माघ १२, २०७९
पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खे...
काठमाडाैं | मंसिर १५, २०७९
सन् १९३० मा पहिलो फूटबल विश्वकप खेलिएको थियो ।
उक्त विश्वकपमा अनेकौं रमाइला घटना भएका थिए । ती घटनाहरूलाई दी अप्शट नामक ट्विटर प्रयोगकर्ताले थ्रेड बनाएर प्रस्तुत गरेका छन् ।
उनका अनुसार,
पहिलो विश्वकपमा रेफ्रीहरूले सुट लगाएर खेलाएका थिए । बोलिभियाका खेलाडीहरूले बेरेट नामक टोपी लगाएर फूटबल खेलेका थिए । अनि रोमानियाको टोलीलाई त्यहाँका राजाले छनोट गरेका थिए ।
यी त सामान्य कुरा भए । यसभन्दा पनि आश्चर्यजनक कुराहरू उक्त विश्वकपमा भएका थिए ।
विश्वकप प्रतियोगिता उरुग्वेमा भएको थियो । त्यसमा भाग लिन युरोपेली टोलीहरू स्कटल्यान्डको एउटा जहाजमा बसी आन्ध्र महासागर पारि गएका थिए ।
उनीहरूले जहाजकै डेकमा अभ्यास गरेका थिए । उनीहरूले रियो पुगेर ब्राजिली खेलाडीलाई पनि सँगै राखेका थिए ।
विश्वकपको ट्रफी फिफाका तत्कालीन अध्यक्ष जुल्स रिमेले आफ्नो सुटकेसमा बोकेर गएका थिए । उनी पनि खेलाडीहरू चढेको जहाजमा नै बसेका थिए ।
अफ्रिकाको प्रतिनिधित्व गर्ने एक मात्र टोली इजिप्ट थियो । उनीहरू विश्वकपमा भाग लिन खोजेको भए पनि जहाज छुटेपछि जान पाएका थिएनन् । उनीहरूले फिफासँग माफी मागेका थिए अनि विश्वकपमा १३ टोली मात्र पुगेका थिए ।
प्रतियोगिता शुरू भएपछि अर्जेन्टिनाका खेलाडीहरूले धेरै किसिमका फट्याइँ गरेका थिए ।
उनीहरू चिलीविरुद्ध खेल्दा हिंस्रक झडप भएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तर सेमीफाइनलमा उनीहरूले अमेरिकालाई ६–१ ले हराउँदा नराम्रा घटनाहरू भए ।
खेलको पहिलो हाफमा अर्जेन्टिनाका खेलाडीले खतरनाक ट्याकल गर्दा अमेरिकाका एक खेलाडीको खुट्टा भाँचियो । त्यसपछि दुवै पक्षका खेलाडीले बेस्सरी झगडा गरे ।
अर्जेन्टिनाका एक खेलाडीले अमेरिकी खेलाडीको मुखमा मुक्का हानेर चारवटा दाँत भाँचिदिए भने अर्का खेलाडीलाई पेटमा चोट लागेपछि अस्पतालमा बस्नुपर्यो ।
विश्वकपकै इतिहासको सबभन्दा हाँसउठ्दो घटना हुँदा अमेरिकी टोलीका व्यवस्थापक मैदानभित्र पसेर रेफ्रीसँग झगडा गरेका थिए । त्यसक्रममा उनी लडे अनि उनको गोजीमा रहेको बेहोश बनाउने झोल क्लोरोफर्मको बोतल फुट्यो । त्यसबाट निस्केको गन्धले उनलाई बेहोश बनायो अनि उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लैजानुपरेको थियो ।
फाइनलमा उरुग्वेको भिडन्त आफ्नो दुश्मन छिमेकी अर्जेन्टिनासँग थियो । अर्जेन्टिनाका १५ हजारभन्दा बढी समर्थकहरू जहाज चढेर उरुग्वेको राजधानी मोन्टेभिडियोतर्फ गएका थिए ।
तर बाक्लो कुहिरो लागेपछि जहाज हराएको थियो अनि समर्थकहरू फाइनल सकिएको भोलिपल्ट मात्र पुगेका थिए । आफ्नो टोली फाइनलमा हारेको थाहा पाएपछि उनीहरूले दंगा मच्चाए ।
प्रतियोगिता सकिएपछि फर्किने क्रममा रोमानियाका मिडफील्डर आल्फ्रेड आइजनबेसर फेरारु बिरामी परे । जेनोआमा जहाज रोकिएपछि उनलाई अस्पताल लगियो ।
उनका साथी खेलाडीहरू उनीविना नै बुखारेस्ट पुगेका थिए । उनको मृत्यु भइसकेको भनी हल्ला पनि चल्यो ।
उनकी आमालाई समेत छोरा मरेको कुरामा विश्वास लागेको थियो र उनले अन्त्येष्टिको व्यवस्थापन गरेकी थिइन् । तर अन्त्येष्टिपछिको भोजको दिन फेरारु घर फर्किए ।
छोरालाई देखेर आमा ठाउँको ठाउँ बेहोश भइन् ।
फेरारु पनि पूरै निको भए अनि ओलम्पिकमा फिगर स्केटिङ तथा बबस्ले प्रतियोगितामा भाग लिए ।
पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खे...
नेशनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म गर्ने नि...
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीएजीए म्याच प्लेको उपाधिका लागि दिनेश प्रजापती र रमेश अधिकारीबीच प्रतिष्पर्धा हुनेभएको छ । बुधवार रोयल नेपाल गल्फ क्लवको कोर्...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दिने यस प्रतिष्ठित अवार्ड नेपाली क्रिकेटर शेखले जितेका आइसीसीले जनाएको...
नेपाल क्रिकेट संघको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्न गठित समितिले बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ । एकेन्द्र कुँवरको संयोजकत्व...
नेपाली सेनामा कार्यरत तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई पदोन्नतिको प्रमाणपत्र प...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...