×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

प्रतिनिधिसभा निर्वाचन

पतिपत्नी नै माननीय : धनुषामा कसरी सम्भव भयो महासेठ दम्पतीको जीत ?

काठमाडाैं | मंसिर १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो महासेठ एक मात्र यस्तो दम्पती हुन्, जसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव जित्न सफल भएका छन्  । रघुवीरले धनुषा- ४ र जुलीले धनुषा- ३ मा चुनाव जितेका छन् ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

रघुवीरले धनुषा- ४ मा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गरेका छन् । धनुषा- ४ मा महासेठ र यादवबीच कडा प्रतिस्पर्धा थियो । जुलीले सहज जीत हात पार्दा रघुवीरले कडा संघर्ष गर्नुपर्‍यो । गणनामा कहिले अघि, कहिले पछि रहेका रघुवीर अन्तत: १ सय २४ मतको अन्तरले विजयी भए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

रघुवीरले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाए ।

यसरी सम्भव भयो रघुवीर महासेठको जीत


Advertisment
cg elex island
Saurya island

देशभर नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भए पनि धनुषा- ४ मा भने एमाले र जसपाबीच तालमेल गरिएको थिएन । आफ्नो क्षेत्रमा एक्लै लड्ने निर्णय नै महासेठका लागि वरदान सावित भयो ।

ललितपुरको भैंसेपाटीस्थित महासेठको निजी निवासमा एमाले र जसपाबीच भएको चुनावी तालमेलका लागि महासेठ आफैं सूत्राधार थिए । तर, उनले जानाजान आफ्नो क्षेत्रमा एमाले र जसपाबीच तालमेल हुन दिएनन् । धनुषा- २ र धनुषा- ४ मा एमाले र जसपाबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

Vianet communication
IME BANK INNEWS

धनुषा- ४ मा जसपाका महाजन यादव उम्मेदवार बने । त्यसो हुनुका पछाडि महासेठकै हात रहेको जसपाका एक नेताले बताए ।

'कांग्रेसका उम्मेदवार महेन्द्र यादवको मत काट्नका लागि जसपाबाट महाजन यादवलाई महासेठले रणनीतितहत उठाए,' कांग्रेसका एक नेताले लोकान्तरसँग भने, 'जसपाका यादवले ५ हजारसम्म भए पनि यादवको मत काट्न सके जित्न सहज हुने महासेठको आकलन थियो । भयो पनि त्यस्तै । जसपाका महाजन यादवले ५ हजार २१२ मत ल्याइदिए ।'

त्यसबाहेक चुनाव जित्नका लागि महासेठले नेपाली कांग्रेसका जिल्ला उपसभापति भइसकेका र सभापतिमा पराजित भएका सन्तोष यादवलाई पार्टी प्रवेश गराएर प्रदेशसभाको टिकट दिएका थिए । 'एमालेबाट टिकट पाएका सन्तोष यादव आफैँ त पराजित भए, तर कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराउनमा उनले ठूलो भूमिका निर्वाह गर्न सफल भए,' कांग्रेसका ती नेताले भने ।

त्यसबाहेक महासेठ जित्नुमा पूर्वराष्ट्रपति डा.रामवरण यादवको छोरा डा. चन्द्रमोहन यादव, भतिज समीर यादव, भतिजी किरण यादवको समेत हात रहेको कांग्रेसका कार्यकर्ताहरूको आरोप छ ।

कांग्रेसका कतिपय कार्यकर्ताले यो जीत महासेठको नभएर चन्द्रमोहन यादवको भएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।

चन्द्रमोहनको नाम कांग्रेसको समानुपातिक बन्दसूचीमा (सांसदचाहिँ नहुने गरी) समावेश भएको थियो, तर उनले फिर्ता लिए । जसले उनको असन्तुष्टि झल्काउँथ्यो ।

चुनावी नतिजामा पनि चन्द्रमोहनको असन्तुष्टिको असर झल्किएको छ । 'उहाँ (चन्द्रमोहन)को गाउँ सपहीमा कुल १९ सय मत खसेकोमा ५ सय मत मात्र कांग्रेसले पायो । त्यसबाहेक लक्ष्मीनिया गाउँपालिकामा समेत उहाँले मत कम गराउन भूमिका खेल्नु भयो,' महेन्द्र यादव निकटका एक कांग्रेस कार्यकर्ताले भने ।

पार्टीका जिल्ला सभापति योगेन्द्र (जोगी) पजियारले समेत असहयोग गरेको आरोप महेन्द्र यादव पक्षका कार्यकर्ताको आरोप छ । यसलाई उनीहरूले विमलेन्द्र निधिको समेत असहयोगसँग जोडेर विश्लेषण गरिरहेका छन् ।

'प्रदेश सभामा टिकट नपाएको, क्षिरेश्वर नगरपालिकामा पुनः दोहोर्‍याएर मेयरमा टिकट पाउनमा निकै सकस भएको तथा मेयरमा मेहन्द्र यादवले नै हराउन लगाएको बुझाइका कारण चुनावसम्म महेन्द्रजीको कोर टीममै बसेर अन्तर्घात गर्नुभयो,' ती कार्यकर्ताले थपे, '२०७४ सालको चुनावमा क्षिरेश्वर नगरपालिकामा महेन्द्रजीले ९० मतको अग्रता पाउनु भएको थियो तर यसपटक एमाले उम्मेदवार महासेठभन्दा ९ सय मत कम भयो ।'

क्षिरेश्वरकै प्रभाव बटेश्वर गाउँपालिकामा पनि देखिएको उनले बताए । बटेश्वर गाउँपालिकामा कुल ५ वडा छन् । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सबै कांग्रेसले जितेका छन् ।

'उक्त गाउँपालिकामा एउटा मात्र वडा सदस्य एमालेले जितेको छ, तर पनि त्यस गाउँपालिकामा महेन्द्रजीले महासेठभन्दा १९ सय मत कम पाउनुभयो । जोगी पजियार र चन्द्रमोहन डाक्टरसा'ब को टीमले अन्तर्घात गरेको कुरा प्राप्त मतले नै पुष्टि गरेको छ,' कांग्रेसका ती कार्यकर्ताले थपे, 'जबकि महासेठको लालकिल्ला भनिएको मिथिला नगरपालिकामा कांग्रेसले राम्रो मत ल्याएको छ ।'

कांग्रेसभित्रको असन्तुष्टिको लाभ समेत महासेठलाई भएको देखिन्छ ।

जुलीको सहज जीत

धनुषा- ३ मा जुली महतो महासेठले भने शानदार जीत दर्ता गरिन् । ९ हजार ७१० मतान्तरले उनी निर्वाचित भएकी हुन् । उनले ३३ हजार ३८८ मत ल्याएर निर्वाचित हुँदा लोसपाका अनिलकुमार झाले २३ हजार ६७८ मत ल्याएका थिए ।

यसअघि २०७४ सालमा त्यस क्षेत्रबाट निर्वाचित भएका लोसपा नेता राजेन्द्र महतोले उक्त क्षेत्र छाडेपछि झा त्यहाँबाट उम्मेदवार बनेका थिए । झा बाहिरका भएकाले उनलाई जित्न असहज हुने सबैको आकलन पहिलेदेखि नै थियो । जुलीलाई चुनाव जित्न कुनै कठिनाइ नरहेको चर्चा थियो ।

'उनले पहिलेदेखि नै चुनावको तयारी गरिरहेकी थिइन्, एक त स्थानीय भएको र अर्को वैश्य समुदायको भएकाले उनलाई राम्रो मत आयो,' जुलीनिकट एक कार्यकर्ताले भने, 'त्यसबाहेक लोसपाका कतिपय अगुवा नेतालाई समेत उनले मिलाएकी थिइन् ।'

महासेठ दम्पतीलाई जहिल्यै अवसर

महासेठ दम्पती यस्तो भाग्यशाली ठहरिँदै आएका छन्, जसले पार्टीमा आलोपालो अवसर पाउने गरेका छन्  । पछिल्लो समय महासेठ केपी ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बनेका थिए  । पछि उनलाई हटाएर ओलीले उनकी श्रीमती जुली महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएका थिए  ।

त्यसपछि जुली हट्दा फेरि महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका थिए  । महासेठकी श्रीमती जुली नेकपा एमालेबाट दुईपटक समानुपातिक सांसद भइसकेकी छन् भने एकपटक प्रत्यक्ष निर्वाचनमा पराजित भएकी थिइन्  ।

राजनीतिमा महासेठको छलाङ

रघुवीर महासेठ एमालेमा मधेशी समुदायबाट अहिले सबैभन्दा शीर्ष नेताका रूपमा स्थापित भएका छन्  । खास गरेर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि उनले राजनीतिमा छलाङ लगाएको देखिन्छ  ।

धनुषाको खजुरीका योगेन्द्र साह नेपाली कम्युनिस्ट नेताका रूपमा स्थापित थिए  । उनी रघुवीर महासेठका भिनाजु राजेन्द्र साहका दाजु समेत हुन्  ।

महासेठले एसएलसीसम्मको पढाइ भिनाजुकै घर खजुरीमा बसेर पूरा गरेका थिए  । सोही क्रममा उनी वामपन्थी राजनीतिमा आबद्ध भएका थिए  । आईएस्सी पढ्नका लागि महेन्द्र मोरङ क्याम्पस विराटनगर पुगेका बेला २०३६ सालमा महासेठ अखिलको सम्पर्कमा आएका थिए  ।

आईएस्सी उत्तीर्ण गरेपछि उनी इन्जिनीयरिङ पढ्न भारत गए  । तत्कालीन पञ्चायती व्यवस्थामा स्थापित नेता हेमबहादुर मल्लको सिफारिशमा छात्रवृत्तिमा पढ्ने अवसर उनले पाएका थिए  ।

इन्जिनीयरिङ पढेर आइसकेपछि इलाममा जागिर गरेका थिए  । २०४६ सालमा बहुदल आउँदासम्म उनी कर्मचारी संगठनमा आबद्ध थिए  । २०५१ सालमा एमालेका मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेपछि तत्कालीन राज्य व्यवस्था विभाग प्रमुख झलनाथ खनालको जोडबलमा महासेठलाई उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष बनाइएको थियो  ।

२०५६ सालको चुनावमा महासेठ मालेबाट धनुषा- ३ मा उम्मेदवार बनेका थिए  । नेकपा एमालेबाट गंगाराम यादव उम्मेदवार थिए  । उक्त चुनावमा महासेठभन्दा बढी मत गंगारामले ल्याए । २०५६ सालको निर्वाचनमा महासेठ पराजित भएपछि उनलाई पार्टीको उद्योग विभागमा केन्द्रीय सदस्य बनाइएको थियो  । २०५९ सालसम्म उनी एमालेको मूल कमिटीमा भने आइसकेका थिएनन्  ।

२०६९ सालमा जनकपुरमा नेकपा एमालेको महाधिवेशन भएपछि पार्टीको विधानविपरीत उनलाई केन्द्रीय सदस्य बनाइएको थियो  । त्यतिबेला एमालेको विधानमा केन्द्रीय सदस्य हुनुभन्दा पहिले वैकल्पिक केन्द्रीय सदस्य भएको हुनुपर्ने प्रावधान थियो  । स्थानीय स्तरमा विरोध भए पनि वामदेव गौतमको समर्थनमा उनलाई  केन्द्रीय सदस्य बनाइएको थियो  ।

२०६४ सालको प्रथम संविधानसभा चुनावमा एमालेबाट उनी धनुषा- ४ मा चुनाव लडेका थिए  । तर उनलाई तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार सञ्जय साह 'टकला'ले पराजित गरेका थिए  । धनुषा- ५ बाट चुनाव जितेका नेपाली कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रको उपनिर्वाचनमा भने महासेठ चुनाव जित्न सफल भएका थिए  ।

चुनाव जितेर पहिलोपटक प्रतिनिधिसभामा पुगेका महासेठले सिञ्चाइ मन्त्री बन्ने अवसर समेत पाएका थिए  । २०७० सालको निर्वाचनमा उनी पराजित भएका थिए  । २०७४ सालको निर्वाचनमा धनुषा- ४ मा वाम गठबन्धनको उम्मेदवार भएर चुनाव जिते  ।

नेकपा एमाले र माओवादी एकीकृत भएर बनेको नेकपामा पार्टीको विधानविपरीत महासेठलाई स्थायी कमिटी सदस्य बनाएपछि विरोध पनि भएको थियो  ।

पोलिटब्युरो सदस्य नै नभएको व्यक्तिलाई विधानविपरीत स्थायी कमिटी सदस्य बनाएको भन्दै मधेशका केन्द्रीय सदस्यहरूले विरोध गरे पनि उनी स्थायी कमिटी सदस्य रहिरहे  । पछिल्लो हेटौंडा महाधिवेशनबाट उनलाई सचिव बनाइएको छ  ।

जुली अचानक सभासद बनेर पार्टीमा स्थापित

महासेठकी श्रीमती जुली महतो भने २०६४ सालमा एकाएक समानुपातिक सभासदको रूपमा सिफारिश भएपछि चर्चामा आएकी थिइन्  । २०६४ सालको निर्वाचनमा उनका श्रीमान् रघुवीर आफैं पनि धनुषा- ४ मा प्रत्यक्ष उम्मेदवार थिए  । तर, उनको प्रचारप्रसारका क्रममा आयोजना हुने कुनै पनि राजनीतिक मञ्चमा जुली देखिएकी थिइनन्  । पार्टीको संगठित सदस्य समेत नरहेकी उनलाई समानुपातिक सांसद बनाइएको थियो  ।

जिल्ला कमिटी धनुषाबाट उनको नाम नै सिफारिश नभए पनि उनलाई एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले समानुपातिक सांसद बनाउनुको भित्री कारण थिए, उपेन्द्र महतो  । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष महतो जुलीका साख्खे दाइ हुन्  ।

धनुषाबाट औपचारिकरूपमा एमाले नेत्री शारदा झा, महिला संघकी अध्यक्ष उर्मिला साहको नाम सिफारिश गरिएको थियो  । जुलीलाई सिफारिश नै नगरिए पनि पार्टीको केन्द्रीय कमिटीले बन्दसूचीमा नाम समावेश गरेको थियो  ।

जुली महतो संगठित सदस्य नै नभएका कारण पार्टीको प्रशिक्षण कार्यक्रममा उनलाई प्रवेश दिइएको थिएन  । सुनसरीकी भगवती चौधरी, उद्योगपति विनोद चौधरी र धनुषाकी जुली महतो गरी कुल तीनजना पार्टीको संगठित सदस्य नभए पनि समानुपातिक कोटाबाट सांसद बनेका थिए  । तीनैजनलाई पार्टीको पहिलो प्रशिक्षण कार्यक्रममा प्रवेश दिइएको थिएन  ।

२०६५ सालमा जुलीले संगठित सदस्यता नवीकरण गराउन खोज्दा जिल्लामा ठूलै विवाद उत्पन्न भएको थियो  । संगठित सदस्य नै नभए पनि सदस्यता नवीकरणका लागि पार्टी  केन्द्रीय कार्यालयमा सिफारिश गरिएपछि विवाद भएको थियो  । जुलीका श्रीमान रघुवीर आफैं जिल्ला इञ्चार्ज भएका कारण सदस्यता नवीकरणका लागि सिफारिश गरिएको थियो  ।

जिल्ला तहबाट व्यापक विरोध भएपनि अमृत बोहराले उनको सदस्यता नवीकरण गरिदिएर महाधिवेशन प्रतिनिधि बन्नलाई बाटो खोलिदिएका थिए  । धनुषामा महासेठ दम्पतीको दबदबा बढ्दै गएपछि स्थानीय स्तरका अन्य नेताहरू निरन्तर विरोधमा रहे  । नेकपा हुँदा जुलीलाई पनि  केन्द्रीय सदस्यमा बढुवा गरिएको थियो  । चितवन महाधिवेशनबाट उनलाई पोलिटब्युरो सदस्य बनाइएको छ  ।

उपेन्द्र महतोको बहिनी तथा ज्वाइँ हुनु नै महासेठ दम्पतीको सबैभन्दा ठूलो योग्यता रहेको नेकपा एमालेका जिल्ला तहका एक नेता दाबी गर्छन्  । 'पैसाको बोलबाला छ, माथि केन्द्रमा नेताहरूलाई पैसा पनि फाल्ने र चाकडी पनि गर्ने महासेठको विलक्षण क्षमता छ,' ती कार्यकर्ताले भने, 'तल यहाँ जिल्लामा वा क्षेत्रमा उहाँले आफ्नो चाकडीवाजलाई मात्र अवसर दिने गर्नुहुन्छ  ।'

स्थानीय स्तरमा उनीहरूको 'राइज' मन नपराउने नेता/कार्यकर्ता एमालेमै छन्  । तर, महासेठ दम्पती केन्द्रीय राजनीतिमा निरन्तर खुड्किलो उक्लिरहेका छन्  ।

 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १३, २०७९

नागरिकता मुद्दामा दोषी पाइएपछि गृहमन्त्री रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको छ ।  पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका रविको पद ३२ दिनमै गएको हो ।  सर्वोच्चका कामु प्रधा...

माघ १३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय ग...

माघ १५, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...

माघ १५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको पर...

माघ १५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...

माघ १५, २०७९

नक्कली मदिरा बनाएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेकाहरूको कनेक्सन अहिले फेरि त्यस्तै आरोपमा पक्राउ परेकाहरूसँग रहेको पाइएको छ । आज (आइतवार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रामा नक्कली...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x