×

NMB BANK
NIC ASIA

बाल मन्दिरमा भायानेटद्वारा शैक्षिक सामग्री वितरण

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको एक अग्रणी इन्टरनेट र टिभि सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा आयोजना गरेको छ । 

Muktinath Bank

कम्पनीले हाल चलिरहेको फिफा २०२२ विश्वकपलाई लिएर फुटबल थीममा आधारित उत्सवको आयोजना गर्‍यो । कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्काका साथै नेपाली फुटबलका चर्चित नामहरू उपेन्द्रमान सिंह, विष्णु गुरुङ, अर्पण कार्की, प्रीती राई, प्रशान्त अवस्थीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपाने र भायानेटको सीईओ सेवा पाठकले पनि उपस्थिति जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भायानेटका सीईओ पाठकले फुटबल समानताको खेल भएको बताउँदै, कार्यक्रममा आएका सम्पूर्ण अतिथि तथा बाल मन्दिरका सहजकर्तालाई धन्यवाद दिए । त्यस्तै कार्यक्रममा उपस्थित अतिथिहरूले आफ्नो जीवनको एक दिन बाल मन्दिरका बच्चाहरूसँग बिताउन पाएकोमा खुसी व्यक्त गरेका थिए । बाल मन्दिरको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले यस कार्यक्रम र बाल मन्दिरलाई दिएको सहयोगको लागि भायानेटलाई धन्यवाद व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

कार्यक्रमको मुख्य भागमा बाल मन्दिरका बच्चाहरू र कार्यक्रमको लागी आएका अतिथिहरू सम्मिलित टिमबीचको फुटबल खेल खेलाइएको थियो । भायानेटले बाल मन्दिरका सबै बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले स्टेशनरी सामग्री र शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको थियो । बाल मन्दिरले हाल देशभरका सातवटा शाखाबाट कम्तीमा २६३ बालबालिकालाई आवासीय हेरचाह प्रदान गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

भायानेटले सिफलमा रहेको बाल मन्दिर शाखालाई निःशुल्क इन्टरनेट र टिभी सेवा उपलब्ध गराएर बाल मन्दिरलाई थप सहयोग गर्ने योजना बनाएको छ । साथै कम्पनीले बाल–बालिकालाई विश्वकप हेर्न सहज गराउने उद्देश्यले वर्ल्ड कप कुपन पनि उपलब्ध गराउने भएको छ । 

कार्यक्रम पश्चात बोल्दै नेपाली राष्ट्रिय टिमका पूर्वगोलकिपर उपेन्द्रमान सिंहले भायानेटले यसरी कलाकार र फुटबलरलाई सँगै ल्याएर असाहाराको साहरा बनेको बाल मन्दिरका बच्चाहरूसँग खेल्ने माहोल जुराएकोमा धन्यवाद व्यक्त गरे । साथै खेलमा सम्मिलित केही बच्चाहरूमा भविष्यमा राम्रो खेलाडी हुन सक्ने खुबी देखेको पनि बताए । 

कम्पनीका ब्रान्ड एम्वासडर निश्चल बस्नेत र स्वस्तिमा खड्काले खेल खेलेर जितेका र उपविजेता बनेका दुवै टिमलाई शुभकामना दिँदै खेलले जीवनमा सकारात्मक ऊर्जा दिलाउन मद्दत मिल्ने हुनाले आयोजना गरिएको खेल नजितेका बालबालिकालाई अर्को पटकको लागि आफ्नो बेस्ट ट्राई गर्न सुझाव दिए । 

भायानेटले संस्थागत सामाजिक उत्तरदायित्वलाई पहिलेदेखि आफ्नो मुख्य कार्यक्रमको रूपमा राखेको छ । बालबालिकाको शिक्षामा पहुँचको कम्पनीको प्राथमिकताका क्षेत्रहरू मध्ये एक हो जुन यसका अघिल्ला सी.एस.आर. गतिविधिहरूले पनि देखाएको छ । कम्पनीले आफ्नो सी.एस.आर. को कार्यक्रममा बाल मन्दिरसँग अन्य गतिविधिहरू र सहयोग जारी राख्ने योजना बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x