×

NMB BANK
NIC ASIA

होटल व्यवसायी सङ्घ रसुवाको अध्यक्षमा गजुरेल

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रसुवा होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा रामशरण गजुरेल चयन भएका छन् । अध्यक्षसहित संघको नयाँ कार्य समिति चयन भएका छन् । 

Muktinath Bank

संघको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन भएका छन् । सदस्यमा छविलाल पौडेल (राम), सन्तोष तामाङ, सुनिता तामाङ, सञ्जीव उप्रेती, पवित्रा भट्ट र छेतेन ग्याल्पो तामाङ चयन भएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ कार्य समितिले जाडो याममा हिमपातसमेत हुने भएकाले होटलमा सिरकको सङ्ख्या बढाउने, कोठामा हिटरको व्यवस्थापन गर्ने, खाना खाने स्थानमा सुधारिएको चुलोमार्फत तातोको व्यवस्था मिलाउने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

आगन्तुक पाहुना बस्ने कोठामा तातोपानीको व्यवस्थापन गर्ने तथा रैथाने जातका सागसब्जीको मात्र तरकारी खुवाउनेजस्ता विविध सेवामूलक विषयमा छलफल एवं सहमति भएको सङ्घले जनाएको छ । रासस

Vianet communication
Laxmi Bank

सबै होटल तथा लज आन्तरिक राजस्व कार्यालयमा दर्ता गराइ स्थायी लेखा नम्वर लिने, सरकारी दस्तुर समयमै बुझाउने, समयसाक्षेप होटल तथा लजको सुदृढीकरण गराउने, व्यवसायीको हितमा आवाज उठाउने र पाहुनालाई गुणस्तरीय सेवा प्रवाहको विषयमा अनुगमन गर्ने पनि संघले निर्णय गरेको जनाएको छ ।

अध्यक्ष गजुरेलले नयाँ कार्यसमितिले धुञ्चे, ठूलोस्याफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड हुँदै हेलम्बु रूट, स्याफ्रुबेँसीबाट लाङ्टाङ क्याञ्जेन क्षेत्र र तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नाकथली, थुमन तथा बृद्विम होमस्टेसमेतका क्षेत्रका होटललाई  व्यवस्थित गर्दै पर्यटकलाई गुणस्तरीय सेवा दिन केन्द्रित रहने बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x