माघ १५, २०७९
पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले घटनामा संलग्नलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको बताए । उनले भने, ‘मान्छेको पहिचान भइसकेको छ, पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।’
घटनामा संलग्न व्यक्तिले प्रेमिका भनिएकी मायाको घाँटी रेटेपछि उनीसँगै रहेकी नेहा लुहारलाई पनि लखेट्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको नायब प्रहरी महानिरीक्षक आचार्यले बताए ।
बुधवार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा माया लुहारको शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
नेहालाई घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । माया र नेहा मंगलवार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधवारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधवार माया मृतावस्थामा र नेहा गम्भीर घाइते अवस्थामा भेटिएकी हुन् ।
घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमै रहेको छ । हत्या घटनामा शिवनाथकै सशस्त्र प्रहरीका एक जवान संलग्न रहेको जनाइएको छ । उनी फरार रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले भने, ‘माया र ती सशस्त्रका जवानको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने भन्ने कुरा सुनिन आएको छ, ती अहिले फरार रहेका छन् ।’
माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेको बताइएको छ । सशस्त्रका ती जवानले केही समयअघि मायाको मोबाइल नियन्त्रणमा राखेका थिए । मोबाइल लिन भनेर मायालाई बोलाएको र त्यही हत्या गरिएको प्रहरीको शंका छ । दुवै जना प्रेमसम्बन्धमा रहेको र कुरा नमिलेपछि हत्याको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थल रक्ताम्य अवस्थामा रहेको र चक्कुसमेत फेला परेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । उनले भने, ‘घटनामा संलग्न व्यक्तिको खोजीका लागि भारतीय सीमाक्षेत्र र सुदूरपश्चिमका सबै प्रहरी युनिटलाई सक्रिय पारिएको छ ।’
मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । परीक्षण रिपोर्ट भने आउन बाँकी छ । बलात्कारपछि हत्या भए÷नभएको बारे परीक्षण रिपोर्ट आएपछि मात्रै थाहा हुने जनाइएको छ । शव र घटनास्थलको प्रकृति हेर्दा भने बलात्कारको शंका गर्न नसकिने प्रहरीको दाबी छ । रासस
पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...
नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ। नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोत...
भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट प...
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार खटेको प्रहरी टोलीले प्रल्हाद कार्कीलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त...
धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय...
आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...