माघ १९, २०७९
स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने ४ अंक जोडेको स्पेन उपविजेतामा सीमित भयो ।
स्पेनसँग समान ४ अंक हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।
समूह चरणको अन्तिम खेलमा ४–२ को गोल अन्तरले कोस्टारिकामाथि जीत हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जीतसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका ३ अंकका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।
जापान र स्पेनबीचको खेलको ११औं मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको ३ मिनेटपछि अर्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २–१ को अग्रता लियो ।
खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।
सोही समूहको अर्को खेलमा जर्मनी ४–२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए ।
जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३–२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जीत सुनिश्चित गरे ।
स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल...
चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले स...
बलात्कार अभियोगमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ गलत गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। क्यानले हतारोमा गलत निर्णय गरेक...
काभ्रेपलाञ्चोकमा बृहत खेलकुद महोत्सवको तयारी गरिएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भोलि शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुनेछ । बु...
छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिबाट हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजन रहेको छ । प्रतियोग...
विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...