×

X
Nic Asia
Dabur
Prabhu Bank

महाकाली सिँचाइ आयोजना : पानी ल्याउने विषय अन्योल

कञ्चनपुर | मंसिर १५, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुंगोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो ।  

yONNEX
LAxmi BAnk
nabil BANK inside

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरणअन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग कुराकानी नभएको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले हाल निर्माणाधीन मूलनहरका केही स्थानमा प्राविधिक समस्या देखिएकाले सो विषयमा  ध्यान  दिइएको जानकारी दिए । ‘गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जंगल क्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरा भएको छैन’, उनले भने, ‘पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुंगो छैन ।’

विसं २०६४ देखि शुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूलनहर निर्माण भएको थियो । पछिल्लो समय आयोजनाले गति लिएको इञ्जिनियर पण्डितको भनाइ छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो’, उनले भने, ‘अब  समस्या नभएकाले आयोजनाले गति लिएको हो ।’


Advertisment
Saurya island

एक सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । 

हाल तीन चरणमा निर्माण भइरहेको मूलनहरको पहिलो चरणमा साढे पाँच किलोमिटर मूलनहरको काम सकिएको छ  भने दोस्रो चरणमा पाँच किलोमिटरको पनि ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । 

Vianet communication
IME BANK INNEWS

त्यसैगरी तेस्रो चरणमा पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि हाल रु एक अर्ब २४ करोड रकम विनियोजित छ । त्यसैगरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनियर पण्डितले जानकारी दिए ।

‘४८ किलोमिटर शाखा नहर बनाउन ठेक्का भइसकेको छ’, उनले भने, ‘त्यसका लागि रु एक अर्ब बढीको ठेक्का सम्झौता भइसकेको छ ।’ रासस
 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २०, २०७९

महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहेका मन्त्री किराँतीको अध्य...

माघ २०, २०७९

काठमाडौं महानगरपालिकाले ह्विलचियर प्रयोगकर्तालाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ।  केही दिनअघि मखन तरणीबहाल मखनटोलमा मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता दोलखाका ड...

माघ २०, २०७९

नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानको टिकट अनलाइन प्रणालीबाट गर्ने भएको छ।  नेपाल एयरलाइन्सले यात्रुलाई सहजता प्रदान गर्न ई–सेवा टिकेटिङ गर्न लागिएको हो।&nbs...

माघ २०, २०७९

मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक वि...

माघ २०, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले भेटवार्ता गरेका छन्।  शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री गिरीको निजी सचिवालयले जनाएको छ। 

माघ २०, २०७९

नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किरातीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपिय...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

ad
x