माघ १४, २०७९
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फूटबल रंगशाला विगत ३ वर्षदेखि अलपत्र परेको छ ।
जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम शुरू हुन सकेको छैन ।
राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम २ करोड ८० लाख रुपैयाँमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इन्जिनीयर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइले रंगशालाको रूप दिएको छ । दोस्रो चरणमा १ करोड ५० लाख रुपैयाँ लागतमा भवन, प्यारापिट निर्माण, रंगशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इन्जिनीयर शाहीले बताए ।
पहिलो चरणमा गरिएका काम भत्किँदै जाने र दोस्रो चरणको काम समयमै शुरू नहुने कारणले गर्दा रंगशाला निर्माण हुने स्थानका स्थानीय वासिन्दा चिन्तित बन्न थालेका छन् । रंगशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।
स्थानीय ओमबहादुर कुमालले ३ वर्षदेखि रंगशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । ‘राम्रै चौर थियो गाईभैंसी चराउन भएकै थियो, दशैंमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो,’ ६६ वर्षीय ओमबहादुर भन्छन्, ‘रंगशाला बन्दा खुशी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौं ।’
सोही स्थानका बेदुमाया कुमाल पनि रंगशाला नबन्ने पिरलोमा छन् । रंगशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा बिस्तारै निराशामा परिणत भएको उनले बताए । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रंगशालाको नाममा त्यसै छोड्न नहुने बताउँछन् ।
राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए । ‘सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो,’ उनी भन्छन्, ‘बेवारिसे अवस्थामा रंगशाला हुँदा भएको संरचना पनि भत्किन थाले ।’ रंगशाला निर्माण सम्पन्न भइसक्दा १ अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला बन्ने गरी चरण–चरणमा काम शुरू भएको हो ।
रंगशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका ३२५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ ।
जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय–समयमा रंगशालाको रेखदेख गर्ने गरेको उनले बताए ।
राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरिकन रंगशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रंगशालामा बजेट नआउने भएकाले रंगशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता र...
शुक्लाफाँटा नगरपालिका-४ पिपलाडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५औँ बार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा मौलिक नृत्य प्रस्तुत गर्दै विद्यालयका छात्रा । तस्बिरः रासस
घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन...
नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विका...
भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको &ls...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...