखिएको छैन । उल्टो, युद्ध थप लम्बिने संकेतहरू पाइएका छन् ।
रुसले युद्ध टुंगिनका लागि विभिन्न शर्तहरू तेर्स्याएको छ जसलाई पूरा गर्न अमेरिका इच्छुक देखिँदैन । आवरणमा युक्रेन देखिए पनि यो लडाइँ अमेरिका र रुसबीच भइरहेको हो ।
अमेरिका नेतृत्वको नेटो सैन्य गठबन्धनले सन् १९९७ मा रुससँग गरेको फाउन्डिङ याक्टलाई पालन गर्नुपर्ने, रुसले जनमतसंग्रहमार्फत आफूमा मिसाएको युक्रेनका चार क्षेत्रलाई रुसी भूभागका रूपमा मान्यता दिनुपर्ने तथा युक्रेन कहिले पनि नेटोको सदस्य बन्ने छैन भनी लिखित प्रत्याभूति दिनुपर्ने माग रुसले राखेको छ ।
उता अमेरिकाले चाहिँ गत फेब्रुअरी २४ मा रुसी आक्रमण हुनुभन्दा अघिको स्थितिमा रुस फिर्ता जानुपर्ने, युक्रेनको पूर्ण विजय हुनुपर्ने, सन् २०१४ मा युक्रेनले गुमाएको क्राइमिया समेत उसलाई फिर्ता गर्नुपर्ने बताइरहेको छ ।
युक्रेन स्वयं पनि रुसलाई पूर्ण परास्त नगरुन्जेलसम्म युद्ध गरिरहने बताउँछ । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग नभई उनको उत्तराधिकारीसँग कुरा गर्ने बताएका छन् ।
अर्थात्, रुसमा सत्तापरिवर्तन भए मात्र शान्तिबहाली हुन सक्ने जेलेन्स्कीको धारणा छ । तर पुटिनलाई सत्ताच्युत गराउन लगभग असम्भव छ अनि उनको ठाउँमा आउने अर्को नेता उनीभन्दा झन् कठोर दृष्टिकोण राख्ने खालको हुने सम्भावनालाई नकार्न सकिन्न ।
कि त रुसको, कि त युक्रेनको पूर्ण विजय भए मात्र युद्ध टुंगिनेछ । अहिलेका लागि त्यसको सम्भावना पनि देखिएको छैन । युक्रेनलाई पश्चिमले अत्याधुनिक हातहतियार उपलब्ध गराइरहेकाले युद्धभूमिमा ऊ डटेर बसेको छ । त्यसैको बलमा युक्रेनी सेनाले रुसीहरूलाई खार्किभ र खर्सनका विभिन्न स्थानबाट पलायन हुन बाध्य बनाएको छ ।
तर रुसी सैनिकहरू सुरक्षित स्थानमा रहनका लागि पछि हटेको अनि जाडो याममा उनीहरूले खतरनाक कारवाही चलाउन सक्ने सम्भावनालाई अमेरिकीहरूले पनि विचार गरिरहेको देखिन्छ । अमेरिकी विश्लेषक हल ब्रान्ड्सले ब्लूमबर्ग पत्रिकामा हालै प्रकाशित गरेको एक सामग्रीमा युक्रेनले हालैका दिनमा पाएको सफलताका बावजूद रुसलाई पूरै हराउने सम्भावना नरहेको उल्लेख गरेका छन् ।
त्यससँगै रुसले आणविक हतियार चलाउने सम्भावनालाई पनि ब्रान्ड्सले इंगित गरेका छन् । युक्रेनका चारवटा क्षेत्रलाई रुसले आफूमा मिसाएको सन्दर्भमा ती क्षेत्रहरूमा युक्रेनको लगातार आक्रमण भइरहेमा रुसले आफ्नो ‘सार्वभौम भूभाग’ को प्रतिरक्षाका लागि आणविक हतियार चलाउन सक्छ । त्यस्तो अवस्थामा युक्रेनको पराजय अवश्यम्भावी छ ।
तर रुसले आणविक हतियार चलाएमा युद्धको परिदृश्य पूरै बदलिनेछ । त्यसपछि अमेरिका स्वयं युद्धमा प्रत्यक्ष रूपमा संलग्न भई आणविक प्रतिकार गर्नुपर्ने हुन्छ । अनि युद्ध टुंगिनुको साटो झन् विश्वयुद्ध बन्न पुग्छ ।
कूटनीतिक माध्यमले युद्ध अन्त्य हुनुपर्ने हो तर त्यसको ढोका पनि दुवै पक्षले बन्द गरेका छन् । केही दिनअघि अमेरिकाका सर्वोच्च सैन्य अधिकृत जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लीले सार्वजनिक रूपमा वार्ताको आह्वान गरेको भए पनि अन्य अमेरिकी अधिकारीहरू त्यसमा इच्छुक नरहेको देखिन्छ ।
हुँदाहुँदा अमेरिकीहरूले रुससँग जोखिमबाट बच्नका लागि गरिने संवादलाई पनि रोेकेका छन् । अमेरिका र तत्कालीन सोभियत संघबीच शीतयुद्धको चरम अवस्थामा समेत संवाद हुने गरेकोमा अहिले त्यो पनि भइरहेको छैन ।
अनि कसले कोसँग कुरा गर्ने भन्ने पनि निश्चित छैन । जेलेन्स्कीले पुटिनसँग कुरा नगर्ने भनिसकेका छन् र कुरै गरे पनि युक्रेनी क्षेत्रलाई रुसले खाइदिएको यथार्थलाई स्वीकार गरेर वार्ताको टेबलमा बस्ने साहस उनी गर्न सक्दैनन् । उनले त्यसो गरेमा उनलाई समर्थन गरिरहेका युक्रेनी उग्रराष्ट्रवादीहरूबाटै खतरा आइलाग्छ ।
रुसको कुरा गर्नुपर्दा युक्रेनलाई नेटोमा नजोडिने लिखित प्रतिबद्धता प्राप्त नगरेमा रुसका लागि त्यो पराजय बराबर नै हो । आफ्नो छिमेकमा रहेको मुलुक नेटोको सदस्य भएमा आफूमाथि अस्तित्वगत प्रश्न उठ्ने भएकाले दीर्घकालीन समाधानको प्रत्याभूति नहुन्जेल रुस युद्धभूमिबाट हट्न सक्ने छैन ।
त्यसमाथि रुसी जनता युद्धमा रुस थप बलियो रूपमा प्रस्तुत हुनुपर्थ्यो भनी माग गरिरहेका छन्, युद्ध अन्त्य गर्नेतिर उनीहरूको ध्यान छैन । रुसी मामिलाविद् गिल्बर्ट डक्टरोका अनुसार, युक्रेनी सेनाले खार्किभबाट रुसको कुर्स्क र बेल्गोरोदमा लगातार आर्टिलरी प्रहार गरिरहेकोमा रुसले त्यसको सशक्त प्रतिकार नगरेको रुसी जनतालाई मन परेको छैन ।
अनि आत्मसमर्पण गरेका रुसी सैनिकहरूलाई टाउकोमा गोली हानेर युक्रेनी सैनिकहरूले मारेको भिडियो केही दिनअघि सार्वजनिक भएपछि रुसीहरूको रगत उम्लिएको छ । उनीहरू त्यसको कठोर बदला लिनका लागि आवाज उठाइरहेका छन् । झन् खर्सन क्षेत्रबाट रुसी सैनिक फिर्ता हुँदा त रुसी जनताले सरकारलाई त्यसको पत्यारिलो व्याख्या समेत गर्न लगाइरहेका छन् ।
त्यसैले यस्तो बेलामा रुसले वार्ताका लागि प्रस्ताव गरेमा रुसभित्रै अशान्ति मच्चिने खतरा छ । रुसका रक्षामन्त्री सर्गे शोइगुलाई रुसी सम्भ्रान्तहरूले आलोचना गरेको भिडियो सार्वजनिक भएपछि युद्ध थप लम्बिने अनुमान गर्न सकिने भएको छ ।
बीसौं शताब्दीमा भएका भयानक युद्धको इतिहास हेर्दा ती कुनै पनि कूटनीतिको माध्यमले अन्त्य भएको पाइँदैन । सैन्य विजयपछि मात्र युद्धको टुंगो लागेको उदाहरणका रूपमा प्रथम र द्वितीय विश्वयुद्धलाई नै लिन सकिन्छ । ती युद्धका विजेताले पराजितमाथि लादेको शर्तलाई कूटनीतिकर्मीहरूले लिपिबद्ध मात्र गरेका हुन् ।
यिनै परिदृश्यहरूलाई विचार गरी प्रख्यात रुसी विश्लेषक दिमित्री त्रेनिनले यो युद्ध सन् २०२३ वा त्यसभन्दा पनि अगाडिसम्म जाने सम्भावना रहेको आरटीमा लेखेका छन् । दुवै पक्ष पूरै नथाकुन्जेल वा पूर्ण गतिरोधको स्थितिमा नपुगुन्जेल वार्ता शुरू हुने सम्भावना नरहेको उनको आकलन छ । एक पक्षले अर्को पक्षमाथि पूर्ण विजय हासिल गर्न नसक्ने स्थितिमा थकान वा गतिरोधको अनुभव वार्ताका लागि उत्प्रेरक बन्न पनि सक्छ ।
साठी वर्षअघि सोभियत संघले क्युबामा क्षेप्यास्त्र राखेर अमेरिकालाई जोखिममा पारेको अवस्थामा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडी आणविक युद्ध समेत लड्न तयार भएको प्रसंगलाई त्रेनिनले स्मरण गरेका छन् । अहिले रुसका राष्ट्रपति पुटिन छिमेकी मुलुक युक्रेनलाई अमेरिकाले रुसविरुद्धको हतियारका रूपमा तेर्स्याएकाले त्यसलाई निरस्त नपारुन्जेल युद्ध लम्ब्याइरहने सोच बनाइरहेको त्रेनिन लेख्छन् ।
अनि अमेरिका र रुसले यस युद्धलाई विचारधाराको लडाइँका रूपमा पनि बुझेका छन् । अमेरिकाले खडा गरेको नयाँ शीतयुद्धको भाष्य अर्थात् लोकतन्त्रका विरुद्ध निरंकुशतन्त्रको लडाइँमा युक्रेनी लोकतन्त्र विजयी हुनु अमेरिकाका लागि आवश्यक छ ।
उता युक्रेन युद्धमार्फत अमेरिकाको एकध्रुवीय प्रभुत्वलाई नष्ट गरी विश्वमा समतामूलक तथा न्यायपूर्ण बहुध्रुवीयता ल्याउनु रुसको अभीष्ट हो ।
त्यसैले (युक्रेनलाई अघि सारेको) पश्चिम र रुस दुवै आफूले भनेमुताबिकको परिणाम नआउन्जेल युद्धमा अल्झिइरहने सम्भावना छ । त्यसक्रममा थप हजारौं सैनिकको ज्यान गइरहनेछ ।
अप्रत्याशित रूपमा १० पुसमा प्रधानमन्त्रीको कुर्सी मिलेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारो र दबाबमा जेलिएका छन् । सत्ता स्वार्थको खिचातानीमा ३२ सीट जितेर पनि प्रधानमन्त्री बनेदेखि नै उनी...
१० पुसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ । बिहीवार पेरिसडाँडामा बसेको माओवाद...
दुईतिहाइ नजिक बहुमतको सरकार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टीका हाँक्ने २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । भनिन्थ्यो – ‘एक बोइङ जहाजका दुई पाइलट&rsquo...
प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...
दोस्रो विश्वयुद्धपछि संसारको आर्थिक प्रणालीमा प्रभुत्व जमाउँदै आएको अमेरिकी डलरले अहिले आएर चुनौतीको सामना गर्नुपरेको देखिन्छ । गैरपश्चिम ग्लोबल साउथमा नयाँ संगठनहरूको निर्माण हुँदै जाँदा डलरको हालीमुहाली चल्ने...
विगत केही दिनयता युक्रेनमा एकपछि अर्को शीर्ष अधिकारीले पदबाट राजीनामा दिइरहेका छन् । मंगलवार (२४ जनवरी) मात्रै जेलेन्स्कीका एक सल्लाहकार, चारजना उपमन्त्री तथा पाँचवटा क्षेत्रका गभर्नरले राजीनामा दिएको ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...