माघ १३, २०७९
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले...
अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फूटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् ।
बिहीवार भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
समूह ‘सी’को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो ।
अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले १/१ गोल गरे । खेलको ३९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए तर खेलको ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाए ।
त्यसपछि खेलको ६७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जीतसँगै अर्जेन्टिना समूह ‘सी’को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले ३ खेलमा २ जीत र १ हारसहित ६ अंक जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।
त्यसैगरी बुधवार राति कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलको ४७औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका छन् ।
खेलको ५२औं मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे ।
समूह ‘सी’बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । ४ अंक जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने ३ अंक जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुंग्यायो ।
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले...
नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता र...
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्र...
कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुनेभएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने...
नेपाली सेनामा कार्यरत तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई पदोन्नतिको प्रमाणपत्र प...
पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खे...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...