माघ १७, २०७९
नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत न...
काठमाडाैं | मंसिर १६, २०७९
नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता ‘हाम्रो पात्रो रेमिट’ सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । यो एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत रु. १ अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको छ ।
मोबाइल एप हाम्रो पात्रोप्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिटमार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको सीइओ सुदिना गौतमको भनाइ छ । उनको अनुसार शुरुवातको पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आँकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम निक्कै उत्साहित छन् ।
पछिल्लो ३ महिनामा रु. ५० करोड रेमिट्यान्स भित्र्याएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै रु.२० करोड रेमिट्यान्स भित्र्याएको छ । पछिल्लो महिनाहरूमा भएको उल्लेख्य वृद्धि हेर्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान गर्न सकिन्छ । अहिले अमेरिकामा मात्र सुचारु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ । ‘अष्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट शुरु हुँदैछ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी विस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौं । अब अमेरिकापछि अष्ट्रेलियामा भने यो सेवा छिट्टै शुरु हुँदैछ । अष्ट्रेलियाका प्रयोगकर्ताहरूलाई यो खबर सुनाउन उत्साहित छौँ’, सीईओ सुदिना गौतमले भनिन् ।
त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा भर्खर मात्र शुरु भएको ‘इन्स्ट्यान्ट पे’ सुविधा अहिले प्रयोगकर्ताहरूको लागि प्रमुख आकर्षण बनिरहेको छ । यो सुविधाअन्तर्गत प्रयोगकर्ताहरूले नेपालमा पठाएको पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउनेछन् । हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको ‘हाम्रो पे’ डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ । अहिले डिजिटल वालेट ‘हाम्रो पे’ भने सार्वजनिक हुने अन्तिम चरणमा छ ।
आफ्नो मेहेनतको कमाई सजिलै अनि धेरै रेटमा नेपाल पठाउन मिल्ने भरपर्दो माध्यम बनेको हाम्रो पात्रो रेमिटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूको सकारात्मक सल्लाह र सुझावहरू समेट्दै यसलाई अझ प्रभावकारी बनाउँदै लिएर जाने सुदिना गौतमको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत न...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अंकले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ । ...
एनएमबी बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटीएम खोलेको घोषणा गरेको छ । एटीएमले ग्राहक र पर्यटकहरूलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टे...
एनआईसी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ २०७९ माघ १३ गते ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अध...
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब...
माछापुच्छ्रे बैंक लिमिटेड र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रेका ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्यसम्बन्धी सुविधा...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...