×

NMB BANK
NIC ASIA

सरकारले दिन नसकेपछि भारतबाट मल ल्याएर गहुँ छर्दै किसान

मंसिर १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ । बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट रु तीन हजारको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताए । 

Muktinath Bank

‘सहकारीमा अनुदानको मल नै पाइएन’, उनले भने, ‘गहुँबाली लगाउन ढिलो हुन थालेपछि भारतीय मलकै प्रयोग गर्‍यौँ ।’ किसानको मागभन्दा आधाभन्दा कम मात्रै अनुदानको मल कञ्चनपुरमा आपूर्ति भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँ खेतीका लागि एक हजार तीन सय पाँच मेट्रिकटन डिएपी मल आपूर्ति भएको छ । जसमध्ये एक हजार एक सय ७० मेट्रिकटन डिएपी मल सहकारीमार्फत किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग हालसम्म एक सय ३५ मेट्रिकटन डिएपी मल मौज्दात रहेको छ ।


Advertisment
Nabil box
Kumari

कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीका अनुसार जिल्लामा गहुँखेती २१ हजार दुई सय १० हेक्टरमा हुने गरेको छ । जसका लागि डिएपी मल नौ हजार मेट्रिकटन आवश्यक पर्दछ । ‘प्रतिवर्ष गहुँखेती हुने जग्गाको क्षेत्रफल घट्दै गएको छ’, उनले भने, ‘जनसंख्या प्रतिवर्ष बढ्दो रुपमा रहेको छ, बढ्दो जनसंख्याका लागि गहुँखेती हुँदै आएको जग्गाको उर्वराशक्ति बढाई उत्पादन बढाउन आवश्क छ ।’

Vianet communication
Laxmi Bank

गहुँको उत्पादन बढाउनका लागि किसानलाई सिँचाइसँगै रासायनिक मलको सहज आपूर्ति आवश्यक रहेको उनले बताए । ‘अनुदानको मल थोरै मात्रै किसानसम्म पुग्ने गरेकाले प्रमाणित नगरिएको भारतीय रासायनिक मल किसानले प्रयोग गर्दै आएका छन्’, उनले भने, ‘जसको प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याउने कार्य गरेको छ, किसानलाई उन्नत बीउ, सिँचाइ, आधुनिक यन्त्रसँगै गुणस्तरयुक्त रासायनिक मल उपलब्ध गराउन आवश्यक छ ।’

कृषि सामग्री कम्पनीले आपूर्ति गरेको आठ सय ९२ मेट्रिकटन युरियामध्ये छ सय ८१ मेट्रिकटन युरिया किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग २११ मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । केही दिनभित्रै युरिया आउने क्रममा रहेको कम्पनीका कार्यालय प्रमुख शाहले बताए । 

खेतमा छरेको गहुँ चार पातको भएपछि किसानले सिँचाइ गरी युरिया मलको प्रयोग गर्ने गर्दछन् । कृषि ज्ञान केन्द्रका कृषि अधिकृत जोशीका अनुसार गहुँ खेतीका लागि १३ हजार मेट्रिकटन युरिया किसानलाई आवश्यकपर्ने गरेको छ । पोटास पाँच मेट्रिकटन गहुँ खेतीमा प्रयोग हुने गर्दछ । गहुँको उत्पादन प्रतिहेक्टर तीन मेट्रिकटन रहेको छ । जनसंख्याअनुसार गहुँको उत्पादन प्रति हेक्टर पाँच मेट्रिकटन बढी उत्पादन गर्नुपर्ने अधिकृत जोशीको भनाइ छ । 

जिल्लामा अनुदानको रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गर्दै आएका छन् । साल्ट ट्रेडिङसँग हालसम्म रासायनिक मलको मौज्दात रहेको छैन । साल्ट ट्रेडिङ लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख दीपक भट्टका अनुसार केही दिनभित्रै नौ सय मेट्रिकटन युरिया आपूर्ति हुने क्रममा रहेको छ । 

अनुदानको रासायनिक मल नपाइएपछि किसानले ५० किलोको भारतीय डिएपीलाई रु तीन हजारदेखि तीन हजार आठ सयमा खरिद गर्नुपरेको छ । अनुदानको डिएपी मल प्रतिबोरा रु दुई हजार तीन सय ८० मा कम्पनीले सहकारीलाई उपलब्ध गराउने गरेका छन् । सहकारीले किसानलाई रु दुई हजार सात सयमा बिक्री गर्दै आएका छन् । लोड अनलोड, ढुवानी र सहकारीको मुनाफा राखेर किसानलाई सहकारीले रासायनिक मल बिक्री गर्दै आएका छन् । भारतीय मल  खेतमा प्रयोग गर्न उपयुक्त छ वा छैन भनेर गुणस्तर जाँच समेत नहुने जनाइएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x