माघ १६, २०७९
राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सदस्यहरू नियुक्त गरेको हो । स्रोतका अनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएक...
काठमाडाैं | मंसिर २०, २०७९
रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह तेस्रो प्रयासमा ६४ वर्षदेखिको एक परिवारको राजनीतिक विरासतलाई ढाल्न सफल भएका छन् ।
२०१५ सालदेखि नेपाली कांग्रेसका नेता शेख इद्रिसको पारिवारिक विरासतलाई अगाडि बढाइरहेका आफताब आलमको गढलाई साहले भत्काएका छन् । प्रतिनिधिसभामा तेस्रोपटकको प्रयासमा साह अन्ततः आलम परिवारको किल्ला भत्काउन सफल भएका हुन् ।
यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको चुनावमा र २०७४ सालको प्रतिनिधिसभाको चुनावमा आफताब आलमबाट पराजित भएका थिए । तर, २०७९ सालको चुनावमा उनका छोरा फिरदोश आलमलाई ४ हजार ५९४ मतको मतान्तरले पराजित गरेर सांसद बन्न साह सफल भएका छन् । साहले ३२ हजार ८४२ मत ल्याउँदा आलमले २८ हजार २४८ मत ल्याएका छन् ।
आलम परिवारको यस्तो थियो विरासत
२०१५ सालको संसदीय चुनावमा रौतहटको १ नम्बर क्षेत्रमा जनताले शेख इद्रिशलाई निर्वाचित गरेका थिए । त्यस पछि २०४८ सालमा इद्रिश देशमै सबैभन्दा बढी मत ल्याएर प्रतिनिधिसभामा विजयी भएका थिए ।
उनी २८ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका विष्णु मानन्धरले १३ हजार ४४८ मत ल्याएका थिए ।
अत्यधिक मत ल्याएर जितेका इद्रिशलाई गिरिजाप्रसाद कोइरालाको १६ सदस्यीय मन्त्रिमण्डलमा श्रम तथा समाजकल्याण मन्त्री बनाइएको थियो ।
२०५१ सालको मध्यावधि चुनावमा फेरि इद्रिश रौतहट–२ बाट चुनाव जित्न सफल भएका थिए । त्यसपछि २०५२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनलाई मन्त्री बनाइएको थियो ।
शेख इद्रिशको निधनपश्चात् २०५४ सालमा भएको उपनिर्वाचनमा उनका भतिज आफताब आलम पहिलोपटक संसदीय चुनाव जित्न सफल भएका थिए । नेकपा एमालेका अब्दुल कलामलाई पराजित गर्दै उनी सांसद बनेका थिए ।
जेलमा रहेका कांग्रेस नेता आलम
फेरि २०५६ सालमा भएको चुनाव उनले २९ हजर ७५८ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अब्दुल कलामले १९ हजार ७७५ मत ल्याएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि उनले १६ हजार ८०१ मत ल्याएर उनी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शैलेन्द्र साहले ७ हजार ४०६ मत ल्याएका थिए ।
तीनपटक लगातार चुनाव जित्न सफल भएका आलमको विजययात्रामा २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने ब्रेक लागेको थियो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका मोहम्मद मुस्ताक आलमले उनलाई पराजित गरेका थिए । मुस्ताकले १३ हजार ४५० मत ल्याएका थिए भने त्यतिखेर नेकपा एमालेका किरण साहले ४ हजार ६८५ मत ल्याएका थिए ।
त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट आफताब आलाम फेरि चुनाव जित्न सफल भएका थिए । १८ हजार ८३३ मत हासिल गरेर उनले चुनाव जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका किरण साहले १६ हजार ८५६ मत ल्याएका थिए भने अर्का प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८३३ मत ल्याएका थिए ।
जिउँदो मान्छे इँटाभट्टामा पोलेर मारेको अभियोगमा सांसद पदमै रहेका बेलामा उनलाई पक्राउ गरिएको थियो । २०७६ सालमा रौतहट जिल्ला अदालतको आदेशले अहिले उनी तथा उनका भाइ माहताब आलम जेलमा छन् ।
उनी कारगारमा रहेपछि २०७९ सालको स्थानीय तहको चुनावमा राजापुर नगरपालिकामा आलमका कान्छा छोरा राजिक आलम प्रमुखमा निर्वाचित भएका छन् ।
त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल प्रहरीको प्राविधिक प्रहरी निरीक्षक पदमा कार्यरत जेठा छोरा फिरदोश आलम जागिर छोडेर बुवाको विरासतअघि बढाउन पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बनेर आएका थिए । फिरदोशले यो चुनाव आफ्नो बुवाको निर्दोषिताको जनमतसंग्रह भएको भन्दै मतदातासँग मत मागेका थिए ।
तर, उनलाई त्यहाँका मतदाताले हराएर स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका किरण साहलाई चुनाव जिताएर संसद् पठाएका छन् ।
कसरी ढाले विरासत ?
२०७० सालको चुनाव लड्दा पराजित भए पनि त्यतिबेला आफूले लिएको संकल्प र ९ सालदेखि जनताको सुखदुःखमा साथ दिँदै आएका कारण चुनाव जित्न सफल भएको साह बताउँछन् । ‘क्षेत्रका जनतालाई सुशासन दिलाउने, शान्ति सुरक्षाको प्रत्याभूति गराउने भनेर २०७० सालमा लिएको संकल्प अनुसार जनताको सुखदुःखमा सधैं साथ रहेको छु,’ साहले भने, ‘त्यसबाहेक आलम परिवारको आतंकबाट जोगिनका लागि मतदाताहरू यसपटक खुलेर नै अगाडि आउनुभयो । जनताले आफ्नो आत्मसम्मानका लागि पनि मलाई मतदान गरेर जिताउनुभएको हो ।’
खास गरी आलम परिवारले आफूभन्दा ठूलाबडालाई समेत तपाईंको साटो तिमी नै भनेर भन्ने गरेका कारण जनताले आफ्नो आत्मसम्मानको रक्षाका लागि पनि मतदान गरेर जिताएको उनी बताउँछन् ।
विगतको चुनावमा मुस्लिम मतदाताको एकमुष्ठ मत र कतिपय ठाउँमा चुनावका दिन बुथ क्याप्चर गरेर आलमले चुनाव जित्दै आए पनि यस पटक निष्पक्ष तथा धाँधलीरहित चुनाव भएका कारण आफू जित्न सफल भएको उनको दाबी छ । ‘आलम परिवारबाट पीडित भएका केही मुस्लिम समुदायको मत आउनुका साथै हिन्दूहरूको ७० प्रतिशत मत आएको कारण मैले चुनाव जितेको हो,’ आलमले लोकान्तरसँग भने ।
त्यसबाहेक निर्णायक मानिएको दलित समुदायले आफूलाई यसपटक नोट र भोट दुवै दिएको उनी बताउँछन् । ‘दलित समुदायको मत मासु र मदिरामा किन्न सकिन्छ भनेर लाग्ने गरेको आरोपलाई यसपटक दलित मतदाताले चिर्नुभयो,’ साहले लोकान्तरसँग थपे, ‘मसँग पैसा छैन भन्ने बुझेर यसपटक दलित समुदायले टोल–टोलबाट ५–५ सय रुपैयाँ समेत संकलन गरेर मलाई नोटका साथै भोट पनि दिनुभयो ।’
आलम परिवारले किरण साहलाई नै हिन्दूवादी नेताका रूपमा चित्रण गरेकाले समेत आफूलाई हिन्दूहरूको अत्यधिक भोट आएको साह बताउँछन् । अन्य ठाउँमा मत दिएर मत खेर फाल्नुको साटो किरणलाई नै मत दिएर जिताउनुपर्छ भन्ने अधिकांश हिन्दु मतदाताको सोचका कारण पनि आफूले जितेको उनी बताउँछन् ।
प्रभु साह र आफ्नो चुनाव चिह्न एकै भएका कारण कतिपय मानिसले आफूलाई प्रभु साहको टीममा जोडेर हेर्ने गरेको भए पनि वास्तविकता त्यस्तो नरहेको उनले खुलाए । ‘प्रभुजीले बाहिर देखावटीको लागि मेरै टिमको मानिस हो भनेर भन्नु भयो तर चुनावमा उहाँको सहयोग केही पनि भएन,’ उनले थपे, ‘म आफ्नै बलबुतामा स्वतन्त्र उम्मेदवार भएर जनतासामु व्यक्त गरेको प्रतिबद्धतालाई मतदाताले पत्याएका कारण चुनाव जितेको हुँ ।’
६४ वर्षदेखि एकै परिवारको विरासत रहेको भए पनि क्षेत्रमा विकास केही पनि नभएको र आफताब आलमको तानाशाहीविरुद्ध गर्दै आएको संघर्षको परिणामस्वरूप चुनाव जितेको उनको कथन छ ।
राजनीतिमा लाग्दा १५ करोड भन्दा बढीको सम्पत्ति बिक्यो
राजनीतिमा लागेकै कारण १५ करोड रुपैयाँभन्दा बढीको घरजग्गा बेच्नुपरेको साह बताउँछन् । राजनीति सँगसँगै आफताब आलमविरुद्धको संघर्षमा तथा जनताको सुखदुःखमा साथ दिँदा १५ करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति बिक्री भइसकेको उनले बताए ।
‘बाराको पथरामा मेरी श्रीमती शर्मिला कोइरालाको नाममा रहेको एकै ठाउँको ५ बिघा जग्गा बिक्री गर्नुपर्यो,’ साहले लोकान्तरसँग भने, ‘त्यसबाहेक काठमाडौंको २ ठाउँको जग्गा, चपुरको १६ कठ्ठा खेत र साढे २ करोडको घडेरी बिक्री भइसकेको छ ।’
आफताब आलमको अन्याय र तानाशाहीविरुद्ध गरेको संघर्षमा तथा जनतालाई भैपरी आउँदा गर्ने आर्थिक सहयोगमा नै ती सबै सम्पत्ति सखाप भएको उनले बताए ।
ती सम्पत्ति गुमाएको पीडा भए पनि अहिले जनताले चुनाव जिताइदिएपछि ती पीडाहरू बिर्सिएको उनी बताउँछन् ।
सत्ता गठबन्धनसँग सहकार्य गर्ने
साहले सत्ता गठबन्धनसँग सहकार्य गर्ने बताएका छन् । ‘मेरो जुन एजेन्डा छ, त्यसलाई पूरा गर्न सत्ता गठबन्धनले प्रतिबद्धता व्यक्त गरेका कारण सत्ता गठबन्धनसँग सहकार्य हुन्छ,’ साहले थपे, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटेर कुराकानी गरिसकेको छु ।’
तपाईंले ऐतिहासिक विरासत भत्काएर ऐतिहासिक परिवर्तन गर्नुभएको हुनाले तपाईंको योगदानको उचित सम्मान हामी पनि गर्छौं, सत्ता गठबन्धनसँग सहकार्य गर्नुस् भनेर ती नेताहरूले प्रस्ताव गरेको उनले खुलाए । ‘म कुनै पार्टीमा तत्काल जान्नँ, स्वतन्त्र सांसदकै भूमिकामा रहन्छु,’ उनले थपे, ‘म प्रभु साहको टिमको मान्छे होइन, एक्लै स्वतन्त्र सांसद रहन्छु ।’
राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सदस्यहरू नियुक्त गरेको हो । स्रोतका अनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएक...
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको हो ।&n...
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । सोमवार प्रमुख शाहको कार्यकक्ष...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपति...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७ राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग ...
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न २३औं राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । अनेरास्ववियुले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न १ हजार १११ सदस्यीय सम्मेलन जनपरिचालन कमिटी गठन गरेको ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...