माघ ७, २०७९
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले ८ वर्ष अगाडि स्नातक अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोजे तर केही पाएनन् ।
आफ्नै काम गर्न उनीसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा यूएई हानिएका थिए ।
विदेशमा ३ वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको झाडु, कुचो बनाउने विन्ध्याबासिनी नामक लद्यु उद्योग खोलेका छन् ।
‘यूएईको पेट्रोल पम्पमा ३ वर्ष काम गरें, त्यहाँबाट फर्किएपछि अर्काको मुलुकमा काम गर्नुभन्दा स्वदेशमै उद्यम गर्ने सोच आयो,’ उनले भने, ‘बुवा वन कार्यालयमा जागिरे हुनाले उहाँलाई यसबारेमा थाहा थियो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको काममा लागें ।’
भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक १ लाख ५५ हजार भाडामा उनले ३ कठ्ठा जमिन भाडामा लिएर उद्योग खोलेका छन् । वैदेशिक रोजगारीको मोह छाडेर उनी अहिले स्वदेशमै आफ्नै उद्यममा जमेका छन् ।
वैदेशिक रोजगारीका क्रममा कमाएको करीब २० लाख रुपैयाँ लगानीबाट शुरू गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ ।
‘शुरूमा सानो एउटा कोठाबाट शुरू गरेको काम अहिले विस्तार भएको छ, शुरूमा आफ्नो २० लाख लगानी गरेका थियौं,’ उनी भन्छन्, ‘अहिले बैंकबाट २६ लाख जति ऋण लिएका छौं ।’
सागरले आफूले स्वदेशमै मात्रै रोजगारी पाएका छैनन्, अरु १० जना पनि उद्योगमा रोजगारी दिएका छन् । बेत, बाँसको फर्निचर तथा झाडु बनाउने उद्यममा सक्रिय सागर स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुशी छन् ।
‘फर्निचर बनाउने मिस्त्री तथा झाडु बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक ३० लाखसम्मको कारोबार हुन्छ,’ उनले भने, ‘स्वदेशमै काम गरेर ७ जनाको परिवार सुखका साथ पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ ।’
बेत, बाँसका फर्निचर तथा झाडुको माग धेरै आउने गरेको उनी बताउँछन् । सुदूरपश्चिमका ९ वटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उनको भनाइ छ । ‘बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका ९ वटै जिल्लामा उत्पादन पठाउँछौं,’ उनी भन्छन्, ‘बेत कैलालीबाट ल्याउने गरेका छौं भने अर्मिसो डडेल्धुरा, पाल्पा तथा झापाबाट ल्याउँछौं ।’
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
सावित्रा काफ्लेको आँखामा ‘प्लस’ २४ ‘पावरवाला’ चश्मा छ । न्यून दृष्टियुक्त सावित्रालाई मेडिकलको भाषामा दृष्टिविहीन भनिन्छ । बिहान साढे ८ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ स्...
नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...
सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...
बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए । रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...