×

NMB BANK
NIC ASIA

धनराजलाई बधाई दिँदै पदमाले लेखिन् – निर्मम दृश्यले तपाईंप्रतिको बुझाइ झूटो प्रमाणित गरिदियो

मंसिर १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार पदमाकुमारी अर्यालले नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य धनराज गुरुङलाई बधाई दिएकी छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै अर्यालले नवनिर्वाचित गुरुङप्रति केही गुनासो पनि गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लेखेकी छन्, ‘श्री धनराज गुरुङजी, स्याङ्जा २ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा तपाईंको उपस्थिति हुँदै गर्दा तपाईंलाई हार्दिक बधाई छ । म र म आवद्ध पार्टी नेकपा एमालेको तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा–२ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं । साक्षीका रूपमा कैयौ प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो, जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रूपमा स्वीकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकि लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नुभएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’


Advertisment
Nabil box
Kumari

उनले अगाडि लेखेकी छन्, ‘आगामी दिनमा लोकतन्त्रको मूल्यमान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरूको जोशजाँगरलाई उत्पादनशील एवं सिर्जनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्‍याउन सक्नुहोस्, न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरूलाई दुरुपयोग गरी प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सिर्जना गरी बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस् । मैले तपाईंलाई सालीन एवं लोकतन्त्रमाथि विश्वास गर्ने एउटा नेताको रूपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झूटो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नुभएन, दर्जनौं प्रमाणहरूले त्यही बताइरहेका छन् ।’
 
नेत्री अर्यालले सबै कुरा भुलेर जनताको सेवा गर्ने र स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध जनाएकी छन् । ‘हामीले अगाडि बढाएका कैयौ योजनाहरू छन्, तिनलाई पूर्णताः दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरू आवश्यक छन्, त्यसका लागि हरदम साथ दिन तयार छु । राजनीति पेशा होइन सेवा हो, निरन्तर जनताको बीचमा हुनेछु ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x