×

NMB BANK
NIC ASIA

स्थानीय ११५ तहमा मात्र लैंगिक हिंसा निवारण कोष स्थापना

मंसिर १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

देशभरका ७५३ वटै स्थानीय तहमा लैंगिक हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा हालसम्म ११५ वटा पालिकामा मात्र व्यवस्था गरिएको छ । महिला हिंसाविरुद्ध १६ दिने अभियानको उपलक्ष्यमा काठमाडौं महानगरपालिका, महिला, कानून र विकास मञ्च, संयुक्त राष्ट्र संघीय महिला (यूएन वुमन) ले आज संयुक्तरूपमा आयोजना गरेको अभियानका विषयमा नीतिगत संवाद विषयक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै लैंगिक हिंसा निवारण कोषको पैसा हिंसामा परेकाका लागि जति खर्च गरे पनि पाइने व्यवस्था भएकामा धेरै स्थानीय तहले यसमा खर्च गर्न कञ्जुस्याइँ गरेजस्तो देखिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोषका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि रु एक लाख बजेट दिएको छ । प्रदेश नं १ सरकारले पनि मातहतका पालिकालाई रु पाँच÷पाँच लाख दिएको छ । सम्बन्धित पालिकाले यो कोषमा रु १० लाखसम्म बजेट राखेका छन् । यो कोषको पैसा जति खर्च गरेको हो त्यति नै सम्बन्धित निकायबाट थप दिने व्यवस्था छ । तर पनि कोषको पैसा धेरै स्थानीय तहमा खर्च भएको छैन । महानगरपालिकामा यो कोषको पैसा खर्च नभएको जानकारी दिइएको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा महानगरपालिकाका सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले यही मंसिर ९ गतेदेखि महानगर क्षेत्रमा १६ दिने अभियानको कार्यक्रम जारी रहेको बताए । उनका अनुसार विभागले बालिका हिंसाविरुद्ध पनि जागरणमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यस विषयमा महानगरपालिकाको सहयोगमा किशोरी समूहले सडक नाटक प्रदर्शन गरिरहेको जानकारी पनि उनले दिए ।

Vianet communication
Laxmi Bank

मञ्चका पूर्वअध्यक्ष मीरा ढुंगानाले नागरिकता विधेयकलगायत कानून अध्ययन गर्दा राज्यले नै महिला हिंसा हुने खालका कानून निर्माण गरेको देखिने भनाइ राखिन् । बाल विवाह, बहु विवाहकार्य जस्ता अन्त्यका लागि नागरिक अभियान चलाउनुपर्नेमा पनि उनले जोड दिइन् । रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x