×

NMB BANK
NIC ASIA

राजनीतिमा नयाँ पुस्ता आइसकेको भन्दै भारतलाई रविको चुनौती– दार्चुलामा भेट्ने कि दिल्लीमा ?

मंसिर १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतको दादागिरी स्वीकार्य नभएको बताएका छन् । उनले नेपालको राजनीतिमा नयाँ पुस्ता आइसकेकाे र नयाँ पुस्तालाई भारतको दादागिरी स्वीकार्य नभएको भन्दै भारती पक्षलाई दिल्लीमा भेट्ने हो कि, काठमाडौंमा भेट्ने हो कि दार्चुलामा भेट्ने ? भन्दै प्रश्न गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सामाजिक सञ्जालमा सन्देश लेख्दै रविले नेपाल भारतसामु वर्षौदेखि निरिह हुनुको कारणबारे प्रश्न पनि गरेका छन् । विभिन्न बाहानामा नेपाली नागरिक मारिदा पनि नेपाल निरिह बन्नुको कारणबारे प्रश्न गर्दै उनले लेखेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका पाना–पाना पल्टाएर बुँदा–बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रविले आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन भन्दै प्रश्न गरेका छन्, ‘कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन के ले रोक्छ सरकारलाई ?’


Advertisment
Nabil box
Kumari

यस्तो छ रविको सन्देश

Vianet communication
Laxmi Bank

त्यही महाकाली नदीमा तुइन तर्दा–तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सँधैका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको विष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउँन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । 

तर, यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहीँ–कतै देखिँदैन । वर्षौंको यो निरिहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका पाना–पाना पल्टाएर बुँदा–बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? 

आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुँदैन । सरकार अब यसरी चल्नु हुँदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्छ । नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ । त्यसैले अब नयाँ सिराबाट कुरा  गरौँ । दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गराँ,ै तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x