माघ २१, २०७९
२ दिनभित्र गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल संक्षिप्त प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीले रास्वपाको अ...
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ । गृह मन्त्रालयमा बिहीवार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए । नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।
वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाँडो टुंग्याउन विषयमा छलफल भएको थियो । मुद्दाका विषयमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको थियो । नेकपा कार्यकर्ताको मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानूनले अप्ठ्यारो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।
उक्त निर्णय कति कार्यान्वयन भयो, आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छ कि छैन ? भन्नेबारेमा नेकपा प्रवक्ता विश्वकर्माले जिज्ञासा राखेका थिए । जवाफमा सरकारका तर्फबाट निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा आएको थिए ।
सरकारका तर्फबाट गृहमन्त्री खाणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ’, गृहमन्त्री खाणले भने, ‘केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन् । अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ । निर्णयअनुसार कार्यान्वयन हुन्छ ।’
२ दिनभित्र गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल संक्षिप्त प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीले रास्वपाको अ...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् । केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ । बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्...
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिवार पार्टी केन्द्री कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमि...
दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शनिबार साढे ८ बजेपछि बस्नेगरी पार्टी कार्यालय बसुन्धारामा बैठक बोलाइएको सभापति रवि...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...