माघ १६, २०७९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमवार शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र...
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । काठमाडौं १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहसँग जम्मा १२५ मतले पराजित भए मिश्रले मंगलवार विज्ञप्तिमार्फत निर्वाचन खर्च सार्वजनिक गरेका हुन् ।
उनले निर्वाचनमा जम्मा साढे २४ लाख खर्च भएको उल्लेख गरेका छन् । उनले निर्वाचनमा प्रतिष्पर्धा गने क्रममा २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको उल्लेख गरे । मिश्रले आफूले निर्वाचन खर्चका लागि विभिन्न शुभेच्छुकहरूबाट करिब २५ लाख रुपैयाँ संकलन गरेको पनि जानकारी दिएका छन् । निर्वाचन खर्च सहयोगस्वरुप प्राप्त भएपछि भिडियो सन्देशमार्फत थप सहयोग रकम नदिन अपील गरेको उनले उल्लेख गरेका छन् । निर्वाचन खर्चबाट बचेको करिब ८ लाख ५० हजार रुपैयाँ परोपकार कोषमा जम्मा गर्ने उनले बताएका छन् ।
मिश्रले अघिल्लो २०७४ को निर्वाचनमा २१ लाख ५० हजार रुपैयाँ खर्च भएको पनि उल्लेख गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति
प्रेस विज्ञप्तिः मेरो निर्वाचन खर्च रू साढे २४ लाख
(प्रकाशन तथा प्रसारणका लागि)
हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु ।
मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा मैले रू २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम मेरो पार्टीलाई बुझाएको थिएँ ।
पहिलेजस्तै यस पटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ । निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ ।
त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ ।
यस पटक निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जानेछ। व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा मैले निर्वाचन लगत्तै गरेको थिएँ ।
निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्नेछ ।
रवीन्द्र मिश्र
प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौँ क्षेत्र नं १
तथा वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
मितिः २० मंसिर २०७९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमवार शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र...
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको हो ।&n...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् । शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन&rsqu...
नेकपा माओवादी केन्द्रका पदाधिकाकारीहरूले गृहमन्त्री माओवादीले नै राख्नुपर्ने दबाब पार्टी बैठकमा दिएका छन् । स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद र मन्त्री पद बदर भएपछि गृहमन्त्री माओवादीले नै लिनुपर्ने गरी पा...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७ राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपति...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...