×

NMB BANK
NIC ASIA

योगदानमा आधारित सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कोष : घर कर्जाले ठडिँदै योगदानकर्ताका आवास, विशेष सापटीमा पनि आकर्षण

मंसिर २०, २०७९

NTC
Sarbottam
तस्वीरमा बाबुलाल र उनले बनाउँदै गरेको घर
Premier Steels
Marvel

शहरी क्षेत्रमा आवासको चाप दिनदिनै बढ्दै छ । दैनिक मजदुरी गर्नेदेखि व्यापार व्यवसाय गर्नेसम्मका लागि शहरमा आफ्नै आवासको चाहना हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

एउटा आवास बनाउन शहरमा दैनिक संघर्ष गर्ने व्यक्तिले जिन्दगीभरको सबै ऊर्जाशील समय खर्च गरिरहेका हुन्छन् तर पनि सबैको घर सपना पूरा भने हुन सक्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर बनाउन चाहने नेपालीको आम्दानीको स्रोत नै आकर्षक हुनुपर्छ । कमाउँदै किस्ता तिर्दै गर्नेले भने सामाजिक सुरक्षा योजनाबाट घर कर्जा लिएर घर सपना पूरा गर्न सक्ने भएका छन् ।


Advertisment
Nabil box
Kumari

एकैपटक धेरै पैसा हालेर घर किन्न/बनाउन नसक्ने नेपालीको लागि भने सामाजिक सुरक्षा कोषले नै घर सपना पूरा गरिदिन थालेको छ । कोषले नयाँ घर बनाउन, किन्न र तला थप गर्न कर्जा दिन थालेको छ । यस्तो कर्जा फ्ल्याट किन्नेहरूको लागि पनि थप गर्दैछ ।

Vianet communication
Laxmi Bank

सरकारले २०७६ साउनदेखि शुरू गरेको सामाजिक सुरक्षा कोषमा स्थापनाकालदेखि नै योगदान गर्ने योगदानकर्ताले भने कोषले उपलब्ध गराउने घर कर्जा, सापटी र शैक्षिक कर्जा लिन थालेका छन् । कोषले दिएको सुविधाले नै मध्यम आय भएको नेपालीको घर सपना पूरा हुन थालेको हो । सामाजिक सुरक्षा कोषमा योगदान गरेकै आधारमा घर कर्जा लिएर आवास सपना पूरा गर्दैछन् सतुंगलका बाबुलाल घिमिरे ।

युनिग्लोव कलेज तथा युलेन्स स्कूलका शिक्षक घिमिरेले सामाजिक सुरक्षामा ३ वर्ष योगदान गरेपछि करीब ३८ लाख रुपैयाँ कर्जा लिएर सतुंगलमा साढे २ तले घर बनाउँदैछन् ।

सामाजिक सुरक्षाले आधारभूत तलबको १५ वर्षमा हुन आउने कूल रकमलाई आधार मानेर ७० प्रतिशतसम्म घर कर्जा दिन्छ । यस्तो रकम सम्बन्धित कर्जा लिने व्यक्तिले पाउने बेसिक तलब वा उसको धितोको भ्यालुएसनबाट आउने रकम जुन कम हुन्छ सोही बराबरको रकमलाई आधार बनाउँछ । यस्तो रकम मासिक २५ हजार बेसिक तलब भएकाले ४५ लाख रुपैयाँसम्म घरकर्जाको रूपमा लिन पाउँछन् । सामाजिक सुरक्षा कोषले भने अधिकतम ७५ लाख रुपैयाँसम्म घरकर्जा दिने गरेको छ । 

घिमिरेले भने, ‘मध्यम स्तरको परिवारलाई साढे २ तलासम्मको घर बनाउन पुग्ने रकम सामाजिक सुरक्षाले दिने रहेछ । सोही अनुसारको सुविधा प्रयोग गरेर करीब ३८ लाख पाउने सम्झौता भएको छ । सो अनुसार २ वटा किस्ता पाइसकेको छु । अब बाँकी २ किस्ता लिन निर्माण सम्पन्न गरेर एकैपटक लिने गरी तयारी गरिरहेको छु ।’ घिमिरेले आफ्नो र श्रीमतीको आम्दानी सहितको स्रोतलाई प्रयोग गरेर घर निर्माण गरेका हुन् । 

सामाजिक सुरक्षाकै कारण आफ्नो घर बनाउने सपना पूरा भएको घिमिरेले बताए । घर बनाउने सोचिरहेका घिमिरेको आम्दानीको स्रोतले नियमित कर्जा तिर्न नसक्ने भएकाले अलिक ढिलो हुनसक्ने काम सामाजिक सुरक्षाकै कारण भने छिटो भएको छ । उनले भने, ‘बैैंकको भन्दा ब्याजदर कम भएको र छिटोछरितो रूपमा काम भएकाले पनि आफ्नो घर सपना पूरा भएको हो ।’

सामाजिक सुरक्षा कोषमा सबै कर्मचारी युवा पुस्ताका भएकाले अन्य सरकारी निकायको तुलनामा आफ्नो कामको प्रक्रिया पनि छिटो भएको बुझाइ उनको छ ।

‘बैैंकको ब्याजदर महंगो भएकाले ब्याजदर घटेपछि घर बनाउने प्रक्रिया अगाडि सारौंला भनेर सोचिरहेका बाबुलाल सामाजिक सुरक्षा कोषले दिएकै सुविधा कारण पहिलो घर कर्जा लिने ग्राहक भएका छन् । कोषले हालसम्म ५ जनाको घर कर्जा स्वीकृति गरेको भए पनि कर्जा पाउने र कोषले दिएको सुविधा प्रयोग गरेर घर बनाउने उनी पहिलो व्यक्ति हुन् । 

कोषबाट घर कर्जा, विशेष सापटी, शैक्षिक कर्जाको सुविधा लिन योगदान शुरू गरेको ३ वर्ष पूरा भएको हुनुपर्छ । कोषबाट पैसा निकाल्दा तुलनात्मक रूपमा बैंक ब्याजभन्दा सस्तो पर्छ । हाल वाणिज्य बैंकहरूकै घरकर्जामा ब्याजदर १७.५० प्रतिशतसम्म छ ।

सामाजिक सुरक्षा कोषबाट लिएको कर्जाको ब्याज सस्तो र लिन सहज हुने, १५ वर्षसम्म मासिक किस्ता तिर्दै गए पुग्ने र कोषमा योगदान गरेबापत पाइने अन्य सेवासुविधा पनि सबै पाइने भएकाले त्यहीँबाट कर्जा लिएर घर सपना पूरा गरेको घिमिरेले लोकान्तरलाई बताए । कोषबाट हालसम्म शैक्षिक कर्जा भने काठमाडौं बाहिरबाट एक सुरक्षा गार्डले लिएका छन् । उनले आफ्ना छोरालाई दक्षिण कोरियामा पठाउन कोषबाट ९ लाख रुपैयाँ कर्जा लिएका छन् । 

विशेष सापटीमा रुचि बढ्दै

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेका योगदानकर्ताले विशेष सापटीमा पनि रुचि देखाएका छन् । कोषमा योगदान गरेको ३ वर्ष पुगेका योगदान कर्ताले यस्तो सापटी लिन पाउँछन् । कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार हालसम्म १ हजार ९७० जनाले ३५ करोड ९२ लाख २७ हजार ८१५ रुपैयाँ सापटी लिइसकेका छन् । यस्तो सापटी लिनेमा पहिलो व्यक्ति विनय महतो हुन् । उनी सञ्चार क्षेत्रमै आवद्ध रहेको जानकारी सामाजिक सुरक्षा कोषले दिएको छ ।

कोषका अनुसार योगदान गरेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाइन्छ । यस्तो सापटी ५ वर्षसम्मलाई लिन पाइने सुविधा कोषले दिएको छ । सामाजिक सुरक्षाबाट एउटै व्यक्तिले ४७ लाख रुपैयाँसम्म सापटी चलाइरहेका छन् । सापटीबापत लिएको रकमको ब्याज मात्रै तिरेर एकमुष्ट किस्ता तिर्ने वा मासिक किस्ता जुन सहज हुन्छ सोही सुविधा लिन पाइन्छ ।

कोषले हाल योगदानकर्तालाई ८ प्रतिशत ब्याज दिन्छ । कोषबाट पैसा चलाउन चाहने योगदानकर्तालाई भने ९ प्रतिशत ब्याज लिने गरेको कोषका प्रवक्ता विवेक पन्थीले बताए । 

सामाजिक सुरक्षा कोषमा हालसम्म १७ हजार ५०७ रोजगारदाता सूचीकृत भएका छन् । यसबाट ३ लाख ७५ हजार ९०४ योगदानकर्ता सूचीकृत छन् । यी योगदानकर्ताबाट कोषमा हालसम्म २६ अर्ब रुपैयाँ जम्मा भएको छ ।

स्वरोजगार र वैदेशिक रोजगारीका मजदुरलाई समावेश गरिँदै

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार तथा अनौपचारिक क्षेत्रका मजदुरलाई पनि कोषमा समावेश गराइने भएको छ । कोषमा समावेश गराउन कार्यविधि बनाएर स्वीकृतिका लागि तालुक  निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमक्ष पेश भइसकेको छ । मंसिर पहिलो हप्ता कोषले निर्णय गरेर पठाएको कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको ९० दिनभित्र कार्यान्वयनमा जाने गरी तयारी भएको कोषका प्रवक्ता पन्थीले बताए ।

वैदेशिक रोजगारमा जाने मजुदर तथा विदेशमै पेशा व्यवसाय गर्ने स्वरोजगार श्रमिकले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १५५ रुपैयाँसम्म मासिक योगदान गर्न सक्नेछन् । यस्तो रकममा ७०० रुपैयाँ बीमाबापत खर्च हुन्छ भने बाँकी रकम फिर्ता हुने २ योजना बृद्धावस्था सुरक्षा र अवकाश बचतको रूपमा जम्मा हुन्छ । 

स्वरोजगार सामाजिक तथा अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा योजनामा १ जना व्यक्तिले समेत आफूखुशी कोषमा योगदान गरेर आवश्यक सेवा सुविधा लिन सक्नेछन् । 

अनौपचारिक क्षेत्रका मजदुरले न्यूनतम आधारभूत रकम (९ हजार ३८५ रुपैयाँ)को २०.३७ प्रतिशतले हुने आउने गरी मासिक १९१२ रुपैयाँ जम्मा गर्नुपर्छ । सरकारले मजुदरको न्यूनतम पारिश्रमिक १५ हजार ५०० रुपैयाँ तोकेको छ । योभन्दा कम न्यूनतम आधारभूतमै सामाजिक सुरक्षा कोषमा योगदान शुरू गर्न सकिन्छ । 

यस्तो रकम जम्मा गरेबापत अनौपचारिक क्षेत्रका मजदुरले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाको सुविधा पाउनेछन् ।

यस्तो सुविधामा वार्षिक १ लाखसम्मको स्वास्थ्य उपचार सुविधा, मातृत्व सुरक्षा अन्तर्गत शिशु स्याहार खर्च १५ हजार र ९८ दिन बराबरको रकम सुत्केरी स्याहारबापत पाउनेछन् ।

७ लाखसम्मको दुर्घटना उपचार, मासिक ५ हजार ६६९ सम्मको अशक्तता पेन्सन, मासिक ३ हजार ७५४ आश्रित परिवारलाई पेन्सन, २१ वर्षसम्मको सन्ततिलाई मासिक ३ हजार ७५४ रुपेयाँ शैक्षिकवृत्ति, २५ हजारको अन्तिम संस्कार खर्च पाउँछन् । जम्मा गरेको रकममा प्राप्त हुने व्याज र जम्मा गरेको रकम निकाल्न वा पेन्सनमा जाने सहितका सुविधा कोषले दिने भएको छ । यसका लागि कार्यविधि स्वीकृत भएर आउनुपर्ने छ।
 
स्वरोजगार श्रमिकले पाउने सुविधा पनि न्युनतम आधारभूत पारिश्रमिकको ३ गुणासम्म योगदान गर्न पाउँछन् । यसबाट पाउने सुविधा अनौपचारिक क्षेत्रका मजदुरले पाउनेसरह नै हुन्छ ।

वैदेशिक रोजगारमा रहेका मजदुरले न्यूनतम २ देखि अधिकतम ३८ हजार १५५ रुपैयाँ योगदान गर्न पाउने छ । यसबाट पाउने सुविधा योगदान रकमको आधारमा पेन्सनको रकम र व्याजबापत पाइने रकम फरक पर्न सक्ने भए पनि अरु सुविधा भने अनौपचारिक क्षेत्रका मजदुरसरह नै हुन्छ ।

वैदेशिक रोजगारीलाई आकर्षण गर्न अग्रिम भुक्तानी, कर्जा सापटी र प्रतिफलमुखी योजनामा लगानी सहितको सुविधा थप गरिएको कोषले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x