माघ १३, २०७९
रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका छन् । ‘सुहागरात मनाइसके छि बिहे दर्ता रद्द भो’, गिरीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका...
कञ्चनपुर | मंसिर २२, २०७९
कञ्चनपुरका ९ पालिकाले विपद् पूर्व तयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् ।
बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को दोस्रो कञ्चनपुर सम्मेलनमा ९ वटै पालिकाका जनप्रतिनिधिले १० बुँदे प्रतिबद्धता गरेका हुन् ।
जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति योजना तथा कार्यक्रमलाई स्थानीयकरण र कार्यान्वयन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै पालिकाले विपद् जोखिम वित्त व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने विपद् तथा जलवायु संवेदनशिल भूउपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दीगो बसोवासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली तथा प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना सञ्चालन र समुदायको पहुँच अभिवृद्धि गर्ने, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरी प्रभावकारी रुपमा परिचालन गर्ने प्रतिबद्धता गरिएको छ ।
जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी जिल्ला तथा स्थानीयस्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने, स्थानीय विकासका योजना निर्माण तथा कार्यान्वयनको क्रममा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपायलाई प्रवद्र्धन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कञ्चनपुरका गाउँपालिका तथा नगरपालिकाले उत्थानशील कार्यमञ्चमार्फत् पारस्परिक समन्वय र सहकार्य गरी विपद् तथा जलवायु उत्थानशील समाजको निर्माण गर्ने र घोषणाको कार्यप्रगति नियमित अनुगमन तथा समीक्षाका लागि जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले विपद् व्यवस्थापनका लागि स्थानीय सरकार जागरुक हुनुपर्ने बताए । ‘स्थानीय सरकारलाई आफ्नो क्षेत्र अन्तर्गतका सबै वस्तुस्थितिबारे जानकारी हुन्छ,’ उनले भने, ‘विपद् रोकथामका लागि पालिकास्तरबाटै आवश्यक काम अघि बढाउनुपर्छ ।’
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विपद् व्यवस्थापनका लागि गाउँपालिकाले सबै प्रयास गर्ने बताए । ‘विपद्बाट जोगिनका लागि गाउँपालिकाकाले सबैसँग समन्वय गर्छ,’ उनले भने, ‘दीगो विकास र विपद् पूर्व तयारीका लागि १० बुँदे प्रतिबद्धता जनाएका छौं ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सुरक्षित र दीगो विकासका लागि उत्थानशील पालिका मञ्चमा कञ्चनपुरका सबै पालिका सदस्य रहेको बताउँदै विपद् पूर्व तयारीका लागि पालिकाले प्रतिबद्धता जनाएको बताए ।
‘जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समितिसँगको समन्वयमा विपद्मा काम गर्ने प्रतिबद्धता पालिकाले गरेका छन्,’ उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै पालिका एकमत भएका छन् ।’
रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका छन् । ‘सुहागरात मनाइसके छि बिहे दर्ता रद्द भो’, गिरीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका...
ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले ३३ जना व्यक्तिको मोबाइल वालेट ईसेवामार्फत अनधिकृत पहुँच पुर्याएर बैंक खाताक...
आत्मदाहको प्रयास गरेर घाइते भएका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएकी स्वास्थ राज्यमन्त्री तोसिमा कार्कीले विवादमा परेपछि स्पष्टीकरण दिएकी छन्। आफू घाइते अवस्थामा रहेका आचार्यलाई भेट्न जाँदा अस्पताल प्रसाशनक...
रवि लामिछानेलाई गृहमन्त्री पद अभशाप भएको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन्। सर्वोच्च अदालतले रवि लामिछानेलाई अनागरिक ठहर गरी उनको सांसद पद खारेजसँगै आचार्यले कानुन र अदालतको आदेश ...
सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि रवि लामिछानेले आफू परिचय नभएर अनागरिक भएको बताएका छन्। गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीहरूलाई सर्वोच्च अदालतको फै...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन्। शुक्रवारबाट काठमाडौंको भृकुटीमण्ड...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...