×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

अबको राष्ट्रपति, प्रधानमन्त्री र सभामुख को ? भागबण्डा मिलाउन गठबन्धनमा उकुसमुकुस

मंसिर १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना लगभग सकिएको छ । मतगणना स्थगित भएका ३ वटा निर्वाचन क्षेत्रबाहेक प्रत्यक्षतर्फ अब एउटा मात्रै क्षेत्रको नतिजा आउन बाँकी छ । समानुपातिकतर्फ पनि १ करोडभन्दा बढी मत गणना भइसकेको छ ।

Muktinath Bank

स्थगित भएका स्याङ्जा–२, बाजुरा र दोलखाको पनि मतपरिणाम आएपछि निर्वाचन आयोगले अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, अन्तिम मतपरिणामको समय नजिकिदैं गर्दा अबको सरकार कसको र कस्तो बन्ने वा बनाउने भन्नेमा राजनीतिक दलहरू अस्पष्ट छन् । निर्वाचनबाट कुनै पनि दलले बहुमत ल्याउन सकेका छैनन् । कांग्रेस र एमालेबाहेक दुई वटा मात्रै दल मिलेर सरकार बनाउन सक्ने अवस्था पनि छैन । सरकार बनाउनको लागि धेरैवटा साना दललाई समेट्नुपर्ने अवस्था छ । 


Advertisment
Nabil box
Kumari

सत्तारूढ गठबन्धनमा रहेर चुनावमा गएका दलहरूमध्ये नेकपा (एकीकृत समाजवादी) सत्तारूढ गठबन्धनलाई निरन्तरता दिएर सरकार बनाउनुपर्ने पक्षमा उभिएको छ । उसले मंगलवार सचिवालयको बैठक राखेर चुनावको प्रारम्भिक समीक्षा गर्दै चुनावी गठबन्धनकै सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । गठबन्धनमा रहेका दलहरूले संघीय सरकार र प्रदेश सरकारमा रहेन पदहरू प्याकेजमै छलफल गरेर टुङ्गो लगाउनुपर्ने पक्षमा छन् । 

Vianet communication
Laxmi Bank

दलहरूको शक्ति र सामथ्र्यको आधारमा महत्वपूर्ण राजनीतिक पदहरू बाँडफाँट गरेर गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने पक्षमा सचिवालयमा छलफल भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

तर, सरकार नै कसरी बनाउने भन्ने टुंगो नलागिसकेका कारण राजनीतिक पद बाँडफाँटको विषयमा शीर्ष नेताहरूले अहिल्यै मुख नखोलिसकेको नेकपा माओवादी केन्द्रका नेताहरू बताउँछन् । 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चाँडै गठबन्धनको बैठक बोलाउने र त्यसमा चुनावी समीक्षा गरेर आगामी कोर्सको बारेमा छलफल गर्ने सहमति गरेका छन् । तर, गठबन्धनको बैठक बस्ने मितिबारे अहिल्यै यकिन नभइसकेको उनीहरू निकट नेताले बताएका छन् । गठबन्धनको बैठक बस्नुअघि दलहरूले आन्तरिक रणनीति बनाउने बारेमा छलफल गरिरहेका छन् ।

दलहरूले मिलिजुली सरकार बनाउनुपर्ने भएकाले सरकार बनाउनुअघि राजनीतिक पदको भागबण्डा पेचिलो बन्ने देखिन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको बाँडफाँट गरेपछि मात्रै संघीय सरकार बन्ने मेलोमेसो आउने नेताहरू बताउँछन् । त्यसका लागि कुन–कुन दल मिलेर सरकार बनाउने भन्ने यकिन हुन आवश्यक छ ।

सत्तारूढ गठबन्धनकै सरकार बन्ने अवस्थामा प्रधानमन्त्री पदमा कांग्रेस र माओवादी केन्द्रको दाबी रहने देखिन्छ । तर, माओवादी केन्द्रका कतिपय नेताहरू भने चुनावअघि नै चुनावपछिको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिनेबारे भद्र सहमति भएको दाबी गर्छन् । 

चुनावी प्रचारको क्रममा प्रचण्डले पनि प्रधानमन्त्रीको दाबी गरेका थिए । भलै, चुनावी नतिजापछि भने उनले सरकार गठन र प्रमुख राजकीय पदको बाँडफाँटबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । 

कांग्रेसभित्र प्रधानमन्त्रीको लागि ६ जनाको हानाथाप परिरहेको छ । सभापति शेरबहादुर देउवा आफैँ फेरि पनि प्रधानमन्त्री बन्नका लागि प्रयासरत रहेको कांग्रेसका नेताहरू बताउँछन् । निर्वाचनमा माओवादी केन्द्रको नतिजा असाध्यै कमजोर आएकाले प्रचण्डलाई प्रधानमन्त्री दिन नसकिने कांग्रेसको संस्थापन इतर खेमाको तर्क आउन थालेको छ । 

अर्कोतर्फ, कांग्रेसभित्र माओवादी केन्द्रलाई राष्ट्रपति पद पनि दिन नहुने बारेमा छलफल शुरू भएको छ । राष्ट्रपतिमा अन्तर्राष्ट्रिय समुदायको पनि चासो रहने भएकाले कम्युनिष्ट शक्तिलाई राष्ट्रपति बनाउन नहुने तर्क कांग्रेसभित्र आउन थालेको छ । 

तर, माओवादी केन्द्रले भने राष्ट्रपतिभन्दा बढी जोड प्रधानमन्त्रीमा गर्नुपर्ने माओवादी केन्द्रका एक पदाधिकारी बताउँछन् । ‘देशमा विकासको लहर सिर्जना गर्नका लागि र माओवादीका आफ्ना चुनावी एजेण्डा कार्यान्वयन गर्नका लागि माओवादीको नेतृत्वमा सरकार बन्न आवश्यक छ । कार्यकारी भूमिका नरहेको राष्ट्रपति पद लिएर हुँदैन’, ती नेताले भने । माओवादी केन्द्रलाई प्रधानमन्त्री दिएर अन्य पद अरू सहयात्री दलहरूका बीचमा बाँडफाँट गर्न सकिने ती नेताको भनाइ छ ।

कांग्रेस संस्थापन इतर खेमामा भने माओवादी केन्द्रले राष्ट्रपति पद लिनका लागि प्रधानमन्त्रीको दाबी गरेको बुझाइ छ । कांग्रेसभन्दा तीन गुणा सानो पार्टीले कार्यकारी पदमा दाबी गर्न नसुहाउने उनीहरू बताउँछन् । कांग्रेसभित्रको अर्को बुझाइ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबी गरेर राष्ट्रपति हुन खोजेको भन्ने पनि छ ।

त्यसो हुँदा राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिएर बाँकी राजकीय पदमा भागबण्डा मिलाउनुपर्ने छलफल कांग्रेसभित्र छ । कांग्रेसभित्र यो विषय संसदीय दलको चुनाव अगाडि टुंगो लागिसक्ने उनीहरू बताउँछन् । संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापाको प्रतिस्पर्धा हुने देखिएको छ । देउवाले छाड्नुपर्ने अवस्थामा उपसभापति पूर्णबहादुर खड्का पनि मैदानमा आउन सक्छन् । 

खड्काले पनि चुनावी प्रचारको क्रममा अब आफू मन्त्रीमा नदोहोरिने अभिव्यक्ति दिएका थिए । त्यसो हुँदा उनले सभामुख वा अवसर पाउँदा प्रधानमन्त्रीमै ताकेको हुनसक्ने कांग्रेसभित्र चर्चा हुने गरेको छ । 

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भने राष्ट्रपति वा सभामुखमध्ये एक पाउनुपर्नेबारे छलफल भएको थियो । 

एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले पहिल्यैदेखि राष्ट्रपति पदमा रूची देखाइरहेका छन् । इलाम–२ बाट चुनाव हारेर फर्कदा पनि खनालले राष्ट्रपतिमा आफ्नो दाबी रहने बताएका थिए । यदी एकीकृत समाजवादीले राष्ट्रपति पद नपाएको अवस्थामा सभामुख पाउनुपर्ने बारे छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै सहभागी हुँदा सरकार बनाउन सहज बहुमत पुग्दैन । संसदमा सहज बहुमतमा रहन लोसपा, जनमत वा नागरिक उन्मुक्ति पार्टीमध्ये कुनैलाई वा यी सबैलाई सरकारमा ल्याउनुपर्ने हुन्छ । उनीहरूलाई नल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी वा राष्ट्रिय स्वतन्त्र पार्टीमध्ये एउटालाई सरकारमा ल्याउनुपर्ने हुन्छ । पद बाँडफाँटको क्रममा उनीहरूको माग पनि सम्बोधन गर्नुपर्ने अवस्था रहन सक्छ । 

कतिपय राजनीतिक विश्लेषकले भने पहिलो एक वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएर प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरणको सहमति गरेर तत्कालका लागि प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले नै लिनसक्ने पनि बताउँछन् । त्यसो हुँदा कांग्रेसलाई नेताहरूको व्यवस्थापन केही सजिलो हुने उनीहरूको विश्लेषण छ । 

कांग्रेस सभापति देउवा र प्रचण्डले मन मिलाएको अवस्थामा देउवा राष्ट्रपति बनेर प्रचण्डलाई शुरूका दुई वर्षको सकारको नेतृत्व दिन सक्ने सम्भवानालाई माओवादी केन्द्रका नेताहरू नकार्दैनन् । 

अर्कोतर्फ, नेकपा एमालेले पनि सरकार बनाउनको लागि पहल गर्ने भनेको छ । एमालेले सरकार बनाउन बहुमत पुर्‍याएको अवस्थामा एमालको अध्यक्ष केपी ओली प्रधानमन्त्रीका दाबेदार छन् । एमालेले सरकार गठनको बहुमत पुर्‍याउन माओवादी केन्द्रलाई फकाउनुपर्ने हुन्छ । ओली र प्रचण्डबीचको तिक्ततापूर्ण सम्बन्धलाई हेर्दा यो विकल्प त्यति सहज भने देखिँदैन । 

राजनीतिक वृत्तमा चर्चा चलेको अर्को विषय छ, माओवादी केन्द्र र एकीकृत समाजवादीको एकीकरण । हुन त चुनाव अगाडि नै दुवै पार्टीले एकताको लागि छलफल एकता संयोजन समिति पनि बनाएका थिए । तर, त्यसबेला उक्त समितिले खासै काम गरेको थिएन । 

एकीकृत समाजवादी र माओवादी केन्द्र एकता भएको अवस्थामा माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने सम्भावना पनि रहेको दुवै पार्टीमा सुषुप्त चर्चा छ । तर, यसमा झलनाथ खनालले भने सहमति नजनाएको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x