माघ २१, २०७९
माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा सकेसम्म सरकारलाई समर्थन गर्ने सबै दलबीच सहमति गरेर जाने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले राष्ट्रपतिमा सकेसम्म सहमति जुटाउन प्रयत्न गर्ने र नभए विचार, उद्देश्य र लक्ष्य मि...
काठमाडाैं | मंसिर १७, २०७९
प्रतिनिधिसभातर्फ स्याङ्जाको दुवै क्षेत्रमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । क्षेत्र नम्बर १ मा कांग्रेसका राजु थापा र २ मा पार्टी उपसभापतिसमेत रहेका धनराज गुरुङ विजयी भएका हुन् ।
क्षेत्र नम्बर १ मा थापाले एमालेका नारायण प्रसाद मरासिनीलाई पराजित गरे । थापाले ३१ हजार ९९९ मत पाउँदा एमालेका मरासिनीले २८ हजार ७४४ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी ६ हजार ६५ मतका साथ तेस्रो भए ।
सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर १ तर्फ एमालेकी सीता कुमारी सुन्दास १४ हजार ६९० मतका साथ विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अमृता थापाले १३ हजार २६७ मत प्राप्त गरिन् । यसैगरी राप्रपाका सूर्यलाल श्रेष्ठ १ हजार ५११ मत पाएर तेस्रो बने ।
यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका बुद्धि बहादुर रानालाई पराजित गर्दै एमालेका सुधीर कुमार पौडेल विजयी भए । पौडेलले १७ हजार ४४१ मत ल्याएर विजय हासिल गर्दा रानाले १४ हजार ४३५ मत पाए । राना जम्मा ६ मतले पराजित भएका हुन् ।
यसैगरी शनिबार राति सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा धनराज गुरुङ ३१ हजार ४६६ मतका साथ विजयी हुँदा एमालेकी सचिव समेत रहेकी पद्मा कुमारी अर्यालले २५ हजार ८३९ मत पाएर पराजय भोगिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीक राज गुरुङले ८ हजार ११३ मत पाएर तेस्रो भए ।
सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका भोजराज अर्याल १५ हजार १६१ मतका साथ विजयी हुँदा एमालेका मोहन प्रसाद रेग्मी १२ हजार ४३१ मत ल्याएर पराजित बने ।
यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेसका महेश भट्टराई १८ हजार ७८८ मत पाएर विजयी हुँदा एमालेका बुद्धिमान श्रेष्ठ १७ हजार २ मत पाएर पराजित बने । स्याङ्याको दुई प्रदेशसभामा एमालेले सत्ता गठबन्धन भत्काउन सफल भएको नतिजाले देखाएको छ ।
निर्वाचन सकिएको १० दिनपछि बुधबारदेखि स्याङ्जाको २ नम्बर निर्वाचन क्षेत्रको मतगणना सुरु भएको थियो । क्षेत्र नम्बर २ मा मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको भन्दै मतगणना सुरु गर्नेबारेमा विवाद हुँदै आएको थियो ।
तर, धाँधली नभएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले मतगणना शुरू गर्न निर्देशन दिएसँगै बुधबार रातिदेखि गणना थालिएको थियो । चापाकोट नगरपालिकाका ३, ४ र ५ नम्बरका ४ वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको दाबी एमालेको छ ।
माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा सकेसम्म सरकारलाई समर्थन गर्ने सबै दलबीच सहमति गरेर जाने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले राष्ट्रपतिमा सकेसम्म सहमति जुटाउन प्रयत्न गर्ने र नभए विचार, उद्देश्य र लक्ष्य मि...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् । केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...
दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शनिबार साढे ८ बजेपछि बस्नेगरी पार्टी कार्यालय बसुन्धारामा बैठक बोलाइएको सभापति रवि...
गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ । बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । सङ्घीय संसद्को ल्होत्...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...