×

NMB BANK
NIC ASIA

नेपाली चलचित्रको हाल

महापुरुषपछिका नेपाली फिल्मलाई दर्शकको खडेरी: जाडो र विश्वकपले हो कि 'कन्टेन्ट' नै झूर ?

मंसिर १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वर्ष २०७९ को मंसिर दोस्रो सातासम्म आउँदा ७ वटा नेपाली फिल्म हिट साबित रहे । जसमा केही फिल्म चामत्कारिक व्यापार गर्दै राम्रै नाफामा गए भने केहीले नेपालबाटै लगानीचाहिँ सुरक्षित गरे ।

Muktinath Bank

वैशाखमा प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले नेपालबाटै लगानी सुरक्षित गर्‍यो । जेठमा प्रदर्शनमा आएको ‘कबड्डी ४’ले चामत्कारिक व्यापार गर्दै सर्वाधिक कमाइको रेकर्ड कायम गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौमा प्रदर्शनमा आएको ‘झिंगेदाउ’ आकर्षक कमाई गर्दै हिट सावित भयो । असोजमा प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ नेपालबाट वर्षको दोस्रो ठूलो कमाई गर्ने नेपाली फिल्म बन्यो । 


Advertisment
Nabil box
Kumari

असोजमै प्रदर्शनमा आएको फिल्म ‘दुई नम्बरी’ले पनि आकर्षक कमाई गर्दै आफूलाई हिट फिल्मको सूचीमा राख्यो । 

Vianet communication
Laxmi Bank

कात्तिकको पहिलो शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ नेपाली बजारबाटै लगानी सुरक्षित गर्न सफल रह्यो ।

कात्तिकको दोस्रो शुक्रबार (११ गते)देखि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले आकर्षक कमाई गर्न सफल भएको छ । 

नेपाली हलबाट १० करोड भन्दा बढीको व्यापार गरिसकेको फिल्म अझै पनि चलिरहेको छ । फिल्मले प्रदर्शनको छैठौं सातामा पनि राम्रो शो पाइरहेको छ । यो फिल्मले केही हलमा प्रदर्शनको गौरवमय ५१ दिन मनाउने अपेक्षा गरिएको छ । 

तर, ‘महापुरुष’पछि प्रदर्शनमा आएका नेपाली फिल्मको अवस्था भने निकै दयनीय देखिएको छ । त्यसयता हलमा चारवटा नेपाली फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, चारवटै फिल्म दर्शकको खडेरीका कारण हलमा केही दिन पनि टिक्न सकेनन् । 

कात्तिकको १८ गतेबाट मल्टिस्टारर फिल्म ‘लाखे’ प्रदर्शनमा आयो । सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, वर्षा राउतजस्ता कलाकारहरूको अभिनय रहेको फिल्म हलबाट केही दिनमै उत्रियो । 

मंसिरको २ गतेदेखि फिल्म ‘चोर र पुलिस’ प्रदर्शनमा आयो । बुद्धि तामाङ, धिरेन शाक्य, जयकिसन बस्नेतलगायतको अभिनय रहेको यो फिल्म पनि हलमा केही दिन पनि टिक्न सकेन । 

मंसिरको ९ गतेदेखि अर्को फिल्म ‘मिलन’ प्रदर्शनमा आयो । सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा लगायतको अभिनय रहेको यस फिल्म पनि दर्शकको खडेरीका कारण टाट पल्टियो । 

गत शुक्रबारदेखि प्रदर्शनमा आएको अर्को फिल्म ‘पासो’ पनि धेरै हलबाट उत्रिसकेको छ । राजधानीका मल्टिप्लेक्स हलमा सोमबार यस फिल्मको शो देखिँदैन ।

‘महापुरुष’पछिका कुनै पनि नेपाली फिल्मले दर्शक तान्न नसकेको हल सञ्चालकहरू बताउँछन् । कतिपय फिल्म हेर्न एक जना पनि दर्शक नआएको हल सञ्चालकहरूको दाबी छ । 

राजधानीको ‘एफक्यूब सिनेमाज’का प्रबन्ध निर्देशक रामहरि कोइरालाले आफ्नो हलमा पछिल्लो नेपाली फिल्म ‘पासो’ हेर्न पहिलो दिन नै एकजना पनि दर्शक नआउँदा शो नै क्यान्सिल गर्नुपरेको लोकान्तरलाई बताए । 

कारण– जाडो र ‘वर्ल्ड कप’ कि फिल्म नै झूर ?

जाडोको समयमा फिल्मले अपेक्षित दर्शक नपाउने कतिपयले विश्लेषण गर्दै आएका छन् । यस वर्ष भने जाडो सिजनमा ‘वर्ल्ड कप’ले माहोल तताएको छ । 

जाडो र वर्ल्डकपको माहोलका कारण पनि यतिबेला प्रदर्शनमा आएका नेपाली फिल्मले दर्शक नपाएको कतिपयको विश्लेषण छ । 

कतिपय भने फिल्म नै झूर भएर दर्शकहरू हलसम्म नपुगेको बताउँछन् । वितरक करण श्रेष्ठ ‘क्रेजी’ जाडोका कारण भन्दा पनि वर्ल्डकपको माहोलले फिल्मलाई केही असर गरेको बताउँछन् । तर, हलमा दर्शक आउनु/नआउनुमा मुख्य कारण भने फिल्म स्वयं नै हुने उनको भनाइ छ ।

‘विश्वकपले केही हदसम्म असर गरेको हुनसक्छ । फिल्म नचलेपछि कतिपयले जाडोलाई पनि कारण बताउँदै आएका हुन्छन्,’ उनी भन्छन्, ‘चल्ने फिल्मले हुण्डरी आएको, पानी परिरहेको समयमा पनि राम्रो दर्शक पाउँछ । जाडो महिना, चिसो महिनामा नचल्ने भन्ने हुँदैन जस्तो लाग्छ ।’ 

हलमा दर्शक नपाएपछि समयलाई दोष दिने गरिएको भए पनि फिल्म नचल्नुमा धेरै कुराहरूले भूमिका खेल्ने उनको धारणा छ ।

‘फिल्मको प्रचार सामग्री कत्तिको नोटिस भएका छन्, आम दर्शकसम्म त्यो फिल्म कसरी पुगेको छ, त्यसले अर्थ राख्ला । फिल्म कस्तो बनेको छ भन्ने कुराले अर्थ राख्ला,’ उनी भन्छन्, ‘फिल्म चल्न सबै कुराहरू मिलेको हुनुपर्छ जस्तो लाग्छ ।’

हल सञ्चालकहरू भने फिल्म नै ‘झूर’ भएका कारण नचलेको हुन सक्ने बताउँछन् । 

एक हल सञ्चालकले लोकान्तरसँग भने, ‘महापुरुषमा केही भए पनि अझै दर्शक छन्, तर नयाँ नेपाली फिल्ममा दर्शक छैनन् । यसकारण, पछिल्लो समय प्रदर्शनमा आएका फिल्महरू आफैंमा राम्रो नभएका हुन् भन्न सकिन्छ ।’ 

ऋब धेरैको आशा फागुन महिनामा छ । उक्त महिनाका लागि ‘परदेशी २’, ‘फूलबारी’, ‘छक्का पञ्जा ४’, ‘छड्के २’ जस्ता आशा गरिएका फिल्महरूले प्रदर्शन मिति तोकेका छन् । त्यसअगाडिका केही नेपाली फिल्मले पनि दर्शक तान्न सक्ने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x