माघ १२, २०७९
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति चयन गर्न नहुने माओवादीको धारणा छ । ...
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ठूला २ दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।
विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरता निम्त्याएकाले स्थिर सरकार बनाउनुपर्ने बताए । एमाले र कांग्रेस मिलेर स्थिर सरकार बनाउनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए ।
कांग्रेस र एमालेको सरकार बनाउन आफूले पहल गर्ने नेता गच्छदारको भनाइ छ । ‘२०४८ सालयता बहुमत भएकै सरकारहरू टिकेनन्,’ उनले भने, ‘अब स्थिर र गतिशील सरकार बनाउने हो भने कांग्रेस–एमाले मिल्नुको विकल्प छैन ।’ जनताको अभिमतले पनि एमाले–कांग्रेस मिल्ने खालको आएको उनले बताए ।
‘५ वर्षसम्म कसैले हल्लाउने खालको सरकार नबनाउने भन्ने पक्षमा म छु । त्यही भएर पनि जनताले मत दिएर बनेका यी २ ठूला दल मिल्नुको विकल्प छैन भन्ने लाग्छ,’ उनले भने ।
महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा दाबी गरिरहेका बेला गच्छदारले पुस्तान्तरण अहिले नै सम्भव नभएको दाबी गरे । सभापति शेरबहादुर देउवाले नचाहेसम्म असम्भव रहेको उनले बताए । ‘पुस्तान्तरण बिस्तारै हुँदै जान्छ,’ उनले भने ।
जसपा अध्यक्ष उपेन्द्र यादवका कारण देशमा अस्थिरता आउन लागेको समेत उनले आरोप लगाए । उनले जसपाले एमालेसँग गएर मिलेर अस्थिरता ल्याउन खोजेको आरोप लगाएका छन् ।
‘कांग्रेस सहितको गठबन्धनमा भएको भए सत्ता गठबन्धनको बहुमत पुग्न सक्थ्यो,’ उनले भने, ‘उहाँ एमालेतिर मिल्न जानुभयो । उहाँले पनि हार्नुभयो, मैले पनि हारें ।’
जसपा अध्यक्ष उपेन्द्र यादवले ४ हजार मत सूर्यमा हाल्न लगाएका कारण आफूले पराजय भोग्नुपरेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको उदाहरण दिँदै उनले भने, ‘२०६४ सालमा उहाँले हार्नुभयो तर अहिले प्रचण्ड बहुमतले जित्नुभयो । मत ६ पटक जितेर एकपटक हारेको छु । त्यसैले आतिनुपर्ने अवस्था छैन ।’
उनले अझै १० वर्ष राजनीतिमा सक्रिय हुने बताए । २०८९ सालसम्म आफू सक्रिय हुने उनले बताए ।
सुनसरीको ३ नम्बर निर्वाचनमा एमालेकी भगवती चौधरीसँग प्रतिनिधिसभा चुनाव हारेका गच्छदारले १० वर्षसम्म राजनीतिमा सक्रिय हुन पुनः चुनावमा उठ्ने संकेत समेत गरेका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति चयन गर्न नहुने माओवादीको धारणा छ । ...
कांग्रेसको यस अघि दुईपटसम्म सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकाल लागि स्थगित भएको । यस अघि २२ पुसको बैठक २८ पुसमा सारिएको थियो । तर २८ बाट पनि सारेर १५ माघमा पुर्याइको थियो। तर ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटकको सुरक्षाको प्रत्याभूतिका लागि पर्यटन प्रहरीले खेलेको भूमिका महत्वपूर्ण र प्रसंशनीय रहेको बताएका छन् । ४४ औं पर्यटक प्रहरी दिवस २०७९ को अवसरमा बिहीबार...
लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। आज (बिहीबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बैठक बसेको हो। अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रे...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । बिहीबार बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामय...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...