माघ २०, २०७९
२१ लाख ७ हजार १ सय भारतीय रुपैयाँसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल कपिलवस्तुले हिजो १० बजे राति कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भारु नगदसहित पक्राउ गरेको प्रमुख ...
काठमाडाैं | मंसिर १४, २०७९
साइबर ब्यूरोले युट्युबमा म्यादी प्रहरीलाई गाली गलौज गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौँडा उपमहानरपालिका–४ हुप्राचौरबाट प्रदीप खड्का भन्ने नविन खड्कालाई पक्राउ गरेको ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले जानकारी दिए ।
तथानाम गाली गरेर एक जना भ्लगरले भिडियो बनाएका छन् भन्ने उजुरी प्रहरी प्रधान कार्यालयमा एउटा उजुरी आएको थियो । युट्युब हेर्दै गर्दा एक जना प्रहरीले उक्त भिडियो देखेपछि प्रहरी प्रधान कार्यालयमा उजुरी गरेका थिए । उजुरी आएपछि प्रहरी हेडक्वार्टरले साइबर ब्यूरोलाई भिडियो खोज्न र त्यो अपलोड गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दियाे । निर्देशन प्राप्त भएपछि ब्यूरोले युट्युबको टाइटलका आधारमा अनुसन्धान थालेको थियो ।
अनुसन्धान गर्दा सामाजिक सञ्जालमा प्रदीप खड्का नाम भएको युट्युब र फेसबूकमा जथाभावी म्यादी प्रहरीलाई गाली-गलौज गरेको भिडियो फेला परेको साइबर ब्यूरोका इन्स्पेक्टर खड्गीले बताए ।
‘हेडक्वार्टरको निर्देशनपछि हामीले टाइटलका आधार भिडियो खोज्यौँ’, इन्स्पेक्टर खड्गीले भने, ‘उसले अपलोड गरेको भिडियोको लोकेशनमा आधारमा पक्राउ गर्न सफल भएका हौँ ।’
खड्गीका अनुसार उनले फेसबुक र युट्युब भिडियोमा ‘आयो है भ्लग म्यादीहरूको’ शीर्षक दिएर म्यादी प्रहरीलाई तथानाम गाली–गलौज गरेका थिए । उनले भिडियोमा ‘म्यादी पुलिस कुकुर हो, चुनाव आयोग घ..टा आयो’जस्ता गाली गलौज गरेका थिए ।
त्यति मात्र होइन उनले भिडियोमा फोहोर तथा अपशब्दहरू बोल्ने, एउटा बाइकमा ३ जना बसेर चलाएर प्रहरीलाई च्यालेन्ज गर्नेजस्ता गतिविधि गरेका थिए । उनले प्रहरीहरूलाई पनि गाली गलौज गर्ने, मान मर्दन हुने खालको कृयाकलाप गरेका थिए । प्रहरीको मान मर्दन गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता उप निर्र्देशक एसपी पशुपतिकुमार रायले जानकारी दिए ।
प्रहरीले खड्कालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा मंसिर १३ गते पक्राउ गरेको थियो । प्रहरीले उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
२१ लाख ७ हजार १ सय भारतीय रुपैयाँसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल कपिलवस्तुले हिजो १० बजे राति कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भारु नगदसहित पक्राउ गरेको प्रमुख ...
पर्वतको कुश्मा नगरपालिका-५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ ...
वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमान...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका –३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ...
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–२ घर भई टोखा नगरपलिका–३ बस्ने ४४ वर्षीय रबि थापामगर ...
काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्। आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...