×

NMB BANK
NIC ASIA

बुबाका सदावहार प्रतिष्पर्धीलाई पराजित गर्दै कर्णालीका कान्छा सांसद बने घनश्याम

मंसिर १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसबाट दैलेख २(१) मा निर्वाचित घनश्याम भण्डारी कर्णाली प्रदेश सभाका सबैभन्दा कान्छा सांसद हुन् । ३९ वर्षीय उनले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतान्तरले पराजित गर्दै प्रदेश सभाको यात्रा तय गरेका छन् । 

Muktinath Bank

करिब १० वर्ष दैलेखमा रहेर सक्रिय पत्रकारिता गरेका भण्डारी दुल्लू नगरपालिकाको निवर्तमान प्रमुख हुन् । नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिवसमेत भइसकेका उनी पत्रकारिता छाडेर २०७४ सालको स्थानीय निर्वाचनमा दुल्लू नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । रोचक के छ भने बुवा पूर्णबहादुर भण्डारीकै सदावहार प्रतिष्पर्धीसँग यसपटक घनश्याम आमन–सामने हुनुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४९ को स्थानीय निकाय निर्वाचनमा पूर्णबहादुरले दुल्लू गाविसको अध्यक्ष पदमा ३२ मतान्तरले एमालेका तिलकप्रसाद रिजाललाई पराजित गरेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा भने रिजालले उनै पूर्णबहादुरलाई ४८ मतान्तरले पराजित गर्दै अघिल्लो हारको बदला लिए ।


Advertisment
Nabil box
Kumari

पूर्णबहादुर र तिलकबीचको प्रतिष्पर्धाको शृंङ्खला छोरा पुस्तासम्म आइपुगेको छ । उनीहरूबीच हारजित बराबर भए पनि छोरा घनश्यामले पहिलो प्रयासमै जीत निकाल्न सफल भए । घनश्यामको यो पहिलो संसदीय जीत हो । तत्कालीन कांग्रेस क्षेत्रीय सभापति पूर्णबहादुरको सशस्त्र विद्रोही माओवादी पक्षबाट २०५९ असोज १२ गते दुल्लूको बालेश्वरमा हत्या गरिएको थियो । बुबाको हत्यापछि घनश्याम पत्रकारिता हुँदै कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । उनी पनि दुई कार्यकाल कांग्रेस क्षेत्रीय सभापति भइसकेका छन् । 

Vianet communication
Laxmi Bank

उनले संयोगवश २५ वर्षपछि बुवाका प्रतिष्पर्धीसँग चुनाव लड्नुपरेको बताए । ‘एमालेले युवा पुस्तालाई विश्वास गरेनछ, २०४९ सालदेखि बुबासँगै चुनाव लडिरहेका व्यक्तिसँग आफूले यसपल्ट लड्नुपर्‍यो’, घनश्यामले भने, ‘लामो समय पत्रकारिता र स्थानीय तहमा निर्वाचित भएर जनताप्रति सेवाभावका कारण निर्वाचित हुन सजिलो भयो ।’

प्रदेश सभा सदस्यका रुपमा आफूले पञ्चकोशी ज्वाला क्षेत्रको पर्यटन विकास, दूल्लू र भैरवी क्षेत्रको खानेपानी तथा सडक विस्तारलाई प्राथमिकता दिने बताए । राजनीतिक रुपमा संघीयता आए पनि प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयनमा थुप्रै जटिलता रहेकाले यसका लागि प्रदेश सभा सदस्यका रुपमा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x