×

NMB BANK
NIC ASIA

सत्ताको खेल

सीकेको सत्ता यात्रा रोक्ने उपेन्द्र रणनीति: एमालेसँग अलग्गिएर देउवा-प्रचण्डलाई सन्देश

उपेन्द्रको घोषणापछि पनि तोडिएको छैन ओलीसँग सम्बन्ध, दुवैतिर समानान्तर संवाद

मंसिर १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एमालेसँगको सहकार्य तत्काललाई टुंगिएको घोषणा गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले आइतवार मधेश मात्र हैन काठमाडौंमा पनि एक किसिमको तरंग ल्याइदिए ।

Sagarmatha Cement
Muktinath Bank

एमालेसितको सहकार्य चुनावसँगै सकिएको र अब नयाँ समीकरणका लागि तयार रहेको उनको प्रस्ट सन्देश थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चुनावमा केही सीटमा तालमेल गरेका थियौं । केही सीट हामीले एमालेलाई छोडेका थियौं भने केही सीट एमालेले हामीलाई छोडेको थियो,’ विराटनगर विमानस्थलमा आइतवार यादवले भने, ‘चुनाव सकिएसँगै उक्त सहकार्य पनि अब सकिएको छ ।’


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धन छाडेर अन्तिम समयमा एमालेसँग तालमेल गरेका उपेन्द्रका लागि चुनावी नतिजा अपेक्षाकृत आएन । संख्यात्मक हिसाबले त्यति ठूलो क्षति नभए पनि आफैं पराजित हुनु उपेन्द्रलाई झट्का नै सावित भयो ।

Vianet communication
Laxmi Bank

चुनावी पराजयपछि उपेन्द्रले दिएको पहिलो सार्वजनिक अभिव्यक्ति सोझो अर्थ एमाले-जसपा 'ब्रेकअप' भन्ने नै लाग्छ । तर, उनको निशाना भने एमाले नभएर अन्तै रहेको पाइएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन बहुमतको आंकडानजिक पुगेको छ । सुविधाजनक ढंगले सरकार गठनका लागि गठबन्धनले सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउने प्रयास गरिरहेको छ ।

यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतले जनमत अध्यक्ष सीके राउतलाई भेटेर सहकार्यका लागि आग्रह गरिसकेका छन् । काठमाडौंमा राउतको दौडधुप बढेको छ । उनले आफूहरू सरकारमा सहभागी हुने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सार्वजनिक रूपमै दाबी पेश गरिसकेका छन् ।

राउतले सरकार गठनमा आफू निर्णायक रहेको भन्दै हिँडेका बेला उपेन्द्रले उनलाई चुनौती दिन र राउतको सत्ता यात्रामा तगारो हाल्न वर्तमान सत्ता गठबन्धनसँग सहकार्यको बाटो खुला रहेको सन्देश दिएका हुन् । समानुपातिक र प्रत्यक्ष गरी ६ सीटको हाराहारीमा रहने जनमत भन्दा १२ सीटको जसपासँगको सहकार्य सत्ता गठबन्धनका लागि लाभदायी हुने उनको सन्देश छ ।

उपेन्द्रसँग निकट जसपाका एक प्रभावशाली नेताले उनको अभिव्यक्तिको सिधा निशाना सीके राउततर्फ रहेको प्रस्ट्याए ।

‘एक सीट मात्र जितेका सीके राउत सरकार निर्माणका लागि आफू नै निर्णायक रहेको भन्दै हिँडेका छन् । नेताहरूसँगको भेटले उनको फूर्तिफार्ती बढिरहेको छ,' ती नेताले भने, 'हामी एमालेसँगै छौं भनेर जनमतले हाम्रो बाटो ब्लक गर्न खोजेको थियो। तर अब जनमत होइन, सरकार निर्माणका लागि जसपा निर्णायक हुन्छ ।’

जसपा प्रवक्ता मनिष सुमनले पनि यस्तै आशयको अभिव्यक्ति दिए । तर जनमतलाई गठबन्धनमा सहभागी हुनबाट रोक्न भने नखोजेको उनको भनाइ छ ।

‘जनमत पार्टीलाई कुनै गठबन्धनबाट अलग गराउन खोजिएको भने होइन। हामीले सबै विकल्पका लागि आफ्नो बाटो खुला गरेका छौं,’ सुमनले थपे, ‘मानिसमा एउटा कन्सेप्ट नै बसेको थियो कि हामी एमालेसँग गठबन्धन गर्छौं, त्यसलाई हामीले चिरेका छौं ।’

तर, गठबन्धनमा जसपा पनि सामेल भएको खण्डमा राउत निर्णायक रहँदैनन् र सत्ता गठबन्धनका लागि उनको महत्त्व स्वाभाविक रूपमा घट्ने देखिन्छ ।

आफूहरू सबै विकल्पमा खुला रहेको सुमनले बताए ।

'एमालेसँग सहकार्य सकिएको घोषणा हुनुको अर्थ अब हामी सबै विकल्पका लागि खुला छौं भन्ने हो,’ सुमनले लोकान्तरसँग भने, ‘अब हाम्रो माग-मुद्दामा जसले सहमति गर्छ, त्यसैसँग सहकार्य हुनसक्छ ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरूप, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, नागरिकता समस्याको स्थायी र सर्वकालिक समाधान, समानुपातिक समावेशीको ग्यारेन्टी, संविधान संशोधन, किसानको मल-खादको समस्या समाधानसहित विभिन्न माग सम्बोधन हुनुपर्ने उनको भनाइ छ ।

असोज २२ गते एमालेसँग सहमति हुँदाकै बेलामा पनि फलानो सीट फलानोको, फलानो सीट फलानोको भनेर लेखिएको उनले स्मरण गरे।

‘भविष्यमा पनि तालमेल र सहकार्य रहन सक्ने भन्ने कुरा तल लेखिएको थियो। आवश्यक परे आगामी दिनमा एमालेसँग पनि सहकार्य हुनसक्छ,’ सुमनले लोकान्तरसँग भने, ‘त्यसका लागि एमालेले सरकार बनाउने प्रयास गरोस्, हाम्रो मुद्दाप्रति एमालेले प्रतिबद्धता जनाओस्, त्यसपछि हामी पनि नयाँ ढंगले सोच्नेछौं ।’

यदि कांग्रेसले सरकार बनाउने प्रयास गर्छ र कांग्रेसले आफूहरूको मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ भने कांग्रेससँग पनि सहकार्य हुने उनले खुलाए।

जसपाका नेता दीपेन्द्र झा जनस्तरबाट नै एमालेसँगको सहकार्यलाई नरुचाइएका कारण एमालेसँगको सहकार्य तोडिएको बताउँछन् ।

‘निर्वाचनमा जसपाको भोट एमालेमा ट्रान्सफर त भयो तर एमालेको भोट जुन हिसाबले जसपामा ट्रान्सफर हुनुपर्ने हो त्यसरी जसपामा ट्रान्सफर भएन,’ झाले लोकान्तरसँग भने, ‘अर्कातर्फ एमालेसँगको सहकार्यलाई सैद्धान्तिक रूपले नै आम मधेशी नागरिकले पनि मन नपराएको कारण सहकार्य तोडिएको हो।’

एमालेसँगको सहकार्य दीर्घकालीन नभएर निर्वाचन प्रयोजनका लागि मात्र भएका कारण निर्वाचन सकिएपछि अध्यक्ष यादवले उक्त घोषणा गरेको उनले बताए।

एमालेको प्रस्ताव- मधेशमा मुख्यमन्त्री, केन्द्रमा उपराष्ट्रपति !

मधेश प्रदेश सरकारका पूर्व मुख्य न्यायाधीवक्ता समेत रहेका झाले सरकार निर्माणका लागि जसपाले कांग्रेस र एमालेसँग समानान्तर रूपमा कुराकानी गरिरहेको समेत खुलाए । एमालेबाट मधेशमा मुख्यमन्त्री र केन्द्रमा उपराष्ट्रपतिको प्रस्ताव आएको उनको दाबी छ ।

‘मुख्य ईश्यू प्रचण्डजीको हो । उहाँलाई प्रधानमन्त्री बन्नुछ,’ उनले थपे, ‘अन्तिममा प्रचण्डलाई प्रधानमन्त्री मानेर एमालेले राष्ट्रपति लिन सक्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा मधेश प्रदेशमा मुख्यमन्त्री र संघमा उपराष्ट्रपति दिने गरी एमालेकै कतिपय नेताले प्रस्ताव गरिरहनुभएको छ ।'

कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनले पनि संघ, मधेश र अन्य प्रदेशमा पनि सरकारमा सामेल हुन प्रस्ताव गरेको उनले बताए ।

‘एकातर्फ एमाले, माओवादी र जसपाबीच नम्बरको एक्सरसाइज भइरहेको छ भने अर्कातर्फ कांग्रेससँगको अलायन्समा पनि जसपालाई स्वीकार गर्ने मोटामोटी सहमति भइसकेको छ,’ झाले थपे ।

कांग्रेससहितको गठबन्धनमा जाँदा भने संघमा २ देखि ३ मन्त्री र मधेशसहित अन्य केही मन्त्रालयमा केही मन्त्री दिने गरी प्रस्ताव आएको उनले बताए ।

‘दुवै गठबन्धनसँग जसपाको नेगोसिएसन भइरहेको छ । कुन गठबन्धनसँग सहकार्य हुने हो, त्यसको अन्तिम डील भने भइसकेको छैन,' उनले थपे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x