×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

मंसिर २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ ।  सधैँझैँ आज पनि हामी बितेका २४ का मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छ । 
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल हुनबाट बञ्चित भएको छ । 

Muktinath Bank

समानुपातिकतर्फको सबै मत गणना सकिएपछि निर्वाचन आयोग दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको जनाएको छ। आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको मतगणना सकिएकाले दलले प्राप्त गर्ने सिट बाँडफाँटको काम बुधबार टुंगिने छ । एक करोड ५ लाख ६० हजार ६७ कुल मतको गणना भएको आयोगले जनाएको छ । दलहरुले प्राप्त गरेको मत आयोगले आफ्नो वेवसाइटमा प्रविष्ट गरिसकेको छ । 
००००
आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा पाउने सिट संख्यासहित समावेशी समूह मिलाएर नाम सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले प्रतिनिधि सभातर्फ ७ दिन र प्रदेश सभातर्फ ३ दिन समय पाउनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने जनाइएको छ ।
००००
सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सामग्रीहरूको आयातमा यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उक्त आयात फुकुवासम्बन्धी निर्णय आगामी पुसदेखि लागू हुने बैठकले निर्णय गरेको छ । उक्त वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रिपरिषदमा राखेका थिए ।

Vianet communication
Laxmi Bank

यसैबीच मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीतिका साथै बैंकहरुले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका हुन् ।
००००
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । 
निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गरेका हुन् । उनले निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए ।

यसैगरी नवलपरासीमा शशांक कोइरालासहित ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए ।
००००
रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंसिर ४ गते सम्पन्न भएको मतदानको मतगणना फेरि गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश पौडेलले मंगलवार सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेबाट सिक्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको दाबी गरे । उनले मनाङेको कामबाट सबैले सिकेर अघि बढ्नुपर्ने बताए ।  
००००
रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभाले पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट चाहिँदैन भनेर फैसला गर्ने बताएका छन् ।
मंगलवार विराटनगरमा गुरु घिमिरेले लेखेको पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचनाको लागि यो पाँच वर्षे कार्यकाल महत्वपूर्ण हुने बताएका हुन् ।
००००
यसैगरी नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रत्यक्षतर्फ २३ बाट ५७ सीट जिते पनि कांग्रेसको पपुलर भोट घट्नु चिन्ताको विषय भएको बताएका छन् । माओवादीको जगजगी रहेको बेलामा पनि ३२ प्रतिशत रहेको पपुलर भोट घट्नु गम्भीर विषय भएको उनले बताए ।
००००
एक जिल्ला न्यायाधीशमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । पीडित भनिएकी महिलाले प्रहरीले उजुरी लिन नमानेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी छन् ।
उजुरीकर्ता ती न्यायाधीशकै कान्छी श्रीमती रहेको पाइएको राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन् ।
पीडित भनिएकी महिलाले न्याय परिषदमा समेत उजुरी गरेकी छन् । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले पनि उजुरी आएको पुष्टि गरेका छन्।
००००
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । 
आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x