कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भएको महायज्ञको मूल यजमानमा राष्ट्रवादी केन्द्र नेपालका संयोजक सागर थापा रहेका छन् । यो त्यही राष्ट्रवादी केन्द्र हो, जसले केही वर्षदेखि निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको नारा दिएर वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्ने अभियान सञ्चालन गर्दै आएको छ । आयोजकहरूका अनुसार महायज्ञको उद्देश्य वैदिक सनातन धर्म रक्षा गरी मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्नु हो ।
मूल यजमान थापाका अनुसार महायज्ञको प्रयोजन विकेन्द्रित मानसिकताई एकीकृत गरी मुलुकलाई वैदिक सनातन धार्मिक राष्ट्रमा रूपान्तरण गर्नु हो । उनी भन्छन्, महायज्ञबाट प्रभावकारी ऊर्जा प्राप्त भएका छन्, जसलाई आगामी दिनमा कार्यान्वयनका दिशामा लगिनेछ ।’ त्यस्तै मूल समारोह समितिका सक्रिय सदस्य भुवन संगम भन्छन्, ‘महायज्ञ वैदिक सनातन धर्म राक्षाका लागि कोशेढुंगा सावित भएको छ, जसलाई मुलुकमा वैदिक सनातन धर्मसापेक्ष राष्ट्र कायम गर्ने आन्दोलनको शुरूआतकोे रूपमा लिएका छौं ।’
मूल समारोह समितिका अर्का सदस्य नरदेव न्यौपानेका अनुसार धार्मिक व्यक्तित्वहरूबाटै आयस्रोत जुटाई आयोजना गरिएको महायज्ञमा दैनिक २१ जना ब्राह्मणहरूले सेवा प्रदान गर्दै आएका छन् । व्यासाचार्य किशोरकुमार गौतम संरक्षक रहेका मूल समारोह समितिका अध्यक्षमा राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय सदस्य विन्दु थापा के.सीे रहेकी छिन् ।
भनिरहनुपरोइन, नेपालमा हाल वैदिक सनातन (हिन्दू) धर्मले कति ठूलो प्रहार खेप्दै आएको छ । संसारमा यसरी एकैसाथ दोहोरो मारमा पर्ने कुनै धर्मसंस्कृति छ भने हिन्दू धर्मसंस्कृति नै छ भन्नुपर्ने हुन्छ । यिनमा एउटा सन् २०३० सम्ममा समग्र एसियामा क्रिस्तानी साम्राज्यको झण्डा गाड्ने मकसदका साथ गाउँशहर फैलिएका उसका एजेन्टहरूले बाँडेका प्रलोभनका पुडिया हुन् भने अर्को उतैको बोलीमा लोली मिलाउँदै आएका यहाँका मठाधीशहरूको दोहोरो चरित्र ।
करीब तीन वर्षअघि पशुपतिनाथको दक्षिण ढोकानजिक एउटी बहिनी भगवान् भनेको पशुपतिनाथ नभई प्रभु ईशु हुन् भन्दै बाइबल बाँडिरहेको अवस्थामा पक्राउ परेकी थिइन् । यसैबाट प्रस्ट हुन्छ, यहाँको शहर बजारमा उनीहरूको पकड कति बलियो छ भन्ने कुरा । गाउँघरतिरको कुरा गर्ने हो भने अवस्था झनै भयावह छ । अशिक्षा र गरीबीलाई भजाएर हातमा चकलेट र झोलामा बाइबल लिएर गाउँ घुम्नेहरूले केकति सिधासाधा जनतालाई धर्मान्तरणको जालमा फसाइसकेका छन्, बितेका वर्षको आँकडा हेरे प्रस्ट हुन्छ । यद्यपि उनीहरूका काम सेवापरक नै देखिन्छन्, तर त्यो रूपमा मात्र हो । सारमा होइन । सारमा त यही हो कि तोकिएको अवधिमा आफ्ना मिसन पूरा गर्नु ।
तथापि सोचे अनुसार मिसन पूरा गर्न त्यति सजिलो भने छैन । यसका लागि चीन जस्तो विशाल राष्ट्रमा दह्रोसँग खुट्टा टेक्नुपर्ने हुन्छ । त्यसैले उनीहरू नेपालमा टेकेर चीनमा फैलिने योजनामा छन् र यसैका निम्ति पैसाको खोलो बगाइरहेका छन् । शायद यसको सुइँको चीनले पाइसकेको छ । सुइँको पाएको छ र चर्चमाथि डोजर लगाउन शुरू गरिसकिएको छ, तर हाम्रा नेताहरू भने अझै बाख्रीको पुच्छर काट्नुमै गर्व गरिरहेका छन् ।
धर्मनिरपेक्षता न जनयुद्धको माग थियो न जनआन्दोलनले नै माग गरेको थियो । सबैलाई थाहा भएकै कुरा हो, जनयुद्धको कुनै पनि मोर्चामा यसको माग उठेको थिएन । न जनआन्दोलनको मोर्चाले नै माग गरेको थियो । यो त कसैको इशारामा म्याद सकिएको संसदका २०५ जना सदस्यले बन्द कोठामा ताली बजाएर रोपेका बिऊ हो, जसलाई मलजल गर्ने काम संविधान निर्माताहरूले गरे । हाल धर्मान्तरणका खेलाडीहरूले यसैको आडमा गोल हान्न तम्सिरहेका छन् ।
हुन त संविधान जारी गर्नुपूर्व जनभावाना बुझ्ने काम नभएको होइन तर त्यो विशुद्ध देखाउनका लागि मञ्चन गरिएको नाटकबाहेक केही थिएन । अन्यथा हिन्दूराष्ट्रका सवालमा जनताले दिएका सुझावको सुनुवाइ पक्कै हुने थियो । संविधानसभाले सुझाव माग्यो, जनताले सुझाव पनि दिए, तर त्यसको सुनुवाइ भएन । यदि सुनुवाइ हुन्थ्यो भने पक्कै संविधानमा धर्मनिरपेक्ष शब्द लेखिने थिएन, किनकि हिन्दूराष्ट्रको पक्षमा बोराका बोरा सुझाव आएका थिए । उदाहरणका लागि पंक्तिकार आफैं हाजिर छ । संयोगले त्यतिबेला गोरखापत्रको सम्पादकीय नेतृत्वमा पंक्तिकार आफैं थियो । त्यतिबेला एक झोलाजति यस्तै खाले सुझाव उसले पनि भेटेको थियो ।
मानौँ, नमानौँ मुलुक हिन्दूअधिराज्य पहिले पनि थियो, अहिले पनि छ र पछिसम्म पनि रहनेछ । किनकि पृथ्वीनारायण शाहले हिन्दू अधिनस्थ राज्यहरूलाई समेटेर नै नेपाल एकीकरण गरेका हुन् । तथापि लेखिसकिएकाले संविधानतः मुलुक अहिले धर्मनिरपेक्ष राष्ट्र नै हो र जनमानस त्यसैलाई उल्ट्याउन आन्दोलित देखिन्छ । प्रस्तुत महायज्ञलाई यसैको एउटा कडीको रूपमा लिन सकिन्छ । तथापि उल्ट्याउन त्यति सजिलो भने छैन । उदाहरणका लागि हालै सम्पन्न निर्वाचनको नतिजालाई नै लिन सकिन्छ । हिन्दूराष्ट्रको माग लिएर चुनावमा होमिने राप्रपा नेपालको अवस्था त यसै पनि लज्जास्पद छ । राप्रपा आफैंले पनि पाँच प्रतिशतभन्दा बढी मत पाउन सकेको अवस्था छैन तर यसको अर्थ यो होइन कि हिन्दूराष्ट्रको पक्षमा देखिएको जनमत त्यत्ति मात्रै हो ।
राप्रपा नेपालले १२ हजारभन्दा बढी मत पाउन नसक्नुको कारण अध्यक्षको द्वैध चरित्र नै हो भन्ने कुरा दिवा सूर्य जत्तिकै छर्लङ्ग छ । राप्रपाले पाएको मतको आधारमै पनि मूल्याङ्न गर्नु हतारो हुनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा ६० प्रतिशतको हाराहारीमा मत खसेको छ । यसको अर्थ हो ४० प्रतिशत अभिमत वर्तमान विधानको विपक्षमा छ वा वर्तमान विधानप्रति उदासीन छ । यो भनेको उनीहरूलाई संविधानमा लेखिएको धर्मनिरपेक्षताको विषय मन परेको छैन । प्रश्न उठ्न सक्छ, त्यसो हो भने त्यही मुद्दा बोक्नेको पक्षमा किन नखुलेका त ? हो, सरसर्ती हेर्दा उठ्न सक्ने प्रश्न त्यही हो तर पर्दा पछाडि के–के खेल हुन सक्छन् भन्ने कुरालाई पनि बिर्सन हुँदैन । खुलेर आउन सक्ने र मिल्ने जति आए सिद्धान्त विपरीत जान नचाहने वा नसक्ने उदासीन बसिदिए । वश यही हो अहिलेको वास्तविकता ।
अहिलेको आवश्यकता भनेको त्यही असन्तुष्टि वा उदासीन जनमतलाई आफूतर्फ आकर्षित गर्नु हो, जसमा यस्ता महायज्ञहरू निकै प्रभावकारी हुन सक्छन् । यसले उठाउने आवाज तत्काल कसैले सुन्ला–नसुन्ला तर हावा, पानी, माटो, नदीनालाले भने पक्कै सुनेको हुन्छ । यिनै आवाज अनन्तमा एकत्रित हुँदै गएर जुन दिन विस्फोट हुनेछ, त्यस दिन सबैले सुन्ने छन्, सुन्न कर लाग्ने छ । त्यसैले सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउन छाड्नु पनि हुन्न र तत्कालै भएन भनेर आत्तिन पनि हुँदैन । यसै पनि भत्काउन सजिलो हुन्छ, बनाउन बेर लाग्छ । भत्काउन एकै रातमा सकिन्छ बनाउन वर्षौं लाग्छ । यसका लागि धैर्य चाहिन्छ, संयम पनि चाहिन्छ । निरन्तर लागिरहे एक दिन पक्कै बन्नेछ, जुन कुरालाई वैदिक सनातनधर्ममा आस्था राख्नेहरूले कहिल्यै बिर्सन हुँदैन । अस्तु, अहिलेलाई यति नै ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...