×

NMB BANK
NIC ASIA

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

मंसिर १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । 

Muktinath Bank

नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिएका थिए । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिरेका छैनन् । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबारे ऋणी लामाकी श्रीमती राईलाई सम्पर्क गर्दा श्रीमानसँग नै यस विषयमा कुरा गर्नुपर्ने बताइन् । राईले दिएको नम्बरमा पटक–पटक लामासँग प्रतिक्रियका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 


Advertisment
Nabil box
Kumari

मञ्जुश्री सहकारीको ऋण नतिर्ने लामा एक्ला जनप्रतिनिधि भने हाेइनन् । नगरपालिकाको वडा नं ५ का वडा सदस्य श्रीबहादुर योगीले पनि उक्त सहकारीको ऋण तिरेका छैनन्। विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा निर्वाचित भएका योगीले २०७६ असार ३१ गते रु एक लाख ८१ हजार चार सय १६ ऋण लिएङ्का थिए ।

Vianet communication
Laxmi Bank

योगीले सहकारीलाई ऋण चुक्ता गर्नुपर्ने मिति २०७६ पुस २८ गते नै समाप्त भइसकेको छ । लामा र योगीलाई पटक–पटक पत्र काट्दा पनि ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख विजय तामाङले गुनासो गरे । 

“जनप्रतिनिधिले नै सहकारीको ऋण नतिरेपछि अरुले दिन मानिरहेका छैनन्, सहकारीका बचतकर्ता भने कार्यालयमै आएर धर्ना दिन थालेका छन्, बचतकर्ताको पैसा खाएर भाग्ने हाम्रो नियत छैन”, उनले भने । 

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष राजु रायमाझीले पनि सहकारीसँग लिएको ऋण नतिरेको अभिलेख देखिन्छ । रायमाझीले विसं २०७२ भदौ १६ गते रु तीन लाख २० हजार चार सय ९० ऋण लिएका थिए । रायमाझी पनि २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन्।

ऋण तिर्न रायमाझी, योगी र लामालाई पटक-पटक पत्राचार गरेको सहकारीको अभिलेखमा उल्लेख छ । तीनै जना जनप्रतिनिधिसँग प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा पनि उनीहरु सम्पर्कमा आउन चाहेनन्।
स्थानीयस्तरमा सहकारीलाई नियमन गर्ने नगरपालिकामा कार्यरत पुष्पबहादुर जिसी र अर्जुन श्रेष्ठले पनि मञ्जुश्री सहकारीबाट ऋण लिएका छन् । तर उनीहरूले पनि अहिलेसम्म ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख तामाङले सुनाए ।

यसैगरी सहकारीका पूर्वकर्मचारीहरूले लिएको ऋण पनि अझै फिर्ता गरेका छैनन् । सहकारीका पूर्वव्यवस्थापक लेखनाथ लामाले विसं २०७६ असार ३१ गते रु ३२ लाख ५३ हजार चार सय पाँच ऋण लिएका थिए । उनले ऋण तिर्नुपर्ने म्याद २०७६ पुस २८ गते नै समाप्त भए पनि अझै ऋण चुक्ता नगरेको पनि सहकारीले जनाएको छ । चन्दु लामा र रामेश्वर चौलागाईँ पनि सहकारीका पूर्वकर्मचारी हुन् । दुवैले लिएको ऋण नतिरेको अभिलेख सहकारीको कार्यालयमा रहेको छ ।

सहकारीका अध्यक्ष इन्द्र लामा ऋणीसँग पैसा उठाएर बचतकर्तालाई फिर्ता गरिने प्रतिबद्धता जनाए । सहकारीका नाममा घर पनि छ । बचतकर्तालाई पैसा फिर्ता गर्न त्यो घर पनि बेच्ने योजना बनाएको उनले सुनाए। लामाले भने, “बचतकर्ताले दुःख गरी जम्मा गरेको पैसा हामी खाँदैनौँ, जसरी पनि पैसा फिर्ता गर्न लागेका छौँ, पैसा फिर्ता पाइन्छ भन्नेमा मञ्जुश्रीका बचतकर्ता ढुक्क बन्नुभए हुन्छ ।”

नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले लिएको ऋण फिर्ता गराउन पहल गर्ने प्रतिबद्धता बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x