२६ जेठ २०८३, मंगलबार

चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडानका शुरू

मंसिर २१, २०७९
चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडानका शुरू

चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान शुरू गरिएको छ ।

‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र ५ हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालू आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती सडकबत्ती जडान थालिएको छ । 

नगरपालिकाले गत आवमा मुख्य राजमार्ग कलंकी–नागढुंगा–पिपलामोड सडकखण्डमा सडकबत्ती जडान गरेको थियो । नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेको क्षेत्रको पहिचान गरी नगरपालिकामा निवेदन दिन समेत नगरवासीलाई आह्वान गरेको छ ।

नगरपालिकाले सडकबत्तीसँगै प्रत्येक वडाका विभिन्न सार्वजनिकस्थलमा सीसीटीभी तथा निःशुल्क वाइफाइ जडान पनि चाँडो शुरू गरिने जनाएको छ । नगरपालिकाले यसका लागि सम्पूर्ण खरिद प्रक्रिया सकिएकाले उचित स्थानको पहिचान गरी जडान प्रक्रियालाई चाँडो अगाडि बढाइने जनाएको छ ।

जीपीएस र जीआईएस प्रणालीको नगर प्रोफाइलअन्तर्गत वडा र नगरपालिकाको प्रविधिमैत्री सेवा लिन निःशुल्क वाइफाइ सुविधाले मद्दत पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्