माघ १५, २०७९
त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी ता...
विगत १८ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रूपमा कार्यरत चितवनका डा. घनश्याम चापागाईं कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् ।
नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा २–२ वर्ष मनोरोग विशेषज्ञको रूपमा काम गरेर अस्ट्रेलिया पुगेका चापागाईं अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत छन् । त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेन्ट (मेडिकल सुपरिन्टेन्डेन्ट) का रूपमा कार्यरत चापागाईंको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन् ।
आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये ३ जना हाराहारी नेपाली हुने गरेको उनले बताए । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् ।
उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने, ‘कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।’
वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेका उनको भनाइ छ । उनले भने, ‘आफ्ना छोराछोरीलाई विदेश पठाउनुअघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।’
१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उनले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अस्ट्रेलिया पठाउन उनले अनुरोध गरे । आफ्नोमा उपचारका लागि आउने एकतिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा. चापागाईं बताउँछन् ।
उनी भन्छन्, ‘अभिभावकले बुझ्नु पर्यो, कलेजको शुल्क पनि तिर्नुपर्यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुपर्यो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।’ कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उनले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए ।
त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी ता...
विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आज नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । ...
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि) को समयतालिका सार्वजनिक गरेको छ । बोर्डको माघ ११ गतेको निर्णयअनुसार २०७९ सालको एसईई परीक्ष...
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन् । त्रिविले तयार पारेको स्ववियु निर्वाचनको आचारसहिंतासम्बन्धी प्रस्तावि...
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्त...
रिया मानन्धर तेस्रो पटक विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन्। द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...