माघ २१, २०७९
प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापा गाउँस्थित पाठशाला स्कुलको थि...
कस्तो गीतलाई चलेको मान्ने ? कस्तो गीतलाई स्रोता/दर्शकले रुचाएको मान्ने ? वा कस्तो गीतलाई ‘हिट’ मान्ने ? यसलाई नाप्ने कुनै एउटा सर्वमान्य इकाई छैन् । तर, सामान्यतया जुन गीत धेरै भन्दा धेरै स्रोता/दर्शकको कानमा/ आँखामा पर्छ त्यही गीत नै ‘हिट’ हो ।
कुनै जमाना थियो, गीत सुन्न रेडियोमा कान थाप्नुपर्थ्यो । त्यो पनि एउटामात्रै, रेडियो नेपाल । गीतहरू चल्न, स्रोतासामु पुग्न त्यही रेडियोमा बज्नैपथ्र्यो । विस्तारै जिल्ला जिल्लामा रेडियोको लहर सुरु भयो । ति रेडियोहरुमा गीत धेरै बज्ने गर्दथ्यो ।
त्यो जमाना क्यासेट सिडीको पनि थियो । जुन गीतको धेरै क्यासेट/सिडी बिक्री भयो, त्यही गीतलाई हिट भएको मान्ने समय थियो त्यो । अनि एक समय यस्तो पनि थियो, जुन गीतको धेरै रिगं ब्याक टोन गयो, त्यही गीत हिट मानिन्थ्यो ।
तर अहिलेको जमाना हो, युट्युब र टिकटकको । हिजोआज युट्युबमा गीतको भिडियोले कति भ्युज पायो भन्ने आधारमा सफलता/असफलताको लेखाजोखा हुने गरेको छ । तर, अहिले माहोल यस्तो देखिएको छ, युट्युबमा राम्रो भ्युज पाउन गीतहरु टिकटकमा चलेको हुनुपर्ने छ ।
टिकटकमा जुन गीतमा धेरै भन्दा धेरै स्रोता दर्शकले भिडियो बनाउँछन्, त्यही गीतको युट्युब भ्युज धेरै हुने देखिएको छ । टिकटकमा नचलेका गीतहरुले युट्युबमा पनि राम्रो भ्युज पाएको देखिँदैन्, अपवाद बाहेक ।
यतिबेला टिकटकमा एउटा गीत निकै सुनिन्छ, हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया’ । उक्त गीतमा लाखौं स्रोता/दर्शकहरुले भिडियो बनाएर टिकटकमा पोष्ट गरेका छन् । गायक हिमाल सागरका अनुसार गीतमा ३० लाखभन्दा बढी टिकटक बनिसकेका छन् । उक्त गीतले युट्युबमा सार्वजनिक भएको दुई सातामै ४२ लाखभन्दा बढी भ्युज पाईसकेको छ ।
यसअघि पशुपति शर्माको गीत ‘आफ्नो आफ्नो दुःख’ टिकटकमा निकै चलेको थियो । लाखौंले उक्त गीतमा टिकटक भिडियो बनाएका थिए । उक्त गीतले युट्युबमा पनि निकै राम्रो भ्युज पाउँदै गयो । हाल उक्त गीतको भिडियोको भ्युज ६३ लाखभन्दा बढी पुगिसकेको छ ।
त्यसअघिको कुरा गर्ने हो भने उर्गेन दोङको ‘लजालु मायालु’शीर्षकको गीत टिकटकमा निकै हिट थियो । टिकटकमा जति हिट हुँदै गयो युट्युबमा गीतको भ्युज बढ्दै गयो । अहिले उक्त गीतले युट्युबमा २ करोड ७१ लाख बढी भ्युज पाईसकेको छ ।
प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापा गाउँस्थित पाठशाला स्कुलको थि...
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात मिस पबि पछिल्लो समय मोडलिङमा व्यस्त छिन् । उनले पछिल्लो दुई महिनायता एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । सुनिल गिरीको ‘जुम्ला’बोलको...
नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । डा. भोला रिजालको निर्माण रहेको ...
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो । सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन ...
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को छायाँकन सुरु भएको छ । शुक्रवार ललितपुरको श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो । सुरुवातमा चलचित्र...
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...