×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

खाडीको परिवर्तित मानसिकता

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

काठमाडाैं | मंसिर २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्तो किसिमको स्वागत गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

साउदी वायुसेनाका चारवटा लडाकू विमानहरूले सी चढेको विमानलाई आफ्नो हवाईक्षेत्रमा पहरा दिएका थिए । सीको विमान रियादमा ओर्लिने बेलामा ६ वटा एरोब्याटिक जेटहरूले धूवाँको आकार बनाएर स्वागत गरेका थिए । 

साउदीको सरकारी टीभीमा सी आफ्नो विमानबाट ओर्लिएर किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा रियाद क्षेत्रका गभर्नर राजकुमार फैसल बिन बन्दर बिन अब्दुलअजिज तथा परराष्ट्रमन्त्री फरहान बिन अब्दुल्लाहले स्वागत गरेको दृश्य देखिएको थियो ।


Advertisment
cg elex island
Saurya island

सीका लागि बैगनी रंगको कार्पेट ओछ्याइएको थियो अनि तोपको सलामी पनि दिइएको थियो । 

सीको यस भ्रमणमा दुईवटा शिखर सम्मेलनको कार्यक्रम पनि छ । यसमा अरब विश्वका नेताहरू सहभागी हुनेछन् । त्यहाँ दशौं अर्ब डलर बराबरको व्यापारिक, आर्थिक तथा सैन्य सहमतिहरूमा हस्ताक्षर गरिनेछ । 

Vianet communication
IME BANK INNEWS

साउदी नेताहरूले सीको भ्रमणमा अनेकौं झाँकी प्रस्तुत गर्नेछन् । भव्य प्रीतिभोजमा परम्परागत तरवार नृत्य पनि देखाइन सक्छ । साउदीका राजा वा उनका शक्तिशाली युवराज मोहम्मद बिन सलमानले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरीय ओहदा वा उपाधि प्रदान गर्न सक्नेछन् । 

कूटनीतिक प्रक्रियामा मित्रताका गाथा गाइनेछन् । बेइजिङ र रियादबीच गहिरिँदै गएको साझेदारीलाई यी सबै गतिविधिले पुष्टि गर्नेछन् ।

सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाएको भव्य स्वागतको पुनरावृत्ति सी भ्रमणमा हुन सक्छ । ट्रम्पको उक्त भ्रमणको खुशियाली तीन दिनसम्म निकै भव्यताका साथ मनाइएको थियो ।

सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाएको भव्य स्वागतको पुनरावृत्ति सी भ्रमणमा हुन सक्छ । ट्रम्पको उक्त भ्रमणको खुशियाली तीन दिनसम्म निकै भव्यताका साथ मनाइएको थियो ।

यसै वर्षको गर्मी याममा राष्ट्रपति जो बाइडनले पाएको स्वागतभन्दा सीलाई गरिएको स्वागत धेरै फरक छ । त्यतिखेर मोहम्मद बिन सलमान पटक्कै मुस्काएका थिएनन् र बाइडनसँग उनले मुट्ठी ठोकाएर अभिवादन गरेका थिए । 

टीभीबाट प्रसारित गोलमेज बैठकमा बिन सलमानले अमेरिकाको मागभन्दा निकै कम मात्रामा तेल उत्पादन बढाउने घोषणा गरेर बाइडनलाई बेइज्जत गरेका थिए । बिन सलमानले उक्त निर्णयलाई अभिव्यक्त गर्दा साउदीको सरकारी टेलिभिजनले बाइडनको अनुहार देखाएको थियो । बाइडन त्यस अप्रत्याशित निर्णयबाट हतप्रभ भएको देखिन्थ्यो । 

त्यसको महिनौंपछि साउदी अरबले तेल उत्पादन घटाएर बाइडनलाई थप लज्जान्वित बनायो । 

बाइडनको भ्रमणभन्दा नितान्त फरक सीको भ्रमणमा देखिएको तामझामले अमेरिकालाई अप्रत्यक्ष सन्देश दिएको छ । चीनको व्यापारिक प्रलोभनलाई त्याग्नका लागि अमेरिकाले आफ्ना अरब साझेदारहरूलाई लगातार अनुरोध गरेको भए पनि बेइजिङसँग अरबीहरूको सम्बन्ध थप विकसित भइरहेको छ । कारोबारमा मात्र नभई सुरक्षामा पनि साझेदारी बढेको छ ।

‘यो नयाँ साउदी अरब हो भन्ने पहिलो सन्देश हो । यो नयाँ खाडी हो । यो नयाँ वास्तविकता हो,’ संयुक्त अरब अमिरातका विश्लेषक तथा हार्वर्ड विश्वविद्यालयमा भिजिटिङ सिनियर फेलो अब्दुलखालेक अब्दुल्लाले सीएनएनलाई बताए । 

‘अमेरिकाले चित्त बुझाएको भए पनि नबुझाएको भए पनि चीनको उदय भइरहेको नयाँ वास्तविकता हो । हामीले चीनसँग कारोबार गर्नैपर्छ,’ उनले थपे । 

सम्बन्धमा नयाँ कोशेढुंगा

यस शिखर सम्मेलनले चीन–अरब सम्बन्धमा कोशेढुंगा थपेको उच्च तहका एक अरब कूटनीतिकर्मीले सीएनएनलाई बताएका छन् । मोहम्मद बिन सलमानका लागि यो प्रमुख कूटनीतिक विजय पनि हो । 

सन् २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खाशोग्जीको हत्यापछि उनलाई पश्चिमले बहिष्कार गरेको थियो । अहिले बिन सलमान सी र १४ अन्य अरबी नेताहरूलाई सूचना गरेको केही समयभित्रै सम्मेलनको आतिथ्य गर्ने हैसियतमा पुगिसकेका छन् । 

चीनका लागि अमेरिकाको पुरानो ‘ब्याकयार्ड’मा आफ्नो भूराजनीतिक पाइला विस्तार गर्ने अवसरका रूपमा यसलाई लिन सकिन्छ । कोभिड नियम खुकुलो बनाएको चीनलाई अब साउदीको थप तेल आवश्यक पर्छ । 

दुई दशकअघि चिनियाँ नेताहरू कम्युनिस्टविरोधी साउदी अरबमा अवाञ्छित व्यक्ति मानिन्थे । त्यतिखेर साउदीले वाशिङटनलाई भरपूर समर्थन गर्थ्यो । साउदीको तेलको सबभन्दा ठूलो उपभोक्ता त्यतिखेर अमेरिका नै थियो ।

अहिले अमेरिकाले त्यतिखेरको तुलनामा एकदमै कम तेल उपभोग गर्छ भने चीन चाहिँ साउदीको सबभन्दा ठूलो ग्राहक र कारोबार साझेदार हो । सन् २०२१ मा साउदीले चीनतर्फ ५० अर्ब डलर बराबरको तेल निर्यात गरेको थियो । साउदीले गरेको कुल निर्यातको १८ प्रतिशतभन्दा बढी हिस्सा तेलले नै ओगटेको थियो । 

व्यापार सम्बन्धमा आएको परिवर्तनले आफ्ना अरब साझेदारहरूप्रति अमेरिकाको धारणा पनि बदलेको छ । सन् २०१६ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले इरानसँग ऐतिहासिक आणविक सम्झौता गर्दा वाशिङटनले आफ्ना अरब साझेदारहरूलाई किनारामा पारेको थियो । इरानका चिर शत्रु अरबीहरू उक्त सम्झौताको हिस्सा बनेका थिएनन् । 

खाडी मुलुकहरूको निरंकुश शासनशैली तथा मानवअधिकारको खराब अवस्थाप्रति अमेरिकाले देखाएको सहिष्णुता पनि कमजोर बन्न थालेको थियो । उक्त क्षेत्रमा अमेरिकाको सैन्य उपस्थिति समेत घट्न थालेको थियो । 

त्यसपछि खाडीका नेताहरूले अमेरिकापश्चातको मध्यपूर्वको कुरा सार्वजनिक रूपमै गर्न थालेका थिए । आफ्नो सुरक्षाको प्रत्याभूति दिने सबभन्दा ठूलो साझेदार अमेरिकाविना नै अगाडिको बाटो बनाउनुपर्ने खाडीका अधिकारीहरूले बताउन थालेका थिए । 

त्यस दृष्टिकोणका कारण उनीहरूले ट्रम्पको समर्थन सहित इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गरेका थिए । अरबीहरूमाझ प्यालेस्टाइनीहरूप्रति सहानुभूति रहेको भए पनि इजरायलसँग अब्राहम एकोर्ड्स गर्न उनीहरू हिचकिचाएनन् । त्यसले साउदी अरब र इरानबीच असहज भए पनि समझदारी बनाउन योगदान गरेको थियो भने अबु धाबी र तेहरानबीच सम्बन्ध पुनर्बहाली नै गराएको थियो । 

विगत एक वर्षमा खाडीका अरबी मुलुकहरूले स्वतन्त्र परराष्ट्रनीतिलाई अघि बढाउन थालेको देखिन्छ । दशकौंसम्म उनीहरू अमेरिकी परराष्ट्रनीतिकै अनुकूल हिँडिरहेका थिए भने अहिले आएर उनीहरूले बाटो छोडेका छन् । 

रुसले युक्रेनविरुद्ध गरेको युद्धका बावजूद रुससँग घनिष्ठ बन्दै गएको सम्बन्धमा असर नपर्ने कुरा खाडीका नेताहरूले स्पष्ट पारेका छन् । मस्कोलाई विश्वमा एक्ल्याउने अमेरिकाको प्रयासलाई यसरी उनीहरूले विफल बनाएका छन् । तेल सम्बन्धी नीतिमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अरबी नेताहरूको कुरा मिल्ने गरेको छ । 

बेइजिङ र चिनियाँ कम्पनीहरूसँगको बढ्दो सम्बन्धका विषयमा अमेरिकाले दिएको चेतावनीलाई खाडी मुलुकहरूले धेरैपटक बेवास्ता गरेका छन् । पोहोर साल यूएईका अधिकारीहरूले आफ्नो भूमिमा रहेको चिनियाँ केन्द्र बन्द गराउनका लागि अमेरिकाले दबाब दिएको आरोप लगाएका थिए । 

यूएईले चीनको विशाल प्रविधि कम्पनी ह्वावेको ५जी चलाउनका लागि सम्झौता गरेपछि अमेरिकाले उसलाई बेच्न खोजेको एफ–३५ लडाकू विमान सम्झौताबाट पछि हट्ने धम्की दिएको थियो । तर यूएईले अमेरिकाको धम्कीलाई टेरपुच्छर लगाएन । 

चीनसँग अरबीहरूको सैन्य सम्बन्ध पनि विकसित हुन थालेपछि अमेरिका चिन्तामा परेको छ । 

‘आफ्नो महत्त्वपूर्ण साझेदार अमेरिकाप्रति साउदी उदासीन छैन । तर सधैंभरि पाइने सहयोगका लागि अमेरिकामा भर पर्न सकिन्न भनी साउदीले कठोर पाठ पढेको छ,’ साउदी नेतृत्वको सोचका बारेमा जानकारी राख्ने साउदी विश्लेषक अली शिहाबी बताउँछन् । 

‘साउदीले उक्त वास्तविकतालाई विचार गरेर अघि बढ्नुपर्नेछ अनि बहुध्रुवीय बन्दै गएको विश्वमा अनेकौं महत्त्वपूर्ण सम्बन्धहरू विकसित गर्नुपर्नेछ । केही वर्षयता उक्त प्रक्रिया शुरू भएको हो र यो अब अघि बढिरहन्छ । चीनसँगको बढ्दो सम्बन्धलाई सीको भ्रमणले थप उचाइ दिएको छ,’ उनले थपे ।

बेइजिङ र चिनियाँ कम्पनीहरूसँगको बढ्दो सम्बन्धका विषयमा अमेरिकाले दिएको चेतावनीलाई खाडी मुलुकहरूले धेरैपटक बेवास्ता गरेका छन् ।

अवश्यम्भावी वास्तविकता

सन् २०१७ मा ट्रम्पले रियाद भ्रमण गर्दा राष्ट्रपतिका रूपमा उनको त्यो पहिलो विदेश भ्रमण थियो । ओबामा प्रशासनले उक्त क्षेत्रबाट अमेरिकालाई हटाउने निर्णय गरेकोमा आफू त्यसभन्दा विपरीत जाने ट्रम्पले संकेत गरेका थिए । 

ट्रम्पको कार्यकालमा अमेरिकाले खाडी अरबमा ध्यान केन्द्रित गरेको थियो अनि अरबीहरूले उनलाई खुला दिलले स्वागत गरेका थिए । रियाद र ट्रम्प प्रशासनबीचको घनीभूत सम्बन्धका लागि त्यस भ्रमणले आधारशिला राखेको थियो । 

बिन सलमानले खाशोग्जीको हत्यासम्म हुने गरी विपरीत आवाजहरूलाई दमन गरे पनि ट्रम्पले उनलाई समर्थन गरिरहे । 

ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट हात झिकेर साउदीको इच्छा आंशिक रूपमा पूरा गरे । सम्झौताबाट बाहिरिएपछि उनले इरानमाथि अनेकौं प्रतिबन्ध लगाए जबकि तेहरानले सम्झौताको पालन राम्रोसँग गरिरहेको थियो । 

अनि सन् २०१९ मा इरानसमर्थित यमनका हूती विद्रोहीहरूले साउदी अरबको अब्काइक र खुरैसमा रहेका तेल प्रशोधन केन्द्रहरूमा क्षेप्यास्त्र बर्साउँदा साउदीको लगभग आधा तेल उत्पादन नष्ट भएको थियो । 

त्यतिखेर ट्रम्प प्रशासन आफ्नो साझेदारको उद्धारका लागि अघि बढेन । त्यसपछि खाडी अरब मुलुकहरूले अवश्यम्भावी वास्तविकता अनुभव गरे । अमेरिकी प्रशासनमा जो बसे पनि यस क्षेत्रको सुरक्षाको जिम्मा अमेरिकालाई दिनुहुँदैन भन्ने पाठ उनीहरूले पढे । 

सीले साउदी अरब भ्रमण गरिरहँदा यूएईका अब्दुल्ला भन्छन्, ‘अमेरिकाले अरबीहरूसँग सुमधुर सम्बन्ध कायम राख्ने हो भने थप प्रतिबद्ध हुन जरूरी छ । हामीले सुरक्षा प्राप्त गरेनौं भने क्रमशः एकअर्कासँग छुट्टिने समय आएको भनी बुझ्दा हुन्छ । यसको जिम्मेवारी वाशिङटनले नै लिनुपर्छ ।’

सीएनएन डट्कममा प्रकाशित तमारा किबलावीको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले उल्था गरेका हुन् ।  

पढ्नुहोस्, यो पनि :

 


 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस ८, २०७९

नेपाली कांग्रेसले पार्टी संसदीय दलको निर्वाचन सम्पन्न गरेको छ र नतिजा पनि आइसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा  पुनः निर्वाचित हुनुभएको छ । खुशीको कुरा के छ भने कांग्रेसको पहिलो पुस्ता र तेस्रो पुस्...

माघ १, २०७९

आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

पुस १४, २०७९

करीब डेढ महिना अगाडिको कुरा हो । मुलुकमा चुनावी माहोल जोडतोडले तातेको थियो । चिया पसलदेखि चोकसम्म जताततै चुनावी चर्चा सुनिन्थ्यो । चुनावले नछोएको शायदै कोही हुँदो हो ।  एकदिन घरबाट निस्किएर &lsq...

पुस १३, २०७९

नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको समयमा नेपाली राजनीतिमा एकाएक नाटकीय उतारचढाव आयो । कारण कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x