२७ जेठ २०८३, बुधबार

पश्चिम बागलुङको रणनीतिक सडक निर्माण शुरू

मंसिर १८, २०७९
पश्चिम बागलुङको रणनीतिक सडक निर्माण शुरू
प्रतिकात्मक तस्वीर

बागलुङको गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम शुरूआत भएको छ ।

शनिवार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । उनले गलकोट मात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा सडक मेरुदण्डका रूपमा रहने बताए । 

सडक विभागले ३० करोड ४३ लाख रुपैयाँको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्सन प्रालिका प्रबन्धक अमिन लामाले बजेटबाट ८ किलोमिटर सडक कालोपत्र गरिने बताए ।

शुरूको चरणमा मल्म र हरिचौरबाट गरी २ खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाइ छ ।

‘कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ,’ प्रबन्धक लामाले भने, ‘११ किलोमिटरमा सडक कटिङ हुन्छ, ८ किलोमिटर जति कालोपत्र हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्